Friday, March 31, 2017

समाहितीकरण या सहअस्तित्व ?


गत साता बागबजारमा भेट भएका वेला एमालेभित्र सबैभन्दा उज्यालो भविष्य देखिएका नेता योगेश भट्टराईसँग समसामयिक राजनीतिका विषयमा छोटो संवाद भएको थियो । स्थानीय तहको निर्वाचनको सन्दर्भमा कुरा हुँदै गर्दा मैले पार्टीका अफिसियल विचारसँग सहमत हुन नसक्ने मत राखेकोे थिएँ । योगेशले फ्याट्टै भन्नुभो ‘यी दाइ त मेरो विचार पनि मन पराउन्नन् । पृथ्वीनारायण शाहको त नामै लिन नमान्नेहरू छन् ।’ कुराको संकेत गत महिना एमालेले गरेको मेची–काली यात्राको थालनीमा पृथ्वीनारायण शाहले थालेको एकीकरणको बा“की भाग एमालेले पूरा गर्छ भनेर योगेशजीले भनेको प्रसंगतिर थियो । त्यहाँ उभिएरै भएको कुराकानी यत्तिकैमा सकियो । मलाई भने एमालेको एउटा पंक्तिसँग यसै निहुँमा संवाद गर्नु उपयुक्त लाग्यो ।
एमालेका अफिसियल विचारलाई आलोचनात्मक रूपले नहेरी विश्वासका रूपमा ग्रहण गर्नेहरूसँग संवादको खास अर्थ नरहला । तर, एमाले अहिले पनि यिनै अफिसियल विचारकै सती जानेहरूको मात्र अवश्य होइन । त्यस्ता विचारले ‘इन्टक्सिकेट’ भइसकेको पंक्तिबाहेकले अहिलेको राजनीतिक समस्या र चुनौतीबारे फरक ढंगले उत्तरहरू खोज्ने प्रयास गर्ला भन्ने आशा गर्ने ठाउँ विद्यमान छ भन्ने मलाई लाग्छ ।
 यसमा सोझै योगेशजीसँग संवाद गर्ने या बहस गर्ने मेरो मनसाय छैन । केवल वर्तमान नेपालका द्वन्द्वका सन्दर्भमा रहेको दृष्टिकोणसम्बन्धी भिन्नतालाई केलाउने प्रयास मात्र यहाँ गरिनेछ ।
मेरो विचारमा नेपालमा पछिल्लो दशक भएको राजनीतिक द्वन्द्वको मुख्य चरित्र नै नेपालमा रहेका भिन्न संस्कृतिको बृहत् हिन्दू पहाडे संस्कृतिमा समाहितीकरण गर्ने या यिनीहरूका बीच भिन्न पहिचानसहित एउटा साझा राष्ट्र राज्यभित्र सहअस्तित्वमा रहने भन्ने दृष्टिकोणका बीचको द्वन्द्व हो । यसलाई ऐतिहासिक प्रक्रियामा नहेरी अहिलेको संघर्षको किनारा भेट्न मुस्किल हुन्छ ।
०००
मानवजातिको इतिहास गण या कुल या कबिलाका समूह र राष्ट्रबीच संघर्षको लामो शृंखलाबाट बनेको छ । राष्ट्रहरूको निर्माण पनि यही प्रक्रियामा भएको हो । आधुनिक राष्ट्र, राष्ट्रियता र राष्ट्रवादको उदय हुनु अघि र पछि पनि देशहरू बन्ने र बिलय हुने क्रम जारी छ । यस क्रममा प्रायः जित्ने जातिले पराजित जातिमाथि आफ्नो भाषा, धर्म, संस्कृति थोपर्ने र पराजित जातिले अभ्यास गरिआएको संस्कृति अर्थात् भाषा, धर्म र संस्कार त्यागेर विजित या बहुसंख्यक जातिको संस्कृति अपनाउने पनि इतिहासमा एउटा शृंखला बनेको छ । यसरी एउटा अल्पसंख्यक जाति या संस्कृतिका मानिसले बहुसंख्यक या शासक जातिको संस्कृति अँगाल्दै जाने प्रक्रियालाई समाहितीकरण भन्ने गरिन्छ ।
समाहितीकरणको पछिल्लो र चर्चित प्रक्रिया संयुक्त राज्य अमेरिकामा युरोपेलीले आदिवासी समुदायमाथि गरेको व्यवहारमा अभिव्यक्त भएको थियो । ६ सय वर्षअघि अमेरिका प्रवेश गरेका युरोपेलीले अहिलेसम्म पनि त्यस्तो प्रक्रिया जारी राखेका छन् । यद्यपि अहिले राज्यले त्यस्तो प्रक्रियाप्रति क्षमा मागेको छ र औपचारिक रूपमा अहिले समाहितीकरण गर्ने कानुन शासन सत्ताका नियम सक्रिय छैनन्।
गैरयुरोपेली र आदिवासीलाई असभ्य मान्ने मानसिकताबाट यो प्रक्रियाको थालनी भएको थियो । अहिलेको अवस्थामा आउनुपहिले भएका दमन र युद्धमा लाखौँ आदिवासी मारिएका, ‘एसिमिलेसन’मा सामेल भएका या किनारामा धकेलिएर सिमान्तीकरणमा परेका थिए । उनीहरूलाई आफ्नो थातथलो छाड्न बाध्य पारिएको थियो, जबर्जस्ती अंग्रेजी भाषा सिक्न लगाइएको थियो, धर्मान्तरणको प्रयास गरिएको थियो ।
भारतीय सन्दर्भमा पनि चार हजार वर्षपहिले प्रवेश गरेका आर्यहरूले रैथाने द्रविड जातिमाथि उस्तै बर्बर दमन गरेका थिए । हिन्दूकरण र ‘संस्कृटाइजेसन’को प्रक्रिया अहिले पनि जारी छ । भारतीय जनता पार्टी सत्तामा आएपछि यो प्रक्रियालाई संस्थागत रूपमा नै तीव्र बनाइएको छ । मुगल बादशाहहरूले पनि रैथाने हिन्दू या आदिवासीलाई जबर्जस्त दमनका भरमा इस्लाम धर्ममा रूपान्तरण गरेको इतिहास छ । यो अभियान पनि एउटा कारण थियो, नेपाल या तत्कालीन खस राज्यमा हिन्दू आर्यहरूको आगमनको ।
पोर्चुगाली साम्राज्यसँगै भारत प्रवेश गरेका इसाई मिसनरीहरू पनि मानिसहरूको सांस्कृतिक, धार्मिक आस्थालाई रूपान्तरण गरेर सबैलाई क्रिस्चियन बनाउने अभियान चलाइरहन्छन् । यो सबैलाई युरोपेलीकरण गर्ने मिसनको एउटा हिस्सा हो ।जसरी अमेरिकामा आदिवासीले युरोपेलीकरणविरुद्ध प्रतिरोध गरेर अहिले पनि आफ्नो पहिचान जोगाएका छन्, त्यस्तो प्रतिरोध भारतमा पनि भएको थियो र भइरहेको छ । निकै सानो संख्यामा रहेका अल्पसंख्यकबाहेक अरू समुदाय आफ्नो संस्कृति र पहिचान बचाएरै अरूसँग सहअस्तित्वको खोजी गरी अघि बढिरहेको छ । समाहितीकरणको विरोधमा अहिले पनि पूर्वोत्तर भारतका मंगोल मूलका जातिहरू, नेपालीहरू, आदिवासीहरू संघर्षरत छन् । तमिलको एउटा हिस्सा पनि यस्तो आन्दोलनमा छ ।
आफूलाई माक्र्सवादी दाबी गर्ने राष्ट्रवादी मित्रहरूले के बुझ्नु जरुरी छ भने शासक वर्गबाट अर्को पक्षमाथि हुने दमन र उत्पीडन पनि प्रकारान्तरले वर्गीय उत्पीडन नै हो । आफ्नो विचारले प्रकारान्तरले कुन वर्गको सेवा गरेको छ भन्ने पनि खोजी गर्नु राम्रो हो ।
नेपालको हकमा पनि यस्तो समाहितीकरणको प्रक्रिया लामो समयदेखि जारी छ । पृथ्वीनारायण शाहको उदय हुनुपहिलेदेखि नै कर्णालीका खस र तिब्बतीयन जातिका मानिसको हिन्दूकरणको प्रक्रिया आरम्भ भएको हो । लामो समयसम्म खस साम्राज्यका शासकले आफूलाई हिन्दू र बौद्ध दुवै धर्मका पालक र संरक्षक बनाएका थिए । तर, पछि खसहरूको मात्र होइन, तिब्बतीयन जातिका कतिपय परिवारका सदस्यको हिन्दूकरण गरी जात र गोत्रसमेत दिइयो । अहिले कर्णाली प्रदेशका मतवाली क्षेत्रीको उद्भव त्यसरी नै भएको थियो । हर्क गुरुङका अनुसार मतवाली क्षेत्रीहरू तिब्बतीयनको जातीय समाहितीकरणको प्रयासस्वरूप जातीय ‘अपलिफ्ट’ गरिएकाहरूबाट बनेको हो । एमालेबाट सांसद भएका दार्चुलाका स्व. गोपाल बोहरा र डोल्पाका नरबहादुर बुढाथोकीहरू पनि यस्तै पृष्ठभूमिका भएको मैले सुनेको थिएँ ।
खस आर्यहरू कर्णालीबाट पूर्व सर्ने क्रममा गण्डक प्रदेशमा हिन्दूकरण तीव्र भयो । यही क्रममा खासगरी गण्डक क्षेत्रका मगर र गुरुङको समाहितीकरण निकै तीव्र रूपमा भएको पाइन्छ ।
म्याग्दीका पुन मगरहरूलाई आफ्नो भाषा बोल्न पर्वतका मल्ल राजाहरूले प्रतिबन्ध लगाएकै कारण उनीहरूको मौलिक भाषा मासिएको थियो । उनीहरूको आफ्नो भाषा छैन । काठमाडाैँको नेवार भने जातिभन्दा पनि सांस्कृतिक समाहितीकरणका कारण बनेको सांस्कृतिक समूह हो । अरू जो काठमाडाैँमा आए, तिनको समाहितीकरण भएको थियो । पृथ्वीनारायण शाहले गोर्खा राज्यको विस्तार गर्दै अहिलेको नेपालको जग हालेपछि क्रमशः नेवार, तामाङ, राई, लिम्बू र मधेस तराईका जातिहरूको समाहितीकरण सुरु भयो । जंगबहादुरले मुलुकी ऐनमार्फत र चन्द्रशमशेरले एक भाषा नीतिमार्फत यो समाहितीकरणलाई वैधानिक रूप दिएका थिए ।
समाहितीकरण आदेशमा र औपचारिक सन्दर्भमा त भयो, यसले जातिहरूका बीचको भिन्नता या सांस्कृतिक विविधतालाई समाप्त पार्न सकेन । आर्थिक सामाजिक अन्तरक्रियामा सामेल भएको सानो हिस्साको समाहितीकरण भए पनि बृहत् रूपमा उक्त जातिले समाहितीकरणलाई अस्वीकार गरिरह्यो । २००७ सालदेखि उठेको पहिचानजन्य राजनीतिको जग यसैमा थियो । अहिले मधेसी र जनजातिहरूले जे प्रतिरोध गरिरहेका छन्, यही पूर्ण रूपमा समाहित हुन नसकेर बचेको सांस्कृतिक, भाषिक तथा ऐतिहासिक थातथलोका कारण विद्यमान विविधताको जगमा गरिरहेका छन् । राजनीतिक अर्थशास्त्रका पक्षबाट हेर्दा त्यो समुदायभित्र हुर्केको मध्यम वर्ग र सानो बुर्जुवा वर्गले काठमाडाैँको सत्ताधारी वर्गसँग समान हैसियतको माग गर्दा उत्पन्न भएको द्वन्द्वजस्तो देखिए पनि यसको वास्तविक जग भने सांस्कृतिक (भाषा, धर्म, संस्कार) र जातिगत समाहितीकरणको प्रतिरोधमा छ ।
०००
अब लेखको आरम्भको प्रसंगमा फर्कौं । नेपाल कस्तो बनाउने ? सबै भाषा, सबै संस्कृति, सबै जातिको साझा फुलबारी बनाउने कि एउटा जातिले प्रयोग गर्ने भाषा, धर्म, संस्कृतिलाई विशेषाधिकार दिएर अरूले त्यसको सेपमा बस्नुपर्ने गरी बनाउने ? एउटै जातिको मातहत अरूले बस्नुपर्ने खालको दृष्टिकोणले द्वन्द्व सिर्जना गर्छ । सबैको साझा बनाउने दृष्टिकोणले राष्ट्रिय एकता बलियो बनाउँछ ।
पहिचानको विरोध गर्ने दलहरूले अहिले जे भन्दै गर्दै आएका छन्, त्यो प्रत्यक्ष–अप्रत्यक्ष रूपमा ‘एसिमिलेसन’को पक्षमा छ । ‘एसिमिलेसन’ गर्न खोज्दा उत्पीडित पक्षले प्रतिरोध गर्छ । यस्तो प्रतिरोध सधैँ बलशाली नहुन सक्छ । कहिले उग्र र कहिले सुषुप्त भएर देखा पर्छ । उग्र हुनुअगाडि लोकतान्त्रिक तरिकाले या जनवादी तरिकाले सहअस्तित्वको पक्षबाट गरिने वैधानिक व्यवस्थापन अहिलेको राजनीतिक संकटको समाधान हो । नेपाल राष्ट्र बनाएर पृथ्वीनारायण शाहले कुनै अपराध गरेका होइनन् । तर, जब अरूमाथि दमन गरेर एउटै जाति, भाषा, संस्कृति लाद्ने र राज्यका अगाडि खास–खास जातिको हैसियत भिन्न हुने अवस्था आयो अनि त्यसको विरोध भएको हो ।
समावेशिताको कुरा एमालेले पनि गर्दै आएको छ । आफ्नो विधानमा पनि जनजाति, मुस्लिम, मधेसी, महिला, दलितलगायत समुदायको अलग प्रतिनिधित्व निश्चित गरेको छ । एमालेले जुन समावेशिताको कुरा गर्दै छ, त्यो प्रतीकात्मक समावेशिता हो । त्यसले राजनीतिक शक्ति बाँडफाँडलाई अस्वीकार गर्छ । मधेसी या जनजातिहरूलाई पार्टी र सरकारमा हुलेर या स्थान दिएर मात्र समस्याको समाधान खोज्नु वीरेन्द्रले हिरालाल विश्वकर्मालाई मन्त्री बनाएर दलितको मुक्ति गरेको भन्नु जस्तै हो । मूल प्रश्न राज्यको संरचनामा नै संवैधानिक तवरले समावेशिता, समानुपातिक प्रतिनिधित्व र संघीय प्रदेशको व्यवस्थापन गरेर भिन्न जाति, भाषा या संस्कृतिको सम्मान गर्ने परिपाटी बसालिन्छ कि बसालिन्न भन्ने हो ।
समाहितीकरण समाधान होइन भन्ने कुराका उदाहरण बाल्कन क्षेत्र अर्थात् पूर्वयुगोस्लाभिया तथा चेकोस्लोभाकिया तथा पूर्वसोभियत संघमा १९९० पछि घटेका घटना, स्कटल्यान्ड र स्पेनमा उठिरहेका अभियान र इराक या टर्कीमा देखिएको राजनीतिक संघर्ष पनि हुन् । यो दुई भिन्न दृष्टिकोणको लडाइँ हो । आफ्नो दृष्टिकोण रोज्ने अधिकार सबैलाई छ । तर, कसैको रोजाइले अर्को पक्षले अन्यायको बोध नगरोस् भन्नेमा चाहिँ प्रस्ट हुनु जरुरी छ । आफूलाई माक्र्सवादी दाबी गर्ने राष्ट्रवादी मित्रहरूले के पनि बुझ्नु जरुरी छ भने शासक वर्गबाट अर्को पक्षमाथि हुने दमन र उत्पीडन पनि प्रकारान्तरले वर्गीय उत्पीडन नै हो । आफ्नो विचारले प्रकारान्तरले कुन वर्गको सेवा गरेको छ भन्ने पनि खोजी गर्नु राम्रो हो । सन्दर्भका लागि उठान भएको प्रसंगमा योगेशजीसँग संवादका लागि अर्को कुनै अवसर आउला नै ।

Wednesday, March 15, 2017

Political Irony in Subedi’s Aadha Joon. By Associate Prof. Krishna Prasad Paudyal

Abstract:
  Aadha Joon  is a novel written by political commentator, Jhalak Subedi focuses on the irony  of Nepalese communist movement. The papers portray how Subedi ironizes Nepalese communist movement and what are the main ups and downs faced by communist during the period of half century. More than  that the papers concentrates  on the  ironical situation of communist uprising in Nepal after people movement II as well as the situation of decaling of communist value practices  by the communist cadres in Nepal.  
Key words:  Politics, communist, Marxism, communist, irony.
Aadha Joon , a  documentation  of  contemporary  political ups and downs experienced by    a  popular writer,  critic and  commentator, Jhalak  Subedi, is a political novel that  has incorporated major political incidents of Nepal  and the contribution of students , teachers and general  public along with political parties  in uprooting  Rana regime and  Panchayet System  to establish democracy . An active cadre of the then  Communist party of Nepal , Marxist Leninst , Subedi  devoted  his prime life  selflessly, in his own word, to materialize the  dream of   poor, helpless and  oppressed section of Nepal  in establishing communism which, people think , will liberate from all sorts of oppression , suppression and inequality prevailed in the nook and corners of Nepal.  Beginning with how  the narrator enters into party politics amidst  unfavorable  financial as well as social environment , Subedi  has concluded the novel with the narrator’s political  resentment, frustration and  inaction  as a result of the unexpected  u- turn  seen  in his party and  its leadership in terms of  personal life style and ignorance of the woe and pain of  the party cadres. In the beginning of the novel readers find the young militant, energetic, revolutionary Sanjaya, the narrator most probably the writer himself, a helpless, frustrated, and inactive at the end of the novel. Aadha Joon does not deserve to be entitled as a novel without the inclusion of the narrator’s love affairs with his fellow girls and his effort of quenching his sexual urge that seems to be somehow vulgar in Nepali context basically to those who are under the strict party discipline.
After the publication of  Aadha Joon  it invites reactions and counter reactions from critics and readers. One of famous critics Narayan Dhakal claims, “Aadha Joon  is a fine document of the dismissal of the one  side of communist movement .In the history of Nepal left ideology gets maximum space and opportunity to lead the country even before  the restoration of democracy and establishment of republic. People cherish a dream of equal and just society where all will have better life and equal opportunity. But the leadership remains unable to work as per the aspiration and desire of the people which is , in fact , an irony. None of the critics talk/ discuss on the underlying political irony in Subedi’s novel, Aadha Joon. This paper analyses how Subedi ironies communist movement of Nepal despite being one of the devout communist activists. Samuel Johnson sees irony as a , “ Mode of speech of which the meaning is contrary  to the word” (qtd.in Enright 5).Lack of unanimity in saying and doing creates irony which is more experienced in south Asian politics especially Nepalese politics. Irony can be used as a counterattack which Hutcheon terms the "edge" of irony (Hutcheon 10). Encyclopedia Britannica divides irony into two categories: verbal irony and dramatic irony. In verbal irony, "the real meaning is concealed or contradicted by the literal meanings of the words" (390).  People have trust over what their leaders keep on saying either personally or in a mass meeting if we talk about political leaders and general public. The sugarcoated pills distrusted to their followers will lose its credibility after they taste it. Their colorful dreams fade after they learn the artificiality and bitterness of the beautiful and tasty looking chocolate given by their political Gurus in the name of their liberation. It is an irony to the communist cadres who have cultivated a kind of permanent seed of liberation from their hardship and every sorts of social injustices.  As Irony is a figure of speech in which words are used in such a way that their intended meaning is different from the actual meaning of the words. People find the actual meaning and underlying intention after they encounter certain political incident. Not only Sanjay, the narrator, but also most of  the characters understand the reality. Leaders, during their  harsh days, show intimacy  with the local people for their petty self but they turn unexpectedly deaf when they feel comfort and maintain certain distance with their fellow comrades. Chaitanya Mishra raises question, “Why do top leaders distance themselves from their own party activists once they reach a level” (Mishra, 2070). Political leaders forcefully try to change the society without understanding the age long cultural bondage of the people. As a result their effort of transformation ultimately goes wrong. Culture is the most powerful agent that keeps society intact and united. For this they have to change social reality as Mishra rightly indicates, “Culture is the reflection of social reality. Therefore, cultural transformation is impossible without changing social reality”(Mishra 2070:178-179). Imperialists and feudalists always try to invade local culture in order to reshape it attacks  the sense of localism and make it narrower and brings structural change in economy and culture. As a result the society becomes like a tree with the branches of one tree and the roots of the others. The betrayal of one’s own life value normally chases him/her forever if he/she has a moral ground and sense. The conflict between party principle and action always haunts top leader but they do not show before their cadres as Sanjaya   confesses, “In my heart there is still conflict between what I learnt the ethics of communist party in working for the maximum benefit of the people and what my activities in past”(Subedi:5). Sanjaya repents for his past and expresses irony over present life.  “ I, who internalizing / receiving  proper  Marxist education worked  constantly for 15 years , am gradually intending to forget Marx”(7). This indicates the principles of Marx and activities of Marxists do not match at all. That is why Sanjaya curses himself and the path he is trading at present,” I  who have marched long  for revolution , ultimately turned to be like a broker in the  exchange market of politics” ( 7). Further intensifying and exposing the irony of politics and the activities of leaders the narrator quoting Rousseau   says,” Males’ interest does go out beyond his physical need. He knows nothing except food, woman and rest” ( 7).
During political life many people faces ups and downs. The growing trend of party splitting and forming new one has emerged forcefully in Nepali soil and youngsters have become the victim of their own leaders not their ideology. The rivalries among leaders affect its followers a lot with possibilities of escaping forever. Everybody cherishes dream in life but those dream may fade before they bloom. This is the destiny of all political characters and Sanjaya too can’t be an exception. After he falls in dilemma and conflict within him tries to kill his identity. He reveals the bitter truth, “I was living a new life on the corpse of my own dream that I had killed. And, my party was more responsible in making me a killer. I was proceeding ahead towards the road of   killer of own self having no courage to move against such destiny of the history”(49). The narrator did not have thought that he would surrender against the destiny and deviate from his party discipline and bond but the u-turn came into his life makes him more fragile, hopeless and frustrated because he cannot realize the ultimate truth behind the green color of ideology. Many people like the narrator have an illusion about communism under which no one should be the slave of necessities/needs and the freedom of personal wealth makes man slave.  Ironies are either praised or criticized depending on how and on whose interest they are seen to function. Anyone might come under fire as "[I] rony's guns face in every direction" (Enright, 110). The life of Sanjaya itself is an irony because he does different that of what he intends. Marx sees nothingness in personal wealth but so called Marxists are dying for money at any cost. Before money their ethics, morals, code and conducts and party discipline is very weak and helpless. Sanjaya pleads for the amendment of principles and issues like the definition of freedom. He says, “The definition of freedom should be changed” (99). The thinking of ‘one’s freedom should be under the control of society ‘ is absolutely wrong  because Such control compels one to come to an agreement with one’s desire. .Accidental but improper decision of boycotting 2035 referendum by the then ML was a blunder and moreover a betrayal to the people who love freedom. It neither stood in favour of referendum nor stood against.  Communists sing their international song and take pride in its theme ignoring whether party and its leaders will follow its path.
Hoping that the peoples’ republic will prohibit imperialism and feudalism and nation will develop along with freedom and national pride there will be no class exploitation, all will get education, job, and medical facility and nation will look after during old age people show their sympathy and love towards communist party but their hope shatters after leaders involve in petty self, nepotism, favoritism and corruption. Poor are becoming poorer and there is no signal of narrowing the gulf between the poor and rich. Martyrs sacrifice, leaders’ imprisonment and cadres' painful struggle are ignored. Mandales, criminals, and opportunists replace the faithful and devoted party cadres. Sanjay is left behind Parashu and Panche and party welcomes the new comers who are enlisted in communist party for their benefit and wellbeing. These all are, in fact, political irony. Sanjay asserts,” The main issue that attracted me to the Marxist movement was the will of people to be liberated from scarcities where no one needs to be the slave of needs. The socialism that I had understood would hypothesize the same condition”(97). But in reality not only Sanjay but also all who have dreamt a new world are repenting for their past. Aadha Joon has exposed the bitter reality of the other side and life style of leaders for whom Sanjay and his fellow comrades show neither their respect nor disgust. All Dalits except Maili sarkini stand in favor of Panchayet system. Why do Dalits support Pradhan Pancha and Jimmal who play negative role in the registration of Dalits’ land by casting their votes in support of Panchayet is mysterious and surprising incident to all. It is because as Sanjaya claims,” The fear situated in the conscience is more powerful” ( 104). Naturally Dalits should support multiparty system but the reality is different. It is the irony for the politicians and scholars who know the dynamics of class struggle. Sanjaya concludes the meaning of life emotionally and says:
Life is the most valuable property of human. A man should pass his life in such a   Way that he will have no repentance for his/her past life. The stainful fire of his/her past life may not burn him/her. She/ he may say that they offered their energy and life for the fulfillment of the best objectives of the world and human liberation. (113)
Neither Sanjaya nor his colleagues are fully convinced by their definition of life at the end. They all become the victim of their anarchic leaders and gradually they are disinterestedness to   keep up their faith as strong as in the past. Once during a party programme the narrator and others sing international communist song composed by Yunje Potter. All sang the song
Stand up, damned of the Earth , Stand up, prisoners of starvation Reason thunders in its volcano , This is the  eruption of the end  of the past let us make a clean state, Enslaved masses stand up stand up the world is about to change its foundation, we are nothing, let us all. This is the final struggle; Let us group together, and tomorrow   the international will be the human race (International Communist Song)
The narrator ridicules the song and says,” Let poor and naked/ clothless always be in the world. If they are finished our politics will be finished” (133). His statement ironies his course that he has undertaken for a long time.  His statement contradicts with the ideal of communism. Not only Sanjaya but all are not strictly following the ideals of their party this way or that but keep on advising to adopt a saintly life. The gap between saying and doing is getting wider and wider letting new comers to hold prime responsibilities of the party sidelining the old, honest and devoted party activists. The conspiracy of comrade Bishnu against Pushkar who is in love with Sita clarifies the reality more.  Sanjay longs for a woman to walk the uneven path of his life together but cannot overtly expose in front of the public. The mask that has kept people in different condition should be opened to make all aware of the reality.
Party takes action against Sanjay for his frivolous behavior and deviance. He feels free in his house being out of the control of party politics but he does not see meaning in such freedom and asserts, “I felt there is no meaning of the freedom of a cord broken kite”(143). This sort of conflict with in his heart is also irony. He is imprisoned for his anti system activities and realizes the true meaning of freedom. He thinks struggle for the freedom is the most beautiful job in the world but ultimately he finds the illusion inside the sologan. Sanjaya is of the view that a person should have his/her freedom when the issue of marriage and love is concerned but party leaders do not prefer it. Despite their agreement in principle no one seems to be following it. The contradiction in principle and action is an irony and the same always haunts the narrator. He is not satisfied with what his party is directing. He concludes,” I have come to the conclusion that the study of socialism hitherto is incomplete and the course that party has undertaken is vague and misleading the people” (208). The irony behind the UML and ML spilt is also an irony to the party cadres as well as general public who knows the abcd of politics. The realization of the futility of the slogans of socialism and communism not only questions the existing communist ideology but also challenges its centre. The replacement of  old activists from new faces is the outcome of the open party politics that sidelines honest, old , dedicated  and revolutionary rank and file of a party.  People believe that divide parties will join in due course of time as tributaries of a river meet at a certain juncture.
Nepal enters into new era after the declaration of republic and the general life style of leaders transforms unexpectedly. Ethics is defeated by treachery, cunningness, corruption and dishonesty. Reactionaries of the past hold major posts in all party ignoring selfless contribution and sacrifice of martyrs and general people. Party supporter and teacher YN’s suicide is a blow to the party that never realizes his problems and compulsions. Why he joined the party and why he committed suicide is the prime question to all who join certain party  with the holy dream of peoples’ liberation from poverty and scarcity. YN’s suicide questions the rationale behind party politics that never listens its follower's pain and anguish. Hybridization in politics is also an irony that ridicules the leadership for being unable to keep party intact and energetic. The loss of value based politics gradually emerging in every party will have adverse effect in the long term. After the death of com. Dilliram the narrator clearly sees the hollowness of his ideology that makes him paralyzed and useless. Sanjay does believe any foreigner’s hand behind Madan Bhandari’s death. In his opinion his death is an accident rather than a conspiracy. His party decides to cremate the remaining of Madanbhandari in all the rivers across Nepal but he thinks it as a business of the party leaders over the party members who believe in materialism. The narrator analyses this activity seriously and concludes,” the creative application of Marxism adopting religious and traditional procedure even in funeral has justified that the communist movement upto then is false and illusive” (241). The narrator’s party is divided into two in Tanakpur issue which becomes the cause of party division. He feels the death of true national spirit and loss of nationalism. Shaker KC’s party entry and his power seen in the party is ironical in the sense that the true, devoted, honest and dedicated members are ignored during the election. Even no leaders come to pay homage to Rohit, a devout follower of Communist party and the narrator too takes this issue seriously. After UML divided into UML and ML Sanjaya realizes the reality of party politics under the veil of certain ism. He places personal freedom to the apex and concludes that the colour of ideology is green and keeps on extending like a Dubo.

To sum up , Aadha Joon.is a political satire that has attacked the politicians especially left leaning parties mercilessly  for their differences in saying and doing. Being a devout communist follower Sanjaya, the narrator presents a historical chronology of  Nepalese political history in general and left politics in particular. His transformation and deviation is an irony as he cannot transform him into an honest , devoted and  selfless activist. His party leaders can not materialize what they promise before their followers. Narrating the political history of Nepal, his student and  political life and  party’s life,  Sanjaya attacks the very centre of communism which, in his own word , is merely an illusion
Works Cited
Enright, D.J. The Alluring Problem: An Essay on Irony.  New York: OUP, 1986.
International Communist Song http://en.wikipedia.org/wiki/The_Internationale
Hutcheon, Linda.  Irony's Edge: The Theory and Politics of Irony. London: Routeledge, 1994.
Mishra , Chaitanya. Punjibad  Ra Nepal.  Phoenix  Book, 2070.
Subedi, Jhalak. Aadha Joon. Fine Print, 2070.
The New Encyclopedia Britannica. Vol. 6. Chicago: Encyclopedia Britannica, Inc., 2003. 390. 

Thank you Very much  Krishna Prasad Paudyal Ji for this critical review. 
Taken from political_Irony_in_Subedis_Aadha_Joon_Krishana_Prasad_Paudel_Relation_between_Science_and_Local_Knowledge_Shyam_Chandra_Adhikari_Social_Mobilization_for_Poverty_Reduction

Friday, March 10, 2017

एक पाइला पछि हटौँ

नेपाली राजनीतिमा विगत आठ वर्षयता भएका बहस अब किनारामा धकेलिने संकेत आउन थालेका छन् । यसका परिणाम सकारात्मक हुने आशा कमजोर बन्दै गएको छ । खासगरी मधेसमा रहेको असन्तोषलाई अतिवादी पंक्तिले भजाउने र देशले थप दुई दशक राजनीतिक रूपमा केही अप्ठ्याराको सामना गर्नुपर्ने सम्भावना बढाइदिएको छ । यो केबल आन्तरिक राजनीतिक संघर्षको परिणाम मात्र अब रहनेछैन, यसले पहिलेभन्दा बढी भूराजनीतिक आयाम ग्रहण गर्नेछ ।
अस्ति सोमबार सप्तरीमा भएको घटना सामान्य राजनीतिक बहस मात्र थिएन । मधेसमा केही वर्षयतादेखि यस्ता अनेक घटना हुने गरेका छन् । गौर भयो, लहान भयो र टीकापुर पनि । गत वर्षको आन्दोलनका क्रममा भएको सीमा नाकाबन्दी र प्रदर्शनहरू । राज्यको असामान्य शक्ति प्रयोग । त्यसको प्रतिकारमा मधेसमा प्रहरी र सशस्त्र प्रहरीका जवानलाई एक्लै पारेर लखेटेर पनि गरिएको हत्या र प्रहरी पोस्टहरूको विस्थापन गर्नुपर्ने गरी भएका आक्रमण । यी सबै शान्तिपूर्ण आन्दोलनका क्रममा–नाममा भएका थिए । सप्तरीको घटना सिर्जना गर्नुमा एमालेको र मोर्चाको या स्थानीय प्रशासनको गल्तीका मात्रा केलाउन समय लाग्ला । तर, मोर्चाको आक्रमणको संगठित प्रयास हेर्दा र त्यसलाई व्यवस्थापन गर्न प्रशासन असफल भएको परिणाम हेर्दा अवस्था सामान्य आन्दोलनको मात्र देखिन्न । यसमा भूराजनीतिक आयाम छन् कि भन्ने प्रश्न नउठ्ने कुरै भएन ।
विगत आठ वर्षको बहस नेपालको कस्तो चित्रको परिकल्पना गर्ने भन्नेमा केन्द्रित थियो । पहिलो संविधानसभाको निर्वाचनअगाडि धेरै संघर्ष भएका थिए । धेरै मानिस मारिएका थिए र धेरै सम्झौता पनि । तर, त्यसको मुखर अभिव्यक्ति संविधानसभाको निर्वाचनमा भएको थियो । आमजनसाधारण के चाहन्छन् भन्ने अभिव्यक्ति पनि उच्च रूपमा त्यही जनमतमा व्यक्त भएको थियो । माओवादी र पहिचान पक्षधरले ल्याएको मतको अर्थ थियो समाजले १) सामाजिक आर्थिक विभेद समाप्त होस भन्ने चाहेको छ र २) पहिचान खुल्ने गरी बहुसांस्कृतिक बहुजातीय नेपालका सबै समुदायको साझा राष्ट्र राज्य बनाउनुपर्छ भनेको छ ।
तर, संविधानसभाको निर्वाचनलगत्तै उक्त परिणामलाई निषेध गर्ने संगठित प्रयास भए । यस्ता प्रयासका दुइटा पहलु थिए :
क) माओवादीको नेतृत्व भएको संविधानसभा र सरकारले नेपालमा साम्यवादी विचारअनुरूप सामाजिक र वर्गीय विभेद समाप्त गर्ने नीति नलियोस्, माओवादीको शक्ति स्थापित र स्थायी नबनोस् । उदारवादी विचारको घेराबाट, वासिङटन कन्सेन्ससको संरचनाको घेराबाट बाहिर नजाओस् भन्ने चासो यसमा थियो । यसको स्वार्थ चीन र नेपालबीचको सम्बन्धसँग पनि गा“सिएको थियो । यो चासो भारत र अमेरिकाको पनि थियो र स्थानीय सम्भ्रान्तहरूको पनि ।
ख) पहिचानजन्य राजनीतिका नाममा जनजाति, मधेसीलगायत सिमान्तीकरणमा परेका समूहले राज्यका हरेक निकायमा समान प्रतिनिधित्व र निर्णय प्रक्रियामा सामेल हुने अवस्था नआओस् । यसको अर्थ परम्परागत रूपमा वर्चस्वशाली समूहको पुरुषकेन्द्री, पहाडे खस संस्कृतिलाई आधार मान्ने तथा हिन्दूधर्म र खस नेपाली भाषालाई नेपालको पहिचान मानी आएको समुदायले आफ्नो वर्चस्व नगुमोस् भन्ने कामना गरेको थियो । यसमा पञ्चायतकालको शाही शासन सन् १९९० पछिको नवउदारवादी आर्थिक नीतिबाट फाइदा उठाएको नवोदित मध्यमवर्ग, परम्परागत रूपमा शाह–राणाहरूको निकट रहेर राज्यको स्रोतसाधनमा नियन्त्रण कायम गरेको सम्भ्रान्तहरूको समूह सामेल थियो । साथै थियो, लामो समयसम्म ब्युरोक्रेसी, आर्मी र प्रहरीसहितको नेतृत्वमा रहेर आर्थिक सांस्कृतिक, सामाजिक रूपले वर्गोत्थान गरेको बक्स्योस्वाला वर्ग पनि ।
सार्वजनिक मत निर्माणका मुख्य स्रोतमाथि यही पंक्तिको नियन्त्रण थियो । कूटनीतिक बिरादरीमा यसैको पहुँच थियो । स्रोत र साधनमाथि नियन्त्रण यसैको थियो । अदालत, सेना, प्रहरी, कर्मचारीतन्त्रको नेतृत्वमा पनि यही प्रभावशाली थियो । अनेक नाममा रहेका अगैससहरूले पनि यसका पक्षमा लगानी गरिरहेका थिए । (यस्तो लगानी धर्मनिरपेक्षताका सवालमा बाहेक मज्जाले ल्याइएको थियो र सबैभन्दा बढी सञ्चार र जनमत निर्माणका क्षेत्रमा भन्दै सिविल सोसाइटीमार्फत प्रयोग गरिएको थियो)
यिनीहरूले बहसलाई सन् २००६ को जनआन्दोलन र त्यसपछिका मधेसी, जनजाति, दलित र महिलाका आन्दोलनले स्थापित गरको कार्यसूचीलाई निषेध गर्नेतिर सोझ्याए । कटवाल काण्ड र पछि माओवादीले गरेको मई आन्दोलनका समयमा निस्केको श्वेत वस्त्रधारीहरूका जुलुस या मधेस र पहाडका सहरमा निस्कने कथित सद्भाव ¥यालीमा यसको संगठित अभिव्यक्ति देखिएको थियो । अनमिनलाई फिर्ता पठाउने, संविधान नबन्दै माओवादी लडाकुलाई निशस्त्र गरी भंग गर्ने, अखण्ड सुदूरपश्चिम, अखण्ड नेपाल, संघीयताले देश विखण्डन गर्ने नारा ‘क्वाइन’ गर्ने काममा पनि यो समूहको सक्रिय सहभागिता रह्यो । माओवादी नेतृत्वको सरकारका असफलतासँग परिवर्तनका कार्यसूचीलाई पनि मुछियो र देशभर भयको मनोविज्ञान सिर्जना गरियो ।
भयग्रस्त यही मनोविज्ञानलाई नगदीकरण गरेर ब्राह्मण समाज, हिन्दू धार्मिक समूहहरू, खस समाज, अखण्ड नेपाल पार्टी आदि अस्तित्वमा आए । यसले समाजलाई तीव्र धु्रवीकरणतिर लग्यो ।
यही वेला माओवादी पार्टी र मधेसवादीबीच आएको विभाजनले परिवर्तनको कार्यसूची बोकेका शक्ति कमजोर र बद्नाम भए ।
यो विभाजन र शक्ति कमजोर बनाउने खेल मुख्यतः माओवादीलाई कमजोर बनाउन खेलिएको थियो ।
नेपाली कांग्रेस, नेकपा एमालेसमेत यसमा मजाले प्रयोग भएका थिए । तिनका पक्षमा रहेका बौद्धिकहरू पूर्ण रूपमा संघीयताका विपक्षमा, पहिचानका विपक्षमा र माओवादी र मधेसीलाई निषेध गर्ने कर्ममा लागे ।
यहीवेला मधेसमा एउटा बौद्धिक जमात तयार भयो, जो मधेसी कार्यसूचीलाई अन्तिमसम्म तन्काएर काठमाडाैँसँग अधिकतम बार्गेनिङ गर्ने र पहाडे अखण्डवादीहरूका अतिवादलाई अर्को अतिवादमार्फत जवाफ दिने प्रयासमा थियो । यसको अन्तर्यमा नेपालको राजनीति, सेना, कर्मचारी प्रशासनसमेतमा मधेसको जनसंख्याको अनुपातमा प्रतिनिधित्व या वर्चस्वको स्थापनाको लक्ष्य रहेको थियो ।
पहिलो संविधानसभा विघटन गराउन यही बौद्धिक र सम्भ्रान्त वर्गले गरेको दृश्य–अदृश्य चलखेलले काम गरेको थियो । सर्वोच्च अदालत यस काममा मजाले प्रयोग भयो र त्यसका प्रधान पछि मन्त्रिपरिषद् अध्यक्ष (प्रधानमन्त्री)का रूपमा पुरस्कृत भए ।
संविधानसभाको दोस्रो निर्वाचनसम्म आइपुग्दा भारत, अमेरिका र काठमाडाैँको वर्चस्वशाली समूहको स्वार्थ ठ्याक्कै मिल्न गएको थियो ।
संविधानसभाको निर्वाचनपछि परिवर्तनका कार्यसूची झन्डै सिंहदरबारको गेटमा पछारिने अवस्थामा पुग्यो ।
यसलाई अझै पानी खुवाएर जीवित राखेको भने मधेसको गतसालको आन्दोलनले हो । तर, आन्दोलनको अभिव्यक्ति संसद्मा प्रतिबिम्बित हुने अवस्था थिएन । संविधान जारी हुँदा त्यही भयो, जुन संविधानसभाको गणितले अनुमति दिन्थ्यो ।
यस क्रममा संसद्को दोस्रो मुख्य दलका नेता तथा संविधान जारी भएपछिका प्रधानमन्त्रीले परिवर्तन पक्षधर, पहिचान र सघीयता पक्षधर शक्ति तथा समूहलाई निषेध गर्ने, हेप्ने, खिस्याउने, उडाउने र धम्की दिने काम गरिरहे । पहाडे या महेन्द्रीय राष्ट्रवादका उग्र दबाबको प्रतिकारमा मधेसमा जे–जति प्रदर्शन भए, त्यसले आर्जन गरेको शक्ति भारतीय नाकाबन्दीसँग आन्दोलनलाई गाँसिदिएपछि परास्त भयो ।
लगभग ०५७ बाट आरम्भ भएको संविधानसभा, गणतन्त्र, पहिचान खुल्ने संघीयता र धर्मनिरपेक्षतासहित समानुपातिक प्रतिनिधित्व रहेको लोकतान्त्रिक व्यवस्थाको बहसमा गणतन्त्र र समानुपातिक प्रतिनिधित्व तथा धर्मनिरपेक्षताबाहेकका कार्यसूची लगभग परास्त भए । स्रोतकोे पुनः वितरणजस्ता वर्गीय मुद्दा नवउदारवादको छायामा धकेलिए । यसरी बहसमा पुरानो वर्चस्वशाली तप्काको हात माथि पर्यो‍ । देशलाई नोक्सान पर्यो‍ ।
समाजमा विद्यमान वर्चस्वशाली समूहले पनि भय महसुस गर्ने र समानुपातिक सहभागितामूलक लोकतन्त्रलाई खतरा ठान्ने कथित प्रगतिशील या जनवादी शक्तिले परिवर्तनका कार्यसूचीलाई अपहरण गरेपछि उत्पन्न निराशाले अहिले समाजलाई नराम्रोसँग नियन्त्रण गरेको छ । एमालेले गएको दुई वर्षदेखि दक्षिणपन्थी अतिवादी वर्चस्ववादी दृष्टिकोण अँगालेको छ । अहिलेको द्वन्द्व त्यही वर्चस्वशाली पक्षले सिर्जना गरेको भयको अभिव्यक्ति हो । मधेसमा मध्यमार्गी धारलाई धकेल्दै अतिवादी धारले शक्ति आर्जन गरिरहेको छ ।
समस्याको समाधान माओवादी र पहिचानवादीका आधारभूत मागलाई फेरि संविधानभित्र हुलेर यसको दायरा फराकिलो बनाउनुमा छ ।
कांग्रेस समस्याको फेदमा पुग्ने इच्छा नै राख्दैन ।
अहिलेको समग्र राजनीतिक प्रक्रियालाई असफल सावित गरेर नयाँ ढंगको ४७ साल खोज्नेहरू कांग्रेस, एमाले र राप्रपाभित्र शक्तिशाली बन्दै गएका छन ।
माओवादीहरू आफ्नो कमजोर संगठन र कमजोर जनाधारका कारण हस्तक्षेप गर्ने शक्ति र इच्छा दुवै गुमाएको अवस्थामा छन् ।
यसबीच भूरणनीतिक दाउपेच सक्रिय भएका छन्, जसले द्वन्द्वलाई तन्काउन सहयोग गर्छन् । सप्तरी एपिसोडपछि मधेस कम्तीमा दुई दशकका लागि द्वन्द्वमा धकेलिने खतरा बढाइदिएको छ । मध्यमार्गी शक्तिले प्रभाव गुमाउने र क्रमशः अतिवादको छायामा जाने प्रस्ट संकेत देखिन्छन् ।
एमाले र कांग्रेसले यसलाई गम्भीरतापूर्वक लिएनन् भने मधेसको मध्यमार्ग समाप्त हुनेछ । त्यसपछि लोकतन्त्रको काँचुली रहनेछ आत्मा हराउनेछ ।
के कांग्रेस एमाले र मधेसका मध्यमार्गी पक्ष एक–एक पाइला पछि हटेर दुई पाइला अघि बढ्न तयार होलान् ?