Thursday, December 24, 2015

यो किसान, यी दल र भूमिसुधारका कुरा



यहि सोमवार प्रज्ञाहलमा विचार विशेष नामक एउटा जर्नलले आयोजना गरेको भूमिसुधार सम्वन्धी वहस कार्यक्रममा एकजना किसानले पनि वक्ताको रुपमा भाग लिए । कार्यक्रमका प्रमुख अतिथि थिए आदरणीय प्रदिप गिरी । आयोजक मध्यका थिए साँसद तथा कृषि तथा जलस्रोत समितिका सभापति गगन थापा । सहभागि अन्य वक्ताहरुमा एमाले नेता साँसद केशव बडाल पनि थिए र  अनुसन्धानदाता कृष्ण पौडेल पूर्ण विके (पिएचडी), अभियानकर्मी जगत वस्नेत लगायतका अतिथिहरु मञ्चमा देखिन्थे । म अलि ढिलोगरि कार्यक्रममा पुगेको थिएँ । एकैछिनमा यी किसान वक्ताको रुपमा बोलाईए । उनले झण्डै १० मिनट धाराप्रवाह बोले र नेपालमा विभिन्न दलका सरकारहरुले भूमिसुधारका पक्षमा के गरे या के गरेनन भन्ने वारे धारणा राखे । उनको सामान्य तर्क थियो किसानलाई भूमिको अधिकार नदिईकन या किसानहरु जमिनको मालिक नभैकन यो देशमा उन्नती पनि हुन्न, कषिमा व्यापक रोजगारि सिर्जना नगरि युवा विदेशिने क्रम पनि रोकिन्न । यी किसान वक्ता थिए भूमि अधिकारकर्मि सोम  भण्डारी ।
दशदिन जति अगाडी यी सोम राष्ट्रिय योजना आयोगको सभाकक्षमा उपाध्यक्ष युवराज खतिवडासंग चर्को स्वरमा भनिरहेका थिए ः यो भुकम्प पिडितहरुले पाउने राहत कोटामा भूमिहिन या घडेरीको पनि लालपुर्जा नभएको साउको या गुठिको जमिन कमाएर पुस्तौ बसेको किसानले कसरी ऋण पाउँछ, घर कहाँ बनाउँछ र सहयोग पाउँछ ? पहिले तीनलाई जमिनको हक देउ अनि राहत पनि देऊ । उपाध्यक्ष खतिवडा यीनका कुरा ध्यान दिएर सुनिरहेका थिए । यी रहेछन् भूकम्प पिडितहरुको संगठनका पनि अध्यक्ष र यीनको चिन्ता भने भूमिहिनहरु सरकारले दिने राहत र ऋण पाउनबाट पनि बञ्चित होलान भन्ने रहेछ । त्यसभन्दा केहि अगाडी एकदिन यीनी भूमिसुधार मन्त्रालयका सचिव सहिसचिव लगायतका अधिकारीहरुसंग गुठि जमिन कमाईरहेका किसानका नाममा जमिन दर्ता गराईदिन माग गर्दै त्यसरी नै बोलीरहेका थिए ।
मलाई यीनको चरित्र या व्यक्तित्व र झण्डै लहडी ढंगले एकोहोरो किसानका पक्षमा लागिारहने आन्दोलीत जिवनले पोहोर देखि नै आकर्षित गरिरहेको थियो । समाजसंग सम्वाद गर्न मलाई केहि पात्रहरुले प्रेरित गर्छन, म कुनै माध्यमबाट उ भित्र प्रवेश गर्न र अन्तरंग भएर कुरा सुन्न लालयित बन्छु । हामी राजनीतिक टिप्पणी लेख्नेहरु राजनीतिका ताता पिंडालुजस्ता समाचारमा प्रवेश गर्छौैं, आफुलाई चाहिएको मसला झिक्छौं र आफ्नै दृष्टि र कोण सहित त्यसको पुनर्उत्पादन गरेर पस्कन्छौं । मलाई अहिले यी निरन्तरका राजनीतिक घटनाहरु दैनन्दीन राजनीतिलाई प्रभावित गर्ने कथित ‘ठुला मुन्छे’हरुलाई लिएर टिप्पणी गर्न मनै लाग्दैन, त्यसले निराशा बाहेक केहि हात लाग्दैन । यहि सन्दर्भमा मलाई यी पात्रभित्र नेपाली समाजको चरित्र, यहाँका आन्दोलनहरु र त्यससंग गाँसिएको राजनीतिको पाटो परख गर्न मन लाग्छ । यीनलाई पढिसके पछि  नेपालमा हरेक केहि बर्षमा हुने क्रान्तीकारी आन्दोलनहरुको जग भेटिए झै लाग्छ जसलाई यीनै सोमप्रसाद जस्ता आन्दोलनकारीहरुले धानेका छन् । ईतिहास यी साधारण मानिसहरुको होईन ठुला मान्छेको कुरा गर्छ । अरु या हरु मा गएर यिनीहरुको ईतिहास विलिन हुन्छ ।
बैशाख १२ को भुकम्प आउनु दुई साता अगाडीको कुरा हो । म एउटा कामले मेलम्ची तिर हिँडेको थिएँ । जहरसीं पौवामा चिया खाएर केहि पर पुगेपछि गाडि रोकियो र विग्रेको चक्का बनाउन थाल्यो । म केहि बेर सडकमा एक्लै अगाडी बढिरहेको थिएँ । त्यहिँ सडकमा मेरै झैं कपाल सेतै फुलेका हट्टा कट्टा र रातो पिरो अनुहारका सोम भण्डारीसंग अन्तरंग कुरा  गर्ने मौका मिलेको थियो । हामीले केहि बेर हिड्दै बाटो तल माथिका ऐसेलुका झ्याङ चाहार्दै निकै एैसेलु पनि खाएका थियौं । मैले यीनको जीवनका केहि पक्ष त्यहिँ खोतलेको थिएँ । यीनकी पत्नी विरामी थिईन, यीनी किसानलाई संगठित गर्ने अभियानमा नै सक्रिय थिए । भोलीपल्ट विहान हामी यीनको घर पुग्यौं जो किउल गाविसमा मेलम्ची खानेपानीको मुहान जाने सडकको माथि पर्छ । यीनको पारिवारीक र आर्थिक जीवनको केहि झल्को पनि मिल्यो ।
“मेरो गाउँमा एकजना तामाङ किसान थियो बहिरा काले भन्ने । उसले हेलम्वुको एउटा साहुको जमिन निकै धेरै कमाएको थियो । उक्त किसान मरिसकेपछि हामीले अनेक उपाय रचेर, साहुको दलाली गरेर त्यसमध्यको केहि जमिन कमाउन थाल्यौं । लामो समयसम्म यो जमिन कमाएपछि साहुको दास पो भैयो भन्ने लाग्यो । हामीजस्तै साहुको जमिन कमाउने दोर्जे तामाङ थियो । एकपटक उसको साहुले आएर घर भत्काईदियो र उठिबास लगाउन खोज्यो । दोर्जेले हामीसंग सहयोग माग्यो । म वडाअध्यक्ष थिएँ । केहि सहयोग गरियो र उसको उठिवास लगाउन दिईएन । मलाई दोर्जेको अवस्थाले निकै दुखित बनायो ।’
“म आफ्नो किशोर अवस्थामा नै साहुको दासत्वबाट मुक्त हुन खोजीरहेको थिएँ । विहे भैसकेको थियो । मलाई घर बस्न मन लागेन । २० बर्षको उमेरमा एक पैसा नलिई राति उठेर घर छाडेर भागें । विना उद्देश्य हिन्दै जाँदा महोत्तरी पुगें र पछि भान्से काम गर्ने भन्दै त्यहाँको मटिहानीको संस्कृत पाठशालामा पुगें । तर त्यहा धेरै पढिन र पछि जनकपुरको यज्ञवल्क्य संस्कृत पाठाशालामा पुगेर पढें । त्यहि बाट २०३८ सालमा एसएलसी दिएँ र घर फर्कें । एसएलसी त पास गरिन तर त्यहि पढाईले गाउँमा आउनासाथ शिक्षक नियुक्ति पाएँ । र गाउँकै पहिलो शिक्षक बनेर पढाउन थालें ।”
“हाम्रो वडाको ५० धुरी घरपरिवार मध्ये ४७ घरधुरी अरुको जमिन कमाउने किसानको थियो । तिन घर मात्र आफ्नो मात्र जमिन कमाउँथे । मेरा बाले २० रोपनि जति साहुको कमाउनु हुन्थ्यो । हामी छुट्टभिन्न हुँदा मलाई २ रोपनि मोहिवाला जमिन पर्को थियो । मेरो नीजी जमिन तिन रोपनि थियो । पछि दाजुभाईले कमाई रहेको मोहि जमिन पनि मैले सकारेर पाँच रोपनि जमिन साहुको कमाउँछु ।”
२०४५ सालको कुरा म शिक्षक पेशा छाडेर राजनीतितिर सक्रिय भएको थिएँ । मेरा त्यतिवेला दुईवटी छोरी थिए । हामी बर्षभरि धेरैजसो आलु खाएर बाँच्थ्यौं । त्यतिवेला मैले निलकण्ठ भण्डारीको जमिन कमाएको थिएँ । मंसीरमा दाँईको बेला थियो । दाँई सकेपछि धान जति सबै भरेर साहुले लगे । छोरीहरु दुवै रुन थाले ‘बुवा धान सबै अर्कैले लग्यो । हामी के खाने नी ?’ छोरीहरु रोएपछि मेरो पनि भक्कानो छुट्यो । आफ्नै जीवन देखि धिक्कार लागेर आयो । म यो अवस्थाबाट मुक्त हुने उपाय खोज्न थालें । यसले मलाई किसानको हकका पक्षमा आवाज उठाउन प्रेरित गर्यो ।
त्यतिवेलासम्म म तत्कालीन मालेको सम्पर्कमा पुगिसकेको थिएँ । मालेका साथिहरु जसको जोत उसको पोतको नारा लगाउँथे । हामी मोहिलाई त्यो भन्दा ठुलो कुरो के चाहिन्थ्यो र ? संधै अर्काको जमिन कमाउने र खानेवेलामा पुर्पुरोमा हात लागउने अवस्थाबाट मुक्ति यहि नारामा गाँसीएको थियो । म एकोहोरीएर त्यता लागेको थिएँ । मलाई सम्पर्क गर्न जानेमा मायानाथ अधिकारी र केशव बडालहरु थिए ।
किसानलाई कसरी जमिनको अधिकार दिलाउने भन्ने चासो मेरो आफ्नै समस्यासंग गाँसीएकोले मलाई यसले घरिघरी पोलीरहन्थ्यो । यसै क्रममा गाउँमा जयवागेश्वरी बचत तथा ऋण सहकारी गठन गरेर किसानलाई संगठित गरियो । अरु कुरामा सहयोग पुगेपनि यसबाट किसानलाई अधिकार दिलाउन नसकेपछि हामी किसान अधिकारको पक्षमा काम गर्ने तयारीमा लागेका थियौं । यहि क्रममा गाउँमा सामुदायीक विकासको काममा लागेको सामुदायीक आत्मनिर्भर केन्द्रको सम्पर्कमा पुग्यौं । वास्तवमा उनीहरु मलाई अर्थात सहकारीको अध्यक्ष, वडाध्यक्ष र गाउँको एमालेको सचिवसंग भेट्न आईपुगेका थिए आफ्नो योजना लिएर । मैले सहकारीमा कुरा लगें र सहकारीसंग मिलेर काम गर्ने गरि सेवाकेन्द्रले काम गर्ने भयो । हामीले एउटा शर्त राख्यौं ः किसानलाई अधिकार दिलाउन एउटा भूमि ऐन किसानलाई सिकाउने प्रशिक्षण कार्यक्रम चलाउनु पर्ने । त्यस अनुसार २०५१ साल चैत्र ११, १२, १३ मा प्रशिक्षण कार्यक्रम गरियो । अन्तमा त्यसमा सहभागि किसानहरुले मोहि हकहित संरक्षण समिति बनाउने निर्णय भयो । अहिले त्यहिसंस्थाको विकसित रुप राष्ट्रिय भूमि अधिकार मञ्चका रुपमा क्रियाशिल छ । यसका ५४ जिल्लामा साखाहरु छन् । ” किसानहरुको अधिकारको पक्षमा लड्ने यो संस्थाको यो विस्तार उनको लागि गर्वको विषय हो ।
उनी राजनीतिमा लाग्दा पार्टीले दिएको जसको जोत उसको पोतको नारा कार्यान्वयन हुन्छ भन्ने आसा बढ्यो । उता पार्टी बनाउन जाने केशब बडाल नै भूमिसुधार आयोगको अध्यक्ष भएपछि झन विश्वास बढ्यो । एकपटक यीनी केहि किसानहरु सहित तत्कालीन भूमिसुधार मन्त्री राधाकृष्ण मैनालीकाहाँ गए । मैनालीले किसानहरुको जमिन दर्ता गर्ने निवेदन माथि भूमि सुधार ऐन २०३४ अनुसार गर्नु भनि तोक लगाए । त्यो ऐन अनुसार जमिन कमाउन लिने दिनेले एक आपसमा गाविसमा करार दर्ता गरेको छ भने त्यो सहित आवेदन दिएमा मात्र किसान मोहिका रुपमा कायम हुने व्यबस्था थियो । मैनालीको तोकले जमिन कमाई आएका तर मोहि दर्ता कायम नभएकाहरुका हकमा केहि पनि राहत दिदैनथ्यो । यीनीहरु ऐनबारे अध्ययन गरेर गएका थिए । मौनालीको तोकले काम गरेन भन्ने थाह पाईहाले । अर्थात अव एमलेको सरकारले किसानलाई हक दिन्छ भन्नेमा विश्वास भत्कने क्रम सुरु भयो । यो निराशा त पछि जनयुद्ध गरेर आएको माओवादी नेतृत्वको सरकारले पनि केहि नगरेपछि झन बढ्यो । नेपालमा भूमिसुधार र किसानको हितको प्रश्नमा वामपन्थीहरु नारा त ठुलो दिने काम नगर्ने दल हुन भन्ने निष्कर्ष उनको मनमा चस्कने एउटा दुःख हो ।
“म दावी गर्छु हाम्रो आन्दोलनले धेरै किसानलाई फायीदा भएको छ । कमसेकम गुठिका मात्र ८ हजार किसानले स्थायी अस्थायी पुर्जा पाएका छन् । मोहि किसानका हकमा ५ हजार जतिले जमिनको स्वामित्व प्राप्त गरेका छन् सिन्धुपाल्चोकमा मात्र । देशभर त ३६ हजार अर्काको जमिन कमाई आएका मोही या उखडा किसानले जग्गाधनि बन्ने अवसर पाएका छन् । १४ लाख भूमिहिन किसान छन् दर्तावाल मोहि १ लाख २० हजार वेदर्ता ५ लाख छन भन्ने उनको तथ्याँकले भन्छ । उनको अभियान यी सबैले घडेरी र उत्पादनका लागि जमिन पाउन भन्ने छ । पुँजीपतिले भाडामा जमिन लिनु अलग कुरो हो तर जो आफ्नै श्रमले खेतीपाती गर्छ उसले जमिन पाउनुपर्छ र जमिन नकमाउनेको जमिन हुनुहुँदैन भन्ने यीनको तर्क छ । यीनको तर्कसंग हाम्रो अर्थराजनीतिका अनेक गाँठा गुजुल्टीएका छन् ।
“कम्युनिष्टहरुले भूमिको प्रश्नलाई नारामात्र बनाए । विपिले पनि २०१५ सालमा त भूमिको प्रश्नमा किसानको पक्षमा विचार अगाडी बढाएका थिए । उनलाई विचैमा सत्ताबाट हटाईयो । २०४८ मा गिरीजा सरकारका भूमिसुधार मन्त्री जगन्नाथ आचार्यले भूमिसुधारका बारेमा केहि सकारात्मक सोच अगाडी बढाउना साथ उनी राजीनामा दिन वाध्य भए । एमालेले पहिलो कार्यकालमा केहि काम गर्ने भनेर आयोग गठन गर्यो । बडाल आयोगले अत्यन्त राम्रा सुझाव दिएको थियो तर कार्यान्वयन गर्ने वेलामा एमाले सरकार पनि ढल्यो । पछि देउवाले केहि हदसम्म सकारात्मक प्रयास गरेका थिए । माओवादीहरु शान्तीप्रक्रियामा आएपछि अन्तरिम संविधानले भूमि सुधारलाई महत्वपूर्ण प्राथमिकतामा राखेपनि र पछि हरिवोल गजुरेलको अध्यक्षतामा आयोग बनाएपनि एमाओवादीले ठोस रुपमा भूमिका प्रश्नमा कुनै देखिने काम गरेन । अहिले पनि पस्चिममा हलियाहरु, मध्य तराईमा हरुवा चरुवाहरु तथा धेरै दलित र भूमिहिनहरुको अवस्था दयनीय छ । सबैभन्दा बढि गरिव पनि तिनै छन्  । हामी किसानका लागि अझै पनि आन्दलन नै विकल्प हो । मलाई जीवनकालमा भूमिहिनहरुको अवस्थामा सुधार आउने गरि आन्दोलनलाई अगाडी बढाउन पाए सन्तोष हुन्थ्यो भन्ने लाग्छ ।”
भण्डारी सेता कपडामा थिए । पछि कुरा गर्दा थाह भयो भुकम्पमा परेर यीनका बृद्ध पिता माता र एकजना दिदिको मृत्यु भएको थियो । उनको घर पनि भुईचालोले ध्वस्त पारिदिएपछि अहिले सामान्य टिनको छाप्रो बनाएर बसिरहेका छन् । यी त आन्दोलनमा हिडिरहन्छन् । घरमा दमको व्यथा भएकी श्रीमति छन जसलाई झरी बादल र हिँउदको चिसोले सताईरहन्छ । भरखर १२ पढ्दै गरेकी छोरी र आठ पढ्दै गरेको छोरो छन् । टिनको छानोमुनि यी किसानको जीवन जसोतसो चलिरहेछ । यीनलाई राजनीतिक दलहरु आफ्नो पक्षमा तान्न बल गरिरहन्छन् । एमालेले आफ्नै ठान्छ, एमाओवादी फकाउन चाहन्छ र काँग्रेसमा पनि मित्रहरु छन जो यीनको सामाजीक सम्वन्धको उपयोग गर्न चाहन्छन् । यीनले चैं  आफुलाई तटस्थ राख्दा नै किसानको पक्षमा काम गर्न सहज हुने ठानेका छन् ।
मैले यीनको कथाका केहि पाटा खोतल्दै जाँदा लाग्यो देशका देखिने नेताहरु भन्दा यी जस्ता नदेखिने नेताहरु हाम्रो सामाजीक परिवर्तनको कार्यसुचि लागु गराउन धेरै महत्वपुर्ण छन् । जसले प्रत्यक्ष रुपमा दलहरुबाट फायीदा लिएका पनि छैनन र सामान्य परिचयमा छन् । देशको वृहत्तर राजनीतिक डिष्कोर्षमा उनीहरुको नाम कसैले लिदैन । बसमा या सार्वजनिक स्थलमा उनीहरुलाई देखेर कसैले चिन्दैन । तर यीनीहरु सामाजीक परिवर्तनका खातीर आफ्नो सर्वस्व सुम्पेर हिडिरहेछन् । यस्ता मानिसहरु छन र हाम्रो समाज गतिशिल छ । समाजका अनेक आयाम र विधामा जे जति सोम भण्डारीहरु छन् उनीहरुको अभियानलाई सलाम ।

Thursday, December 17, 2015

सडकमा भेटिएको एउटा नेपाल




आइतबार अपराह्न आफैँभित्र उठिरहेको एउटा हुन्डरीबाट एकदम निराश भएर बसपार्कमा पुगेको थिएँ मनभित्र आत्मग्लानि अपमानबोधको एउटा भयानक छटपटी उम्लिरहेको थियो बसपार्कको वातावरण यसैपनि डिप्रेसन निम्त्याउने खालको थियो गाउँतिर जाने पहिलो बसमा ठेलमठेल भएर चढ्न सकिनँ अर्को बस आयो सहजै सिट मिल्यो सबैभन्दा पछिल्लो सिटको एउटा कर्नरमा गएर बसेँ साँझ पर्न नलाग्दै काठमाडौं धमिलो चिसो बन्दै गएको थियो बसपार्कमा साधन पर्खिरहेका मानिस उपलब्ध बसका बीच निकै ठूलो ग्याप थियो थानकोट जाने बसमा छतभर यात्रुहरू चढेर पनि अटाइरहेका थिएनन् धक्कम धक्का तँछाडमछाडले यात्रुहरू यात्रु कम प्रतिस्पर्धी बढी देखिन्थे यस्तो लाग्थ्यो हरेक यात्रु त्यही बसमा चढ्न नपाए उसको जीवनमा ठूलै संकट आउनेछ
बसेको मच्छेगाउँ जाने बसको पनि त्यही हालत थियो धक्कामुक्का गर्दै केही यात्रु चढे सदाझैँ यात्रु बसको सहचालकबीच केही संवाद भए तितामिठा बस अगाडि बढ्यो तर, त्रिपुरेश्वरबाट कालिमाटी निस्कन मात्रै पौनेघन्टा लाग्यो बाटोको दुवैतिर रहेका केही पेट्रोलपम्पले तेल बाँड्ने भएकाले बस, कार, ट्याक्सी मोटरसाइकलसहितका चारपांग्रे दुईपांग्रेको लाइनले सामान्य यातायातलाई अवरोध पुर्याइरहेको थियो मानिसहरू कहिले चालकलाई गाली गर्थे कहिले नाकाबन्दीलाई सराप हाल्थे उभिनेहरूलाई उभिन नै कठिन थियो
कलंकी आएपछि केही मानिस झरे त्योभन्दा बढी चढे केही पछि मेरो सिट छेउमा एउटा पातलो स्कुले केटो आएर बस्यो झ्यालबाहिर बढ्दै गएको साँझ, गन्तव्यमा जान हतार गरिरहेका मानिस, नाकाबन्दीलाई बिर्साउने गाडीका लाम, हर्नको कर्कस ध्वनि धुलोधुवाँले फैलाएको साम्राज्यका बीच मनपरी बाटो काटिरहेका पैदल यात्रुलाई हेर्दै थिएँ
यात्रु अट्ने ठाउँ नभए पनि बसको खलाँसी एकोहोरो कराइरहेको थियो..नैकाप.. सतुंगल.. मच्छेगाउँ.. नैकापसतुंगल.. मच्छेगाउँ ..
बस सामान्यभन्दा निकै ढिलो गरी ढुंगेअड्डा पुग्यो त्यहाँबाट उत्तरतर्फ देखिने बस्ती केही मात्र खाली जमिनलाई हेर्दै मेरो छेउको स्कुले पोसाकको केटो केही बोल्यो उसको भनाइ आफूतर्फ लक्षित नभएकाले सुनेको नसुन्यै गरेँ तर, फेरि केटोले मतर्फ फर्कंदै तर आफैँसँग संवाद गरेझैँ भन्यो, ‘जमिन नै खाली रहेनछ घरैघर उसको अनुहार निर्दोष तर जिज्ञासाले भरिएको गम्भीर देखिन्थ्यो मैले आफ्नो आत्मालाप भंग गर्ने मनसायले केटातर्फ फर्केर भनेँ, ‘बाबुयहाँ जग्गा दलाल आयो भने जमिन खालीखाली मात्रै देख्छ अरूले घरैघर आफ्नो हेराइ पो हो उसले मेरो भनाइप्रति कुनै प्रतिक्रिया देखाएन मेरो ध्यान खिचिएको देखेर उसले मैसँग सोध्यो, ‘यहाँको जमिन कठ्ठाको कति पर्छ होला ?’ सोधाइले थाहा हुन्थ्यो केटो मधेसतिरको हो उसको जिज्ञासासँग एकछिन बहकिन मनलाग्यो
यहाँ कठ्ठामा बेच्दैनन् यता आनाको मूल्य हुन्छ यो सडकछेउको जग्गालाई आनाको बीसपच्चीस लाख भन्छन् होला अब सहयात्री भइसकेका थियौँ मलाई त्यस केटाको जिज्ञासाको भोलापनले तानिरहेको थियो यतातिर कुनै पनि स्कुले केटोकेटीले त्यस्तो जमिनको भाउको कुरा गरेको मैले सुनेको थिइनँ मान्छेको विचारलाई उसको वर्ग आर्थिक सामाजिक परिवेशले प्रभाव पार्छ जस्तो परिवार समाजमा हुक्र्यो, त्यसकै विचार व्यवहारको पुनरुत्पादन हो मान्छेको विचार पनि
हाम्रो संवाद अगाडि बढ्न थाल्यो
लौ, आनाको कुरा मलाई थाहा नै छैन एक कठ्ठामा कति आना हुन्छ होला ?
त्यस्तै ११ आनाजति हुन्छ होला मलाई पनि ठ्याक्कै थाह छैन है
त्यसो भए कठ्ठाको कति पर्यो ?
त्यस्तै डेढदुई करोड
ओहोत्यत्रो पो पर्छ हगि ?
हो परिहाल्छ
हाम्रो तिर कठ्ठाको दश लाखमा पाइन्छ
कहाँ हो घर ?
चितवन…..नगर (उसको गोपनीयताका लागि यहाँ नाम भन्न सक्दिनँ)
त्यति मोलमा के बाटो पुगेको ठाउँमा नै मिल्छ ?
हो, मोहडा सडकतिर परेको घडेरीको जग्गालाई त्यति भन्छन् केटो घरव्यवहारबारे निकै चासो राख्ने उमेरभन्दा पाकोजस्तो लाग्थ्यो
मेरो उत्सुकता सकिएको थिएन उसले नैकापनिर आएपछि बाहिर हेर्यो भन्यो अब सतुंगल आउँछ हैन ? पहिलोपटक काठमाडांै आएको अस्ति मात्र यताको बारेमा त्यति थाहा पनि छैन
किन आएको काठमाडांै ?
आइएल्सदिन भनेर आएको हिजो दिइयो अब रिजल्ट कुर्ने हो
त्यसो भए तिमीले पनि लाहुर ताक्यौ हैन यति सानै उमेरमा आइएल्स दिएपछि अमेरिका पक्कै हैन, अस्ट्ेिरलिया ताक्यौ कि बेलायत ?
अस्ट्रिेलिया दाइले बेल्जियमका लागि ट्राई गर्दै
के पढेको नि प्लस टुमा ?
म्यानेजमेन्ट पढेको ?
कहाँबाट ?
नगरको स्कुलबाट नजिकै साइकलमा १५ मिनेटमा पुगिन्छ स्कुल पनि त्यही बोर्डिङमा पढेको हो
कति प्रतिशत माक्र्स ?
सेभेन्टी टु पर्सेन्ट अलि कम भयो
माक्र्स राम्रै हो तर तिमी ब्याचलरसम्म यतै पढेर गएको भए राम्रो हुन्थ्यो होला नि ? ब्याचलर पढ्न उतै जानेले अलि दु: पाउँछन् भन्छन् मैले उसलाई अलिकति करापेँ
हेर्नुस् बुबा, जीवनमा एकपटक संघर्ष गर्नैपर्छ पछि गए पनि संघर्ष नगरी हुन्न बरु अहिले नै गयो, संघर्ष गर्यो भने सजिलो हुन्छ एकोहोरो केटोमा आफ्नो भविष्यका बारेमा अनेक सपना भय दुवै थियो तर सबै चुनौतीको सामना गर्न तम्तयार देखिन्थ्यो
बस नैकापमा केही थान यात्रु झारेर अगाडि बढ्यो केटाका अनेक जिज्ञासा सहज रूपमा सोध्दै थियो उसको जीवनको भित्री पाटासम्म प्रवेश गरेर उसको परिवार, समाज मनोविज्ञानबारे जान्न उत्सुक हुँदै गएँ तिम्रो बाआमा के गर्नुहुन्छ नि ?
उसले यसपछि बेलिविस्तार लगायो उसको बाबुले दोस्रो बिहे गरेर पहिली पत्नी अर्थात् केटाकी आमालाई छाडेको रहेछ दुवैतिर दुईथान सन्तान रहेछन् बाबु के बाबु भन्ने खराब छन् अर्की आमा लिएर बसेका छन् हामीलाई हेर्दैनन् सबै जेजति हामीलाई गर्नुभयो आमाले गर्नुभयो बरु हजुरआमाले हाम्रो रेखदेख गर्नुभयो बाबुको बाउको सम्पत्ति थिएन सबै हजुरआमाको हो हजुरआमाले अर्कीपट्टिकालाई पनि जमिन दिनुभयो हामीलाई पनि १४ कठ्ठा जमिन त्यतिले हामी पढियो भनौँ
केटो खुल्दै गयो उसले एउटा पातलो स्वेटर त्यसभित्र स्कुले कमिज लगाएको थियो हिजो मात्र आइएल्स परीक्षा दिएको उसको रिजल्ट ३१ डिसेम्बरका लागि तोकिएको उसको क्लासबाट उसको एउटा साथीले मात्र सरासर प्लस टु पास गरेका छन् उसको साथीले केही दिनपहिले नै आइएल्सको परीक्षा दिएको उनीहरू दुवै अस्ट्रिेलिया जान चाहन्छन् मैले चितवनका बारेमा केही जीज्ञासा राखेँ
उसका बाजे कास्कीको मेरो छिमेकी गाउँबाट बसाइँ सरेका रहेछन् आफ्नो पुख्र्यौली गाउँमा एकपटक पुगेको रहेछ अब पुगिन्न होला भन्दै थियो जान मन लाग्छ नेपाल राम्ररी चिनेको पनि छैन यता बसेर जिन्दगी राम्रो हुन्न त्यही भएर विदेश जानै पर्यो नि ?’ उसका यस्तै तर्क थिए आमालाई एक्लै छाड्ने ? उसलाई अप्ठेरोमा पार्छु हैन, सेटल भएपछि आमालाई लगिहालिन्छ नि †’ आत्मविश्वासका साथ भन्छ
काठमाडांैमा फुपूको घरमा बस्छ फुपाजु काठमाडांैको कुनै सरकारी संस्थानमा काम गर्छन् विशाल काठमाडांैमा पहिलोपटक आउँदा केही नर्भस भएको ओठ निचोरे आमाको दुधको गन्ध आउलाजस्तो उक्त केटोमा आफ्नो भविष्य यो देशमा छैन भन्ने विश्वास भरिएको अस्ट्रिेलियाको सपना पालेको
अब भोलि पशुपतिनाथको दर्शन गरेर घर जान्छु बैंक ब्यालेन्स देखाउने सबै कागज प्रमाण तयार पारेर राख्नु के गर्ने सजिलो कहाँ ? बैंकमा पैसा भएको प्रमाण जुटाउन पैसा नै चाहिन्छ अब त्यता लागिहाल्नुपर्छ मसँग हो कि आफैँसँग हो जस्तो गरी संवाद गरिरहेको
चितवनमा यताभन्दा जाडो पो यतिवेला घाम राम्रो लाग्दैन बिहान चिसोले रुझाउँछ भन्या दिनमा पनि घाम मधुरो लाग्छ यता घाम डाँडाले छेकेर होला छिटो अस्ताउँदो रहेछ मेरो छेउमा बसेर आफ्नो सुरमा बोलिरहेको उसलाई आफ्नैलोकालिटीबारे समेत धेरै थाहा छैन आफ्नी हजुरआमाप्रति कृतज्ञ हजुरआमा अहिले ७४ वर्षको हुनुभो तैपनि दरी हुनुहुन्छ कति लामो बाटो सजिलै हिँड्नुहुन्छ हामीलाई बरु साइकल चाहिन्छ, आमालाई चाहिन्न बाबुप्रतिको घृणा घरीघरी व्यक्त गर्छ
यता बसभाडा भने सस्तो रहेछ जता गए पनि २० रुपैयाँमा पुर्याउँदो रहेछ उता हाम्रो गाउँबाट नारायणगढ जम्मा १० किलोमिटर भाडा भने ३० रुपैयाँ ठटाउँछ पहिलोपटक काठमाडौं आएको देश चिन्न आफूले चिनेको दुनियाँसँग यता देखेको दुनियाँको तुलना गर्छ घरीघरी भन्छ, अहिले बिदेसिए पनि पछि जीवन बिताउने आफ्नै देशमा हो अर्काको मुलुकमा के हुने हो कसो हुने हो ?
जीवनका समस्या जटिलताबारे मात्र सचेत छैन, आफ्नो भविष्य संघर्ष गरेर पनि राम्रो बनाउनेमा पूर्ण कटिबद्ध उसको उत्साह नेपालमा नै केही गर्नसक्ने आत्मविश्वासमा नबदलुन्जेल हाम्रो देश कसरी राम्रो होला ? ०३६ सालमा देश बदल्न देखेका सपना त्यसयताका यात्रा सम्झन्छु यो केटो मेरो छोरोभन्दा कम्तीमा चार वर्ष कान्छो तर उही पुस्ताको हो यतिका वर्षमा राजनीतिले देशलाई, यो नयाँ पुस्तालाई के सपना देखाउन सक्यो ? यो कल्पनाले मलाई आफ्नो यात्राप्रति निराशा उत्पन्न गराउँछ अहिलेको राजनीति तिनका पात्र तथा नीति निर्माण तहमा बस्नेहरूका दैनिक कार्यकलाप देखेर हैरान छु भूकम्पपीडितहरूको पीडामा खेलिरहेका राजनीतिक दल, पीडितको कोटामा आफ्ना सन्तानको विदेश भ्रमण गराउने मन्त्री नेताहरू, नाकाबन्दी आमहडतालले देशका कलिला नानीको जीवन बरबाद गरेर सत्ता शक्तिको मोलमोलाइ गरिरहेका आन्दोलनकारी अल्पकालीन स्वार्थका लागि देशलाई बन्धक बनाइरहेका नेता तिनको दलाली गर्ने बौद्धिकता देखेर बान्ता होलाजस्तो हुन्छ यो केटो केटाहरू, सोही उमेरका केटीहरू एउटै सपना देखिरहेछन् विदेशको सक्नेले आइएल्स या टफेल दिएर बिदेसिने नसक्नेहरू म्यानपावर कम्पनीमार्फत खाडी मलेसिया
पौडेल थर भएको त्यो केटो आफ्नो ओर्लने ठाउँ आउनुपहिले नै सिटबाट उठ्छ मतिर फर्केर भन्छ, ‘बुबा अब झर्छु है
लौ बाबु अस्ट्रिेलिया गए पनि नगए पनि राम्रो गर्नू अनायास एउटा मूर्ख बुढोझैँ अर्तीमा ओर्लन्छु पछि आफैँ पछुताउँछु आफ्ना आन्तरिक पीडा एकछिन केटोसँगको संवादले बिर्सन पुग्छु झरेर जान्छ, आफ्नै पीडातिर फर्कन्छु