Thursday, October 5, 2017

तटस्थाको भ्रममा म छैन


माओवादी एमाले तालमेल या एकता बारे मेरो मत 
यो न वामपन्थी एकता हो न कम्युनिष्ट एकता हो । यो माओवादी केन्द्र र एमालेको जे जस्तो चरित्र, बिकासक्रमा र ईतिहास छ त्यो सहितको एकता हो । 
आफ्नो पनि एउटा सिमा छ, यो गठबन्धन या तालमेलका उमेद्वारलाई भोट हालिन्छ । 
अर्को पक्ष पनि छ : यो गठबन्धन या एकता बाट बन्ने दलका नितिहरुको देव्रेतिर बसेर या वामपन्थी कोणबाट आलोचन गरिरहिन्छ । नवउदारबादका कार्यसुची पछ्याउने, शिक्षा र स्वास्थ्य मा साधारण जनाताको  पहुच घटाऊने र सिमित धनाढ्यको हित गर्ने स्रमजीवी जनताका हित बिरोधि नितिको जमेर बिरोध गरिन्छ र र्याडिकल एजेन्डाका पक्षमा लेख्ने बोल्ने प्रयास जारी राखिन्छ ।    
यो एकता पछी आफ्नालागि ग्रे एरिया तयार भएकोमा मलाई खुशी लागेको छ । एमालेलाई या ओलीलाइ आलोचना गर्दा माओवादी भन्दिने र प्रचन्ड र माओवादीलाई आलोचना गरे एमाले भईने झन्झट बाट मुक्त होइएला ।
तटस्थता एउटा भ्रम हो हेर्नुस, नपत्याए आज कान्तिपुरमा आदरणीय प्रदीप गिरिजिको लेख पढ्नुस । 
म सत्ता प्रतिको मोहका सन्धर्भमा तटस्थ हुन सकुला, प्रयास पनि गरुला, तर आजको नेपालमा मैले मत दिने यो कथित कम्युनिष्ट गठबन्धन भन्दा अर्को बिकल्प छैन । 
यसरी दृष्‍टिकोण बन्नुमा अलिकती बिगतमा  माले-एमाले कार्यकर्ता हुनुको पनि अवस्य भूमिका छ । 
किन हो यो तालमेल, दलको एकतामा बदलिन्छ भन्नेमा मलाई अझै शंका छ । 
तर, मलाई यो एकता पछी आँफैले बुनेका केही बन्धनबाट मुक्ती मिले झै भएको छ ।