राजनीतिमा पुस्ताका कुरा
पछिल्लो समय सामाजिक सञ्जालमा विभिन्न तप्काका नेपालीहरुले अहिले देशको नेतृत्व गरिरहेका नेताहरुलाई लक्षित गरेर तिनलाई आगामी निर्वाचनबाट विदा दिनुपर्ने कुरा जोडतोडले उठाउँदै आएका छन् । उनीहरुको माग अब ७० कटेका या आसपासका नेताहरुले देशलाई नेतृत्व गर्न नसक्ने भएकाले नयाँ पुस्ताका युवाहरुले देश हाँकुन भन्ने रहेको छ । वर्तमान नेतृत्वमा रहेका सबैभन्दा बृद्ध शेरबहादुर देउवा र रामचन्द्र पौडेल, झलनाथ खनाल, केपी शर्मा ओली र ७० पनि नपुगेका माधव नेपाल, प्रचण्ड र बाबुराम विदा हुनुपर्ने माग यो पंक्तिको छ । यसमा उमेर लक्षित आक्रोस भन्दा पनि लामो सयम देशको नेतृत्व गरेर पनि समाजलाई गतिशिलता तिर लान नसकेका पुराना अनुहार तारोमा परेको देखिन्छ । यद्यपी बहस भने बुढाहरुलाई विदा गर भन्ने आवाजले निम्त्याएको छ । यहाँ असी पुग्न लागेका देउवा र ७० आसपासका नेताहरु सामेल छन् । नेपाली राजनीतिका लागि यो नयाँ नौलो विषय भने होइन । नेकपा एमालेले आफ्नो विधानमा नै ७० वर्ष पछि नेताहरुलाई दलभित्र कार्यकारी भूमिका नदिने व्यवस्था गरेको छ । युवा को हो र कसलाई मान्ने भन्ने विषय राजनीतिमा लामो सयम देखि चलिरहेको एउटा नसुल्झिएको...