Monday, November 20, 2017

क्या बद्नामी भो !


भएको : शनिबार दिउसो म कास्कीको एउटा गाउमा हिन्दै थिएँ । हरी रोका ले फोन गर्नु भो र प्रा पिताम्बर शर्मा र दीपेन्द्र बहादुर क्षेत्री समेटाका साथी हरु मिलेर वाम गथबन्धनका पक्षमा बैचारिक पक्षधरता जाहेर गर्दै एउटा वक्तब्य जारी गर्न लागेका छौ, तपाईंको नाम समावेस गर्नु पर्‍यो है भनेर सोध्नु भो । मैले यती त ठिकै होला, आलोचनात्मक समर्थन गर्दै यो गथबन्धनले चुनाव जितोस भन्ने मेरो पनि राय हो भनेर बक्तव्यको पाठ नसुनी हुन्छ भनिदिएं ।
२ घण्टा पछी नै फोन आउन थाले बक्तव्यमा मेरो संलग्नता र हस्ताछ्यरका बिषय मा । सोधिएको एउटै बिषय हुन्थ्यो बाबुरामलाई खेदेर नारायण काजिलाई समर्थन गर्नु पर्ने के बाध्यता अाइलाग्यो ? अनी पो म आफ्नो हुस्सु पना देखेर झल्यांस्स भएं ।
बकत्ब्यको पुरा पाठ अहिलेसम्म पनि मैले पढेको छैन । अरु पक्ष बारे पढे पछी नै राम्रो नराम्रो भन्न सकिएला ।

तर त्यसमा बाबुराम भट्टराईको प्रसँग मिसाएर अप्रत्छ्य रुपमा नारायण काजिलाई मत माग्नु सम्पूर्ण बौदिकता र आलोचनात्मक चेतको बिरुद्दको कुरो हो मेरो लागि ।
 समग्र बाम गथबन्धनको जित य भविश्य र त्यस्का शक्ती सम्बन्धका लागि बाबुराम न बाधक हुन न बैचारिक चुनौती नै । उनले आफुलाई यो कित्ता बाट बाहिर राखेका र सोही अनुरुप आफ्नो शक्ती आर्जन गर्न गरिरहेको प्रयास र ब्यक्त बिचारले बाम्पन्थी गथबन्धनलाई प्रभाव पनि पार्दैनन । नारायण काजी को ब्यक्तिगत जित र हार मेरो चासो को बिषय पनि होइन ।
मेरो चासो यो बामपन्थी गथबन्धन साचै बामपन्थी बनोस र शक्ती आर्जन गरोस भन्ने सम्म हो । तर जे जसरी त्यसमा उक्त बिषय प्रबेश गरेको छ म त्यसमा शहमत छैन । त्यो कुरो मलाई पहिलो पटक जानकारी दिने अन्नपूर्ण पोस्ट का पत्रकार लाई पनि मैले जानकारी गराएको थिए ।
उक्त प्रसँग सामेल भएको था पाएको भए या त त्यसलाई म हटाउन लागाउथे या आफ्नो नाम हटाउन लगाउथे । जे भो त्यस्प्रती मलाई खेद छ ।
पछील्लो साता नयपत्रीका मा नियमित आर्तिकल मार्फत आफ्नो मत राखम्ला भन्ने बिचार  थियो, लगतारका फोन र सामाजिक सन्जाल्मा आएका टिप्पणी पछी यो लेख्न वाध्य भएं ।

त्यो बक्टब्यमा हस्तछ्यर गर्ने अरु मित्रहरुको बिचार अभिब्यक्तिको स्व्तन्त्रता प्रती मेरो सम्मान छ । बाँकी सन्दर्भ पछील्लो साता । 

11 comments:

  1. स्पष्टीकरण आवश्यक थियो, आयो। उचित छ, तर अलि पर्याप्त भएन तपाइँका शुभेच्छुक र प्रशंसकका लागि। एउटा लेख नै चाहिएला । अनि साँच्चि, यो ब्लगको भाषा (हिज्जे) लाई किन यति सारो दाँतेढुंगा बनाएको?

    ReplyDelete
  2. अनि हस्ताक्षर कीर्ते हो त?

    ReplyDelete
  3. यस्तो वेवकुफ काम गर्नेहरु कसरी विद्धिजीवी भए ? जनताको अभिमत लिन स्पस्ट भिजन लिएर जनतामाझ गएका नेतालाई गाली गरेर अनेकथरी आरोप लगाउने अधिकार कहावाट पाए उनिहरुले ?

    ReplyDelete
  4. यस्तो वेवकुफ काम गर्नेहरु कसरी विद्धिजीवी भए ? जनताको अभिमत लिन स्पस्ट भिजन लिएर जनतामाझ गएका नेतालाई गाली गरेर अनेकथरी आरोप लगाउने अधिकार कहावाट पाए उनिहरुले ?

    ReplyDelete
  5. यस्तो वेवकुफ काम गर्नेहरु कसरी विद्धिजीवी भए ? जनताको अभिमत लिन स्पस्ट भिजन लिएर जनतामाझ गएका नेतालाई गाली गरेर अनेकथरी आरोप लगाउने अधिकार कहावाट पाए उनिहरुले ?

    ReplyDelete
  6. esta aalu buddijibi haru jasle Dr. Baburam lai Dusman dekhxan. Buddijibi hoinan iniharu baam gatanhabandhan ka karyakartha hun. K amale ani ahile ko maobadi lai communist hun ra? Dr. Baburam lai gali garne? ani Buddijibi haru le samanye karyekarta jasto gardaian, tiniharu herxan bunxan ra salaha dine kaam garxan. Ini haru ta rajnaitik karyekarta hun matra, sayed amale ani Maobadi le buddijibi ko darja diyeko hola.

    ReplyDelete
  7. जिन्दगीमा कहिले काँही यस्तो हुन्छ दाई । अति विश्वास घातक हुन्छ ।

    ReplyDelete
  8. झलक दाजुलाई सबैले माया गर्दा रहेछन् । पहिला पनि र आज पनि।।।

    ReplyDelete
  9. वा हाम्रा स्वघोसित बुद्धिजिवी भनाउदा परजिवीहरु राजदुत खान झुटको खेती यसरी सपार्न खोज्दा झलक दाईले स्पष्ट पारी दिनु भयो।

    ReplyDelete
  10. वा हाम्रा स्वघोसित बुद्धिजिवी भनाउदा परजिवीहरु राजदुत खान झुटको खेती यसरी सपार्न खोज्दा झलक दाईले स्पष्ट पारी दिनु भयो।

    ReplyDelete