Posts

Showing posts from 2019

बुढो हुँदै जाँदा

हेर्दा हेर्दै अन्ठाउन्नौ जन्मदिन आयो र गयो अब दुइबर्षमै हुनेछु म तिनबिस उमेर काटेको राज्यले मलाइ मान्नेछ जेष्ठ नागरिक नचाहे पनि म हुनेछु विद्यालयका केटाकेटी झंै सार्वजनिक यात्रा र अस्पतालमा छुट पाउन लायक काम गरेर खान अयोग्य ठहर गरेको प्रमाणजस्तो दिइने छ मलाइ पनि एउटा परिचय पत्र बसका छेउमा छुट्याइने दुइ सिटमा मेरो पनि हक हुनेछ यता विस्तारै म विस्थापित हुनेछु घरको दैनिक व्यबहारबाट ............ छोराले सुनाउन छाड्ला आफ्नो नयाँ योजना अथवा गर्ला आफ्नो विहेमा निम्तो मलाइ नसोधी जसरी मैले गरेको थिएँ आफ्नो विहेको निम्तो बा आमालाइ मलाइ नसोधी किन्ला कतै घडेरी कुनै दिन भनिदेला म त डिभी परेर हिँडें अमेरिकातिर या कुनै विहान खाना खाँदै गर्दा भन्ला छाडेर जाँदैछु घर जसरी विना सुचना मैले पनि गरेको थिएँ गृहत्याग अथवा घुर्की लगाउला र सुनाउला आक्रोस तिमिहरुले ल्याएको गणतन्त्र र आउँछ भनेको समाजवादले केही दिएन गरिखाने ठाउँ पाखुरी बजारेर खान जाँदैछु अष्ट्रेलिया थपिदै जाँदा उमेर आउला परिवारको शक्ति सम्वन्धमा फेरवदल ......... हजुरबाले झैं म पनि विहान निदाउन छाड्ने छु चार घडी रात...
आजै देखी बिस्तारै समाचारमा उध्रीत् गरिने श्रोत ब्यक्ती नबन्ने निर्णय गरियो । पहिले टि.भी बाट यो थालिने छ । विस्तारै अखबार्मा पनि लागु हुने छ । रेडियो त छोडिनै सकियो । जय होस् । 

आधाजून पढिसकेपछि भन्न मनलागेका कुराहरु

“आधाजूनमा पञ्चायती व्यवस्थाको उत्कर्षमा नेपाली युवाले गरेको उत्सर्ग राम्ररी केलाइएको छ । २०३६ सालको विद्यार्थी आन्दोलन र ततकालीन नेकपा मालेको राजनीतिमा संलग्न एउटा निम्नमध्यमवर्गीय परिवारमा जन्मेको युवाको जीवनमार्फत उपन्यासले नेपाली समाजको पिंधमा परेका सर्वसाधारण जनताले राज्यबाट भोगेका तिरस्कार र अपमान तथा ग्रामीण समाजमा रहेको शक्तिसम्बन्ध राम्ररी केलाइएको छ । इतिहास र स्वैरकल्पनाको दोसांध तथा पोखरा वरपरको आञ्चलिक भाषामा लेखिएको यो उपन्यास नेकपा मालेको गठन, विकास र त्यसको अवरोहका यात्री बनेका अनेक मानिसको त्याग, समर्पण र राजनीतिले उजाड बनाएका मानिसको जीवन अभिलेख हो । ” यी कुराहरु यस ‘आधाजून’ पुस्तकको भूमिकामा पनि उल्लेख गरिएका छन् । कम्युनिष्ट तथा प्रगतिशील लेखमा सिद्धहस्त, प्रखर तथा माहिर झलक सुवेदीद्वारा लिखित यस उपन्यासमा सञ्जेका तीन जीवनसाथीहरुका बारेमा भएका यौनका कुराहरु पनि खुलेरै प्रस्तुत भएका छन् । एकचौथाइको सुरुको भागमा साहित्यका शब्दको जादू पनि देख्न सकिन्छ तर त्यसपछि भने ऐतिहासिक दस्तावेज जसरी घटनाक्रम मात्र छन् । विशेष गरी यस उपन्यासमा मुख्य पात्र सञ्जेको वरिपरि कथा...

अलिकती अराजकतावादी भएर !

सार्वजनिक संस्थाहरु र कथित संगठित नागरिक समाज या आन्दोलनहरुमा सहभागी हुन मलाई आजकल यसै वितृष्णा लागेर आउँछ । यसका अनेक कारण हुनसक्छन र थकाइ या निराशा पनि । आफ्नै आन्तरिक कारण पनि । पछिल्लो समय एउटा अध्ययन अनुसन्धान र बहसको केन्द्र बनाउन सकिने आसा गरिएको नेपाल वैकल्पीक अध्ययन समाजमा मेरो संलग्नता निष्कृय या फुर्सदमा जानेसम्ममा सिमित गर्नुपथ्र्यो । तर एउटा परिवन्दमा म महासचिव बनें, बनाईएँ । तर त्यसपछिको एउटा पनि औपचारिक वैठकमा जान सकिन । बहसमा चैं मिलेसम्म सामेल हुने गरेको छु । केहि महिना पहिले नै राजिनामा बुझाएपनि स्विकृत नभएको सन्देश दिन खोजिरहेछन साथिहरु । म भने त्यो जिम्मेवारीमा पटक्कै फर्कने छैन । निष्कृय रहेको र नविकरण नभएको नेपाल साउथ एशिया सेण्टरमा वैठक हुन छाडेपनि पछिल्लो कार्यसमितिको सदस्यका रुपमा मेरा नैतिक जिम्मेवारीहरु होलान । म आफ्ना सम्पूर्ण कमजोरी र असफलता स्विकार गर्दै त्यसबाट अलग हुन्छु । यहि मंगलवार मित्र स्वनाम साथिको आमन्त्रणमा माक्र्सवादमाथि अध्ययन गरिरहेकाहरुको एउटा भेला भनेर कोक्यापको सभाकक्षमा पुगेको थिएँ । आफ्नो रुची मिल्यो र जिजिविषसंग पनि जोडिन सक्यो भने ...

राजनीतिक टिप्पणी गर्दाका दुःख

राजनीतिक विषयमा टिप्पणी गर्ने र लेख्ने भएकोेले पत्रपत्रिका या रेडियो र टिभीहरुले आफुले देखाउन या लेख्न या सुनाउन खोजेको विषयलाई पुष्टि गर्ने गरि टिप्पणीको लागि आग्रह गर्ने गरेका छन । पत्रकारिताको सामान्य सिद्धान्तले पनि कुनै विषयलाई प्रस्तुत गर्दा सम्वन्धित विषयमा विज्ञता हासिल गरेको या काम गरिरहेको या सार्वजनिक रुपमा विश्वसनीय व्यक्तित्व निर्माण गरेकाहरुसंग टिप्पणी मागेर विषयलाई बलियो बनाउन प्रयोग गरिन्छ । केही बर्ष देखि फाट्टफुट्ट म पनि यस्तो टिप्पणी गर्नेमा परेको छु । कसैले वामपन्थी विश्लेषक भनेर र कसैले राजनीतिक टिप्पणी गर्ने  व्यक्तिका रुपमा या लेखकका रुपमा विभिन्न विषयमा मसंग टिप्पणी लिने गरेका हुन्छन । खासगरी नेकपाका बारेमा या वामपन्थी राजनीतिका बारेमा केहि सोध्नु पर्यो भने खोजिने मध्ये एकजना म पनि पर्ने गरेको भन्ठान्छु । म यसलाई सामान्यत आफ्नो पेशागत धर्मजस्तो मानेर स्विकार  गर्छु ।  यस्तो टिप्पणी प्रत्यक्ष भेटेर या फोनबाट पनि लिने गरिन्छ । टेलिभिजनमा त नभेटी हुने भएन । तर रेडियो र पत्रपत्रिकामा भने फोनबाटै काम चल्छ ।  टिप्पणीकारका रुपमा म यस्तो फोनबाट ...

कम्युनिष्ट सरकारको बजेटमा समाजवादको परिक्षण

अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक बर्ष २०७६÷०७७ को बजेट सार्वजनिक गरेसंगै संसद र सार्वजनिक वृत्तमा विभिन्न प्रतिक्रियाहरु व्यक्त गरिएका छन । बजेटले सरकारको बार्षिक आय व्यय अनुमान मात्र पेश गर्ने होईन बरु यो राज्य सञ्चालन गरिरहेको राजनीतिक दलको विचारधारात्मक अभिव्यक्ति पनि हो । उसले समाजको तत्कालिन अर्थराजनीतिक प्रश्नहरुलाई कसरी बुझेको छ तथा यसलाई कता लिएर जान चाहन्छ भन्ने सन्देश दिने एउटा व्यानर पनि हो बजेट । प्रचलित संविधान, राज्यका नीतिहरु, सरकार चलाउने दलले जनतासंग गरेको प्रतिवद्धता, संसदले पारित गरेको नीति तथा कार्यक्रम मार्फत अभिव्यक्त सरकारको राजनीतिक कार्यक्रमको आधारमा बजेट बन्ने हो । यसैले बजेट केवल कर, भन्सार दर या खर्चका शिर्षकहरुको गणित होईन ।  बजेटबारेका बहसमा विभिन्न कोणबाट यस अघि नै पर्याप्त बहसहरु भएका छन । यो कार्यक्रममा हाम्रो चासो भने नेकपा सरकारले पेश गरेको बजेटका राजनीतिक आधार केलाउँदै के बजेटले समाजवादी बाटो लिनेछ भन्ने प्रश्नको उत्तर खोज्नु हो । सरकारको राजनीतिक वैचारिक दृष्टिकोण २०७४ मंसीरमा भएको निर्वाचनमा तत्कालिन कम्युनिष्ट गठबन्धन (पछि नेपा...

नयाँ सस्करण पाउँदाकाे खुशी बाँड्न मन लाग्याे र......!

Image

था छैन वेटिङ फोर गोदो र आफ्नो जिवन उस्तै किन लाग्दै छ ।

था छैन वेटिङ फोर गोदो र आफ्नो जिवन उस्तै किन लाग्दै छ । 

जसबहादुर दाइको ‘फेसबुक पोस्ट’

नेकपा एकता यति ढिलो हुनुसँग यसको कुनै सम्बन्ध नहुन सक्छ र हुन पनि । सत्तामा नेकपा हुनुसँग पनि यसको साइनो नहुन सक्छ र हुन पनि । राजनीतिक दल निर्माणका अनेक आयाम हुन्छन् । नेकपा निर्माणका पनि अनेक आयाम छन् । हजारौँ कार्यकर्ता, लाखौँ समर्थक र मतदाताका अनेक समयका अनेकानेक योगदानले पार्टी बनेको हो । कोही भूमिगत भएर काम गरे, कोही जेल बसे, कोही गाउँमा शिक्षक भएर, कोही विद्यार्थी कार्यकर्ता भएर पार्टी निर्माणमा जुटे । कसैले सेल्टर दिए, कसैले हतियार बोकेर लडे, कति सहिद भए, कति घाइते र अपांग । कतिले गाँस काटेर नेता पाले, कतिले घर बिगारेर दलमा योगदान गरे । ती सबैको इतिहासको योग पनि हो, यो पार्टी । कुनै नेताले बढी भूमिका खेले होलान्, कसैले कम । तर, एकजनाको मात्र योगदान झिक्दा पनि यो इतिहास पूरा हुँदैन । यसको हिसाब राख्ने फुर्सद अहिलेसम्म कसैले निकालेको छैन । सबैको समान योगदान भएको पनि होइन ।  म अलिकति स्थायी खालको अराजकतावादी र अलिकति निरन्तरको विद्रोही या असन्तुष्ट प्रकृतिको हुँ कि जस्तो लाग्छ । आफ्ना खुसीले हिँडेको बाटोले के नाफा, नोक्सान ग¥यो भनेर हिसाब गर्नु मूर्खता हो । मलाई त्यसको झ...

विचैमा छाडी जानेको सम्झनामा

१) गतबर्ष पर्यटन मन्त्री वन्नु अघि पनि हाम्रो भेट पातलै हुनेगथ्र्यो । उसको कामका क्षेत्रहरु र मेरा कामका विच कमै सम्वन्ध थियो । हाम्रो बसाई पनि काठमाण्डौको दुई विपरित ध्रुवतिर थियो । भेटमा सामयिक विषयमा गफगाफ र राजनीतिका अन्तरंग कुरा हुन्थे, व्यक्तिगत विषय पनि राजनीतिकै घेराभन्दा बाहिर कमै प्रवेश गर्थे । मन्त्री भएपछि त झन उसको व्यस्तता ह्वात्तै बढेको म समाचार हेरेरै थाह पाउँथे । भेट्ने काम पनि पर्दैनथ्यो । मेरो एउटै चाहना थियो उ सफल होस, वाँकी कुरा पछि हुँदै गर्छन, डिष्टर्व किन गरिरहनु ? शुभेच्छा वाहेक यस्ता कार्यकारी पदमा हुनेलाई सल्लाह दिने कुरामा म आफुलाई योग्य पनि ठान्दिन ।  मन्त्री भएकोमा बधाई दिएर फर्केपछि हाम्रा विच अलि लामो र अनौपचारिक कुराकानी तिहार अघि मात्र भएको थियो । जसरी उ जर्मन जाने अघिल्लो दिन दुर्घटनामा परेर उक्त यात्रा रोकिएको थियो त्यस्तै भिसा प्रोसेस मिलाउने कम्पनीको लापर्वाहीका कारण तिहार अघि वेलायत जाने कार्यक्रम रद्ध भएको थियो । त्यहि मौका मिलाएर म उसकहाँ गएको थिएँ । आँगनमा घाम तापेर हामीले दुई घण्टा विभिन्न विषयमा गरेका थियौं । त्यतै खाना खाएर फर्केको...

असमयमा निभेको सम्भावनाको दियो

रवीन्द्र अधिकारीबारे लेख्न बस्दा मेरा लागि कतै पनि तटस्थता अपनाउन सम्भव छैन । यो लेख लेख्न बस्नुअघि मात्रै म विद्या बहिनीका टोलाएका आँखा हेरेर फर्केको छु । सयौँ शुभचिन्तकका मुर्झाएका अनुहार देखेर आएको छु । देशको सबै तप्काले उसप्रति व्यक्त गरेको सम्मान अनुभव गरेको छु । सँगै आजभन्दा ३५ वर्षपहिले कमेज र जाँगे लगाएर शान्तिउदय माविमा फर्‍याकफुरुक गर्दै अखिलको प्रारम्भिक कमिटीको अध्यक्ष बन्दाको एउटा हँसिलो, फरासिलो र आन्दोलनप्रति विनाप्रश्न सधैं लोयल किशोरका चम्किला आँखा सम्झिरहेको छु । गैरीगाम जामुनबोटमा रहेको उसको घरमा आमाले माया मानेर दिएको दूध र दही, मीठो–मसिनो खाना र दिएको मातृवात्सल्य होस् या कस्टडीमा एउटै हत्कडी लगाएर बिताएका दिनहरू होऊन्, ऊसँग अनेक रमाइला र दुःख–सुखका क्षणहरू छन् । ऊसँगका सम्झनाहरू एउटा–दुईटा आलेखमा लेखेर सकिने कुरा होइनन्, मेरा लागि । त्यसैले यो आलेख उसको कोरा र छुरा राजनीतिक जीवनका आरोह–अवरोहका सामान्य समीक्षामा केन्द्रित हुनेछ ।  २०२६ सालमा तत्कालीन स्याङ्जा जिल्लाको भरतपोखरी गैरागाउँमा जन्मेको रवीन्द्र अधिकारी उक्त भेगमा मालेको राजनीति प्रवेश गर्दाको...

सञ्चित समस्याका परिणामहरु

आउने साता केपी ओली नेतृत्वको सरकार गठन भएको एकबर्ष पुग्दै छ । संगै देशभर प्रदेश सरकारहरु सक्रिय भएको पनि एकबर्ष पुग्ने छ । यसक्रममा सरकारको बर्षदिनको कार्याकालको मुल्याँकन हुने नै छ । यसमा मुख्य गरि दुईवटा विषयका आधारमा सरकारको परख हुने छ । पहिलो हो लामो समयको एकात्मक केन्द्रीय सत्ताको अभ्यास पछि संघीयतामा प्रवेश गरेको देशले यस मामिलामा के कस्ता चुनौतीहरु सामना गर्यो तथा कस्ता सकारात्मक परिणामहरु निस्के भन्ने विषय । दोस्रो भने झण्डै दुई दशक देशले राजनीतिक संघर्ष र अनिस्चतता व्यहोरेपछि स्थिर सरकार बनेको छ । सम्वृद्धि र विकासको नारामा आम मतदातालाई आकर्षित गरेर सत्तारुढ भएको कम्युनिष्टहरुको पहिलो वहुमत प्राप्त सरकारले आर्थिक विकासतिर के कस्ता उपलब्धीहरु हासील गर्यो भन्ने विषयले प्राथमिकता पाउने छ ।  यसै सेरोफेरोमा यो साता नयाँ पत्रिकाले देशको आर्थिक अवस्थाका बारेमा श्रृंखलावद्ध समाचारहरु दिएको छ । यसरी आएका समाचारहरु प्रायस निराशाजनक छन जसले देशको अर्थतन्त्रमा तत्काल ठुलो समस्या नदेखिएपनि अहिलेको अवस्थाको निरन्तरता लामो समय रह्यो भने अर्थतन्त्रले अपेक्षित गति लिन नसक्ने हो कि भन्न...

भेनेजुएलामा सिआइए अप्रेसन

अमेरिका विश्वका सबै देशलाई उपनिवेश बनाउन चाहन्छ, तिनको स्रोत लुट्न चाहन्छ, साधारण अमेरिकीसहित अरू देशका जनतालाई दासका रूपमा शोषण गर्न चाहन्छ । युद्ध या सैन्य विप्लवका माध्यमबाट जहाँकतैका सार्वभौम र स्वतन्त्र सरकारलाई ढाल्ने प्रयास गर्छ । साम्राज्यवाद भनेकै यस्तै हो । ...मानवीय आधारमा हस्तक्षेप, सुरक्षाप्रतिको जिम्मेवारी र प्रजातन्त्र स्थापना... अमेरिकाका दक्षिणपन्थीका कोड भाषा हुन्... ९/११ पछि मात्रै अमेरिकाले हैटी, होन्डुरस, पाराग्वे, युक्रेन, ब्राजिल, इजिप्टलगायत मध्यपूर्वका धेरै देशमा सैन्य विप्लव गराएको छ ।’ स्टेफन लेन्डम्यानले रसियाली सत्ताधारीको विचार बोक्ने पत्रिका प्राभ्दामा प्रकाशित गरेको यो टिप्पणी आजको अमेरिकाको साम्राज्यवादी चरित्रको सटिक झलक हो । विश्व जनमतलाई प्रभावित गर्न अमेरिका र उसका गुटका देशले फैलाएको प्रोपोगान्डामा जेसुकै भनिएको भए पनि भेनेजुएलामा अहिले गरिएको राजनीतिक हस्तक्षेपको भित्री कारण ल्याटिन अमेरिकामा संयुक्त राज्य अमेरिकाका साम्राज्यवादी हस्तक्षेपविरुद्ध हुने सबैखाले प्रतिरोधलाई ध्वस्त पार्नु हो । नवउदारवादी विश्व व्यवस्थाका दलाललाई सत्ता सुम्पेर त्...