Posts

Showing posts from November, 2017

नेपाली टिभी, टक शो र विश्लेषक

सुरु सुरुमा यहि परिचय पनि आफुलाई केहि हुँ भनेर मख्ख पर्ने विषय बनेको थियो । केही लोभ थिए, केहि ईगो थिए केही स्वभाविक मानवीय कमजोरी पनि । अहिले त्यहि परिचय आफैलाई भारी हुँदै गएको छ । यसपटक गाउँतिर जाँदा त मलाई सबै राजनीतिक कार्यकर्ता र शिक्षकहरुले “राजनीतिक विश्लेषक” भनेर चिनाउँने या अव यस विषयमा त ‘विश्लेषकलाई था हुन्छ’ भनेको सुनेपछि कस्तो कस्तो आत्मग्लानी पोे भयो । किन किन यो विशेषण एक बोझ बन्दै गए झैं लाग्छ । हुन त पेशा नै राजनीतिक टिप्पणी गर्ने र त्यसैको आम्दानीले पेट पाल्ने भएकोले यस्तो परिचय आफ्नै पेशाको सम्मानका रुपमा लिन पनि नसकिने होईन । तर किन केले लखेट्यो र मलाई चैं त्यसप्रति उच्च वितराग उत्पन्न हुँदै छ त्यसमा म आफै अलमलमा छु ।  वास्तवमा मेरो यो परिचय चैं सुधिर शर्माले नेपाल साप्ताहिकमा मेरै लागि सिर्जना गरेर राजनीतिक विश्लेषक भन्ने एउटा पदजस्तो राखेर प्रिन्टलाईनमा राखिदिनु भएको विशेषणले बनेको हो । त्यस अघि र पछि त्यस्तो विशेषणयुक्त नाम कुनै नेपाली पत्रिकाको प्रिन्टलाईनमा भएको मलाई थाह छैन । गएको शुक्रवार । मिडियामा नेमकिपाका नेता प्रेम सुवाल र प्राध्यापक सुरेन्द्...

वामपन्थीहरुको घोषणापत्र पढेपछि

गएको असौज १७ गते नेकपा एमाले र नेकपा माओवादी केन्द्रका विच आउँदो निर्वाचनमा गठबन्धन बनाएर जाने र पछि दुईटा पार्टि एकिकरण गर्ने भन्ने घोषणा भएपछि यी दल या यो गठबन्धनका विषयमा धेरै चासो र टिप्पणीहरु भएका छन । यसलाई घोषित रुपमा नै वाम गठबन्धनको नाम दिईएको छ । दुईवटा कम्युनिष्ट पार्टिहरुका विच भएको गठबन्धन पछि मोहनविक्रम सिंहको नेकपा मसाल पनि यो गठबन्धनमा सामेल भएको छ । यसैगरि नेकपा संयुक्त नेकपा माओवादी केन्द्रसंग एकिकरण गरेको छ । विस्तारै यो गठबन्धन वाहिर सिपी मैनालीको नेकपा माले र नारायणमान विजुक्छेको नेमकिपा मात्र परेका छन । प्रभावका दृष्टिेले ९८ प्रतिशत नेपालका वामपन्थीहरु सामेल भएको यो एकप्रकारले महागठबन्धन बन्न पुगेको छ । यो गठबन्धन कति वामपन्थी हो, कति समाजवादी हो या उदारवादी हो भन्ने विषयमा यसको आधिकारीक धारणा भने हालै उसले जारि गरेको निर्वाचन घोषणापत्रमा मात्र खोज्न सकिन्छ । निर्वाचन मुखैमा आएको बेला यो वामपन्थी गठबन्धनको राजनीतिक दृष्टिकोण, आर्थिक तथा सामाजीक कार्यक्रमहरुका बारेमा चर्चा गर्नु सामयीक नै हुनेछ । यो घोषणापत्र पढ्दा मेरा मुख्य दुईवटा चासो थिए । पहिलो त यो गठबन्ध...

क्या बद्नामी भो !

भएको : शनिबार दिउसो म कास्कीको एउटा गाउमा हिन्दै थिएँ । हरी रोका ले फोन गर्नु भो र प्रा पिताम्बर शर्मा र दीपेन्द्र बहादुर क्षेत्री समेटाका साथी हरु मिलेर वाम गथबन्धनका पक्षमा बैचारिक पक्षधरता जाहेर गर्दै एउटा वक्तब्य जारी गर्न लागेका छौ, तपाईंको नाम समावेस गर्नु पर्‍यो है भनेर सोध्नु भो । मैले यती त ठिकै होला, आलोचनात्मक समर्थन गर्दै यो गथबन्धनले चुनाव जितोस भन्ने मेरो पनि राय हो भनेर बक्तव्यको पाठ नसुनी हुन्छ भनिदिएं । २ घण्टा पछी नै फोन आउन थाले बक्तव्यमा मेरो संलग्नता र हस्ताछ्यरका बिषय मा । सोधिएको एउटै बिषय हुन्थ्यो बाबुरामलाई खेदेर नारायण काजिलाई समर्थन गर्नु पर्ने के बाध्यता अाइलाग्यो ? अनी पो म आफ्नो हुस्सु पना देखेर झल्यांस्स भएं । बकत्ब्यको पुरा पाठ अहिलेसम्म पनि मैले पढेको छैन । अरु पक्ष बारे पढे पछी नै राम्रो नराम्रो भन्न सकिएला । तर त्यसमा बाबुराम भट्टराईको प्रसँग मिसाएर अप्रत्छ्य रुपमा नारायण काजिलाई मत माग्नु सम्पूर्ण बौदिकता र आलोचनात्मक चेतको बिरुद्दको कुरो हो मेरो लागि ।  समग्र बाम गथबन्धनको जित य भविश्य र त्यस्का शक्ती सम्बन्धका लागि बाबुराम न बाधक हुन न ब...

कसको षडयन्त्र गर्भाधान गरको हो काँग्रेसले ?

बुढीगण्डकी बहुउद्देश्यीय आयोजना निर्माण गर्न चिनको गेजुवा कम्पनीलाई दिने निर्णय तत्कालीन प्रधानमन्त्री प्रचण्डको पद छाड्छाड्दैको महत्वपूर्ण निर्णय थियो । राजनीतिक दृष्टिले निर्वाचन भैरहेको र प्रधानमन्त्रीले राजीनामा दिईसकेको समयमा गरिएको उक्त निर्णयमाथि प्रश्न उठाउन मिल्ला । यसैगरि विना प्रतिस्पर्धा एउटा कम्पनी छानेर काम जीम्मा लगाउँनु ठिक होकी होईन भनेर पनि कुरा उठाउन मिल्छ । तर चिनको गेजुवा कम्पनीसंग गरिएको उक्त समझ्दारीले नेपालको भावि आर्थिक विकासमा कोशेढुङ्गो मानिएको बुढि गण्डकी आयोजना समयमै सम्पन्न हुने विश्वास गरिएको थियो । खासगरि चिनको वेल्ट एण्ड रोड परियोजनामा यसलाई समावेश गरिदै थियो । रेलवेबाट कनेक्टीभिटी र बुढीगण्डकीबाट उत्पादित विद्युतले विद्युतीय रेलका लागि आवस्यक ईन्धन सहित अन्य आवस्यकता पुरा गर्ने तयारी थियो । यता अहिले नेपालमा चलिरहेका जलविद्युत आयोजनाहरु कुलेखानी बाहेक सबै रन अफ दि रिभर प्रकृतीका छन । बर्षामा विद्युत पर्याप्त भएर बेच्न पुग्ने तर हिउँदमा विद्युत खरिद गर्नुपर्ने वाध्यताबाट यो परियोजनाले मुक्त गथ्र्यो । यसैगरि फेवाताल भन्दा छ गुणा ठुलो जलासय बन्ने ...

लोभ, डर र राजनीति

नेपालमा भूमिसुधारसम्बन्धी बहस गर्दा भक्तपुरका किसान नेता जगन्नाथ आचार्यका प्रयास पनि सम्झनुपर्ने हुन्छ । उनले तत्कालीन नेपालमा जग्गावाल र मोहीबीचको सम्बन्धबारे उल्लेख गरेको एउटा प्रसंग बडो मार्मिक छ । ०१६ सालमा तत्कालीन प्रधानमन्त्री बिपी कोइराला र त्यतिवेला भक्तपुरबाट कांग्रेसका सांसद जगन्नाथ आचार्य सँगसँगै भक्तपुरको एउटा कार्यक्रममा जाँदै रहेछन् । बाटोछेउछाउमा किसानले गाग्रीमा पानी भरेर खेतमा ल्याई कुटोले कप्दै पानी राखेर धान रोपिरहेको प्रधानमन्त्रीले देखेपछि त्यसबारे जगन्नाथ आचार्यसँग जिज्ञासा राखेछन् । जगन्नाथले आफ्ना मतदाता पनि रहेका किसानबारे विस्तारमा बताउँदै बिपीलाई भनेछन्, ‘पानी नपरेकाले किसानले यसरी धान रोप्दै छन् । रोपिएन भने पनि तल्सिङले झन् धेरै कुत ठेकेर लिन्छ । यसरी रोपियो भने तीन भाग तल्सिङ र दुई भाग किसानको हुन्छ । किसानको कुत मिनाहा हुने कानुन छैन ।’ जगन्नाथ र बिपीको सवालजवाफ गजबको छ । जगन्नाथ अगाडि भन्छन्, ‘यता सामन्त र बिर्तावालका छोराहरू नै कम्युनिस्ट छन् । किसानहरू सीधा छन्, कम्युनिस्टको भ्रममा पर्छन् । यस्ता नक्कली कम्युनिस्टको भ्रममा परेर जुलुसमा जाने र पैस...

बिष्टको निधन

पुर्व प्रधानमन्त्री किर्तिनिधी बिष्टको निधन भएछ । एकजना सालीन ब्यक्तित्व भएका भद्र व्यक्ती थिए । उनको चाहना अनुसार राज्यले कुनै सम्मान गरेनछ । सम्भवत चुनाउ या अन्य शक्ती सम्बन्धमा केही असर पार्ने थियो भने अबस्य देउवा ओली र प्रचन्ड दौडदै गएर उनको शवमा माला लगाउदा हुन । बिष्ट झन्डै गुमनाम भाईसकेका थिए र उनको सान्दर्भिकता पनि बाँकी थिएन । र नेपालको ईतिहासमा सम्झिन लायक र सम्मान गर्न लायक पात्र पनि ती थिएनन । बिष्टका सबै राजनीतिक दिनहरु निरन्कुश राजाहरु र दरबारको चाकडी गर्दैमा बिते । उनलाई दरबरले चाइना तिर नजिक हुन प्रेरित गरे । भारतलाई केही धम्की दिनु पर्‍यो भने यि प्रयोग गरिन्थे । उपादेयता सकिएपछी फालिन्थे । यिनको न आफ्नै कुनै सोच थ्यो न चिन्तन । केही नेपालीहरु उनलाई राष्ट्रबादी र इमान्दार भन्दै प्रसम्सा गर्ने पनि छन । त्यसका लागि नेपालबाट भारतीय आर्मी चेकपोस्ट हटाएको जस उनलाई दियिन्छ । तर यो केबल महेन्द्र य शाही दरवारले गर्ने राजनीतिको खेल नबुझ्नेहरुको टिप्पणी हो र यिनको मकसद अहिलेका नेतालाई उल्लु देखाएर स्वाद लिनेसम्म हो । महेन्द्रको योजना र आदेश बिना चेक्पोस्ट हटाउन बिष्टले भूमिका ख...

आफ्नै आङमा काउसो दल्नेहरू

थर्ड ल अफ मोसन न्युटनको थर्ड ल अफ मोसनले हरेक क्रियाको उत्तिकै शक्तिशाली विपरीत प्रतिक्रिया हुन्छ भन्छ । तपाईं जति जोडले बल भुइँमा बजार्नुहुन्छ त्यति नै जोडसित त्यो माथि उफ्रन्छ । ओलम्पिक खेलमा पौडी प्रतियोगितामा खेलाडीले पोखरीमा हामफाल्नुअघि आफू उभिएको स्प्रिङबोर्डलाई जोडले तल थिच्छन् र त्यही बोर्डले दिने विपरीत प्रतिक्रियाका कारण हुत्तिएर हावामा पुग्छन् । यता राजनीतिमा क्रिया–प्रतिक्रियाका यस्ता भौतिक नियम पनि अनेक रूपमा देखिन्छन् । भर्खर नेपालका दुइटा ठूला वामपन्थी (?) दलहरूले आपसमा मिलेर निर्वाचन लड्ने र पछि पार्टी नै एकीकरण गर्ने घोषणा के गरेका थिए, त्यसले ती दलभित्र र बाहिर त्यस्तै शक्तिशाली प्रतिक्रिया जन्माइरहेको छ । यसपटकको रमाइलो के छ भने यो एकताले निर्माण गर्ने शक्ति, त्यसको भविष्य र आयुबारे तथा यसले नेपालको समकालीन राजनीतिमा पार्ने प्रभावबारे चर्चा गर्नुभन्दा पहिले नै एकथरि व्यक्ति, समूह र शक्ति ताउरमाउर गर्दै दिनको तीनपटक गोसाइँकुण्डमा हामफाल्दै, निस्कँदै गरिरहेको देखिन्छ । उनीहरू यसरी अत्तालिएका छन्, मानौँ सयौँ माहुरीले चिलेको होस् या आङमा काउसोको पोको घोप्टिएको हो...

सीको उदय र चीनको पुनरोदय

बुधबार बिहान ग्रेट हल अफ दि पिपुलमा आयोजित पत्रकार सम्मेलनमा चिनियाँ कम्युनिस्ट पार्टीको आगामी पाँच वर्षे कार्यकालका लागि निर्वाचित कम्युनिस्ट पार्टीको शक्तिशाली निकाय पोलिटब्युरोको स्थायी समितिका नेता उपस्थित थिए । पार्टीको १९औँ महाधिवेशनबाट महासचिवका रूपमा पुनः निर्वाचित सी जिनपिङ पत्रकारहरूका अगाडि उभिएर बोलिरहेका थिए । उता उनका ६ जना सहयोगी मञ्चमा सिपाहीझैँ हलचल नगरी उभिएका थिए । त्यहाँ उनीहरूलाई मात्र होइन, जिनपिङलाई पनि बस्ने कुुर्सीको व्यवस्था थिएन । पत्रकार सम्मेलनभरि नै तिनीहरूको त्यस प्रकारको अनुशासित उपस्थिति लिबरल डेमोक्रेसी भएका देशमा कल्पना पनि गर्न सकिन्न । अघिल्लोपटक महासचिवका रूपमा चुनिएर सीले सम्बोधन गर्दा पनि यस्तै दृश्य देखिएको थियो । यसपटक चीनको सबैभन्दा शक्तिशाली नेतृत्वपंक्ति मानिने कम्युनिस्ट पार्टीको स्थायी समितिबाट पाँचजना सदस्यले बिदा लिएका छन्, जसको उमेर ७० को नजिक पुगेको छ । अनि पाँचजना नयाँ सदस्य थपिएका छन् । जिनपिङ र प्रधानमन्त्री ली खछ्याङ मात्रै यो पंक्तिमा दोहोरिएका छन् । मंगलबार उनीहरू सबै केन्द्रीय समितिमा निर्वाचित भएका थिए । बुधबार बसेको केन्द्री...

त्यो अचानक यो अचानक

नयाँ पत्रिका   |   कार्तिक १६, २०७४ यो अचानक (२०१७)  पहिले यो र अहिले भइरहेको अचानककै कुरा गरौैँ । यतिवेला नेपाली राजनीतिलाई आउँदै गरेको चुनावले तताएको छ । लामो समय ठेक्कापट्टामा कमिसन खान, कर्मचारी सरुवा र बढुवा गराउन, मन्त्री बनाउन र फुस्काउन, समीकरण बनाउन र भत्काउन र मूलतः आफ्नो सत्ताको आयु तन्काउन मात्र ध्यान दिएका नेताहरू इस्त्री गरेका दौरासुरुवाल थन्काएर पुराना कमिज पाइन्टमा स्पोर्ट सुज लगाएर आङ तन्काउँदै निर्वाचन क्षेत्रतिर लागेका छन् । सरकार बनाउन र भत्काउन बनाइने गठबन्धनको स्वरूप बदलिएर चुनाव जितहारकै लागि नयाँ समीकरण बन्दै छन् । भत्कँदै र फेरि बन्दै छन् । एकथरी नरेहरू ओल्लो घर पल्लो घर सरिरहेका छन् । आयाहरू गया र गयाहरू आयाराम बनिरहेका छन् । दृश्य रमाइलो छ । र, यो रमाइलोमा एउटा कोरस गीत थपिएको छ– विचारधाराको । अचानक कांग्रेसका नेताहरू कतै धमिराले खाएका पोस्तकबाट धुलो झार्दै प्रजातान्त्रिक समाजवादको गायत्री कण्ठ पार्न व्यस्त छन् । यता एकीकृत माक्र्सवादी लेनिनवादी र माओवादीहरू पुराना रेडबुक खोज्दै त्यसको गाताको आभा आफ्नो अनुहारमा पर्ने गरी घामतिर फर्काउ...