Posts

Showing posts from January, 2014

Sarokar on kantipur tv 21Jan 2014

Image

वामपन्थी भुक्तभोगीको आत्मपरक आख्यान

Image
हरि अधिकारी | झलक सुवेदीको  उपन्यास 'आधा जून' लाई मार्क्सवादी साहित्यकार नारायण ढकालले 'नेपाली कम्युनिस्ट आन्दोलनको एउटा धारको विसर्जनबारे राम्रो दस्तावेज हो' भनेका छन्। मेरो विचारमा यस भनाइमै टेकेर यसमा थपथाप गर्दा उपन्यासलाई अझ राम्रोसँग बुझ्न सकिन्छ। 'आधा जून' ले कम्युनिस्ट पार्टी सञ्चालन विधि र प्रक्रियामा प्राय: हावी हुने पाखण्डलाई उधिनेको छ। कम्युनिस्ट संगठनका अगोचर सञ्चालकहरूले कसरी कार्यकर्तालाई लगातार भ्रममा अल्झाइरहन्छन्, कसरी कार्यकर्ता बनेको व्यक्तिको सोच्ने र कुनै पनि विषयमाथि अलोचनात्मक फरक मत प्रकट गर्ने क्षमतालाई भुत्ते बनाउँदै उसको निजी जीवन र चिन्तन प्रक्रियामाथि हस्तक्षेप गर्छन्, कसरी यान्त्रिक अनुशासनका बलमा कार्यकर्तालाई मानसिक दास बनाएर उसलाई सम्पूर्ण राजनीतिक मूल्य, मान्यता र आदर्शबाट विचलित हुन बाध्य बनाउँछन् र पार्टीमा कसरी दोहोरो मापदण्डको समानान्तर धारा कायम हुँदै आएको हुन्छ भन्ने कुराको यो, आख्यानीकृत आत्मकथा एउटा मार्मिक अभिलेखन बन्न पुगेको छ। लेखक झलक सुवेदीले पछि एमाले बनेको नेकपा मालेको समर्पित कार्यक...

वाम–रुढताबाट मुक्त review by shardool Bhattarai

त्यो कम्युनिस्ट पार्टी भूमिगत थियो। त्यसका क्रियाकलाप गोप्य थिए। भेटघाट, कुराकानी, बैठक, सभा, सम्मेलन भूमिगत रूपमै हुन्थे। हरेक कार्यक्रममा विचार, निष्ठा, त्याग, क्रान्ति र मुक्तिका कुरा हुन्थे। कसैमा लोभलालच देखिन्नथ्यो। मान्छे बलिदानमा होमिन तयार थिए। कहीँकतै बेइमानी, षडयन्त्र र अनैतिक काम भएमा त्यसलाई पार्टीभित्रै दण्डनीय अपराध ठानिन्थ्यो। त्यो कम्युनिस्ट पार्टी खुल्ला भयो। सबै गतिविधि खुल्ला भए। हिजो क्रान्तिका लागि बलिवेदीमा होमिन तयार कम्युनिस्टहरू संसदीय भासमा होमिन थाले। कम्युनिस्ट राजनीति क्रमशः व्यक्तिगत सुविधा र स्वार्थमा बदलिँदै जान थाल्यो। ठेक्कापट्टा, दलाली, कमिसनजस्ता अनैतिकताले प्रवेश पायो। आमूल परिवर्तनमा लागेको कम्युनिस्ट पार्टी विस्तारै विचारविहीन भीडमा रूपान्तरित हुन थाल्यो। त्याग र आदर्शलाई विकृति–विसंगतिले विस्थापित गर्दै गए। कम्युनिस्टको नाममा नहुनुपर्ने धेरै कुरा हुन थाले। एउटा कम्युनिस्ट पार्टीको जीवनमा उहिले र अहिलेमा धेरै परिवर्तन आएको छ। त्यस पार्टीमा उहिले कतिले भोगेका, कतिले सुनेका र कतिलाई थाहै नभएका घटना–परिस्थिति र अहिले सबैले देखिरहेका, भोगिरहे...

‘आधा जून’ ले चियाएको आकाश

डम्बर खतिवडा भर्खरै बजारमा एउटा उपन्यास आएको छ, झलक सुवेदीको ‘आधा जून’ । मुख्यत: ०३६ देखि ०५४ सालसम्मको नेपालको कम्युनिस्ट आन्दोलनको इतिहासलाई घटनाक्रम, भावुकता र स्वैरकल्पनाको त्रिवेणीबाट नियाल्ने काम गर्छ यसले । पश्चिम नेपालको गण्डकी अञ्चल, त्यसमा पनि कास्की जिल्ला र पोखरा नगरको आञ्चलिकतामा बुनिएको उपन्यासको मुख्य पक्ष राजनीति नै हो । तसर्थ यस उपन्यासलाई शुद्ध साहित्यिक सौन्दर्यचेतको विषयका रूपमा सीमित गर्न सकिन्न । बरु नेपालको कम्युनिस्ट आन्दोलनलाई खेपेका वा नियालिरहेका पुस्ताको अन्तव्र्यथा यसमा उद्घाटित भएर आउँछ । उपन्यासका रूपमा यसलाई राजनीतिक टिप्पणीभित्र तान्न आवश्यक हुन्न थियो होला । तर, यो उपन्यास मात्र होइन, औपन्यासिक स्वरूपमा व्यक्त भएको राजनीति हो । यसले कम्युनिस्ट आन्दोलनको इतिहास, वर्तमान र भविष्यबारे कैयौँ प्रश्न उठाउँछ । उपन्यासको मुख्य पात्र कमरेड सञ्जय हो । तर, नायक उपन्यास लेखन हेतु टिपिएको चरित्रजस्तो लाग्दैन । उपन्यासमा लेखक आफैँ बोलेजस्तो लाग्छ । लेखकले आफ्नै अनुभव र जीवनी बोलेजस्तो लाग्छ । यद्यपि, कमरेड सञ्जयका सबै मनोदशा लेखकका निजी मनोदशा नहुन सक्छन् ...

समाज झल्किएको उपन्यास

Image
शिखर घिमिरे, नयाँ पत्रीका  नेपाली समाजको वर्ग संघर्ष, तल्लो वर्गका मानिसका दु:ख, पिछडिएको समाज, समाजलाई विभिन्न हिसाबमा आफ्नो काबुमा राख्न सफल एकथरी मान्छे, कम्युनिस्टका आधार, द्वन्द्व, नयाँ धार, विसर्जन आदि नेपाली राजनीतिमा बारम्बार प्रयोग हुने विषय हुन् । तल्लो तहका कम्युनिस्ट कार्यकर्ताका रुमानी सपना र नेतृत्व वर्गमा हुने जीवनको फरक लोभ–लालसाका कारण पनि बारम्बार कम्युनिस्ट दल आन्तरिक पार्टीमा कमजोर देखिन्छन् । यस्तै विषयवरिपरि घुमेको छ, झलक सुवेदीको पहिलो उपन्यास आधा जून । कास्कीको गाउँ मकैखोलालाई पृष्ठभूमिमा राखेर लेखिएको आधा जूनमा पञ्चायती व्यवस्था उत्कर्षमा पुगेका वेला क्याम्पसे विद्यार्थीले कसरी आफूमा कम्युनिस्ट पार्टीका गुण देखे, कसरी समाजलाई परिवर्तन गर्न लागि परे र कसरी त्यही अभियानमा लागेको एउटा वर्ग राजनीतिबाट अलग भयो भन्ने लेखिएको छ । राजनीतिमा लागेर कहिले सक्रिय तथा कहिले पर्दापछाडि रहेर राजनीति र समाज परिवर्तनमा सहयोग गरिरहेको एउटा क्याम्पसे युवा सञ्जयको डायरीजस्तो लाग्छ उपन्यास । सुवेदीको उपन्यासमा एउटा सफल तथा बिकाउ उपन्यासमा हुनुपर्ने गु...

सि पि अर्याल्ले गरेको आध जून को समिक्षा

Image
नेपाल साप्ताहिक  आधा जून नेपाली वामपन्थी आन्दोलनको विसर्जन कहिले भयो वा भएकै छैन? एक वा अर्को रूप धारण गरेर उही नेमप्लेटसहित अनेक हिसाबले घसि्ररहेको छ कि? यी प्रश्नको सपाट जवाफ दिन पक्कै सजिलो नहोला। सूर्यसामु बिहानको जल अर्पण गरेझैँ आफ्नो भरभराउँदो उमेरमा सबैथोक त्यागेर निष्ठा अनुकूलको कम्युनिस्ट व्यवस्था ल्याउन कम्मर कसेको एउटा युवा कालान्तरमा पछुतो गर्छ, आफ्नो त्यही राजनीतिक निष्ठाप्रति। स्वप्नधारी त्यही असन्तुष्टलाई वामपन्थ विसर्जनबारे प्रश्न सोधे उसले पक्कै पनि कड्केरै उत्तर दिन्छ, 'हो कम्युनिस्ट आन्दोलन विसर्जन भएकै हो। यो पथभ्रष्ट भइसक्यो।' उसका कड्काइमा जरुर दम छ। कस्तो दम छ, यसको उत्तर झलक सुवेदीको पहिलो उपन्यास आधा जूनले दिन्छ। विद्यालय पढ्दा नै गाउँको आन्तरकि अवस्थाका कारण अर्धचेतनबाट कम्युनिस्ट हुन गएको पोखरेली केटो पछि आएर राजनीतिमा सक्रिय हुँदै देश सपार्ने अनेक सपना देख्न थाल्छ। तर, आन्दोलन सफल हुँदा नहुँदै पार्टीको विचलनले ऊलगायत थुप्रै निष्ठावान् कार्यकर्ता असन्तुष्ट हुन थाल्छन्। केही पलायन पनि हुन्छन्। केही विचलनसँगै अवसरवादको सिकार भएरै पनि पार्टीमा ...

विनोदले जिउँनै छाडेपछि

भर्खरै पानी परेको छ भर्खरै घाम लागेको छ मौसम पनि किन झल्ला हुन्छ यो सहरमा पिउन त सबैले पिउँछन् मर्ने गरी पिउँछन् मैले अलिकति पिउँदा  किन हल्ला हुन्छ यो सहरमा ? –विनोद गौचनको, कविता संग्रह ढुङ्गेसाँघुको मेलामा, बाट । कवि विनोद गौचन रहेनन् । ५८ वर्षकै उमेरमा गतसाता उनको देहान्तको खबरले दु:खी बनायो । उनका ढुङ्गे साँघुको मेलामा र पोखरामा फूल फुल्दैन गरी दुईवटा कविता संग्रह निस्केका छन् । तर, उनलाई केही लोकप्रिय गीतले चिनाए– जति माया लाए पनि..., तगारोमा रुमाल राखी बाटो छेक्यौ तिम्ले..., कस्तो ठाउँमा फुल्यौ तिमी...।’ विनोद गौचनसँग पछिल्लो संवाद झन्डै दुई वर्षअघि फोनमा भएको थियो, निकै लामो । म आफ्नो (भर्खर प्रकाशित) उपन्यास आधा जूनको पुनर्लेखनको खाका बनाउन भनेर केही दिनदेखि भोटेओडारस्थित मध्यमस्र्याङ्दी परियोजनाको पाहुनाघरमा बसेको थिएँ । त्यसको केही समयअघि कवि मनु मञ्जिलको कविता सङ्ग्रह ‘ल्याम्प पोस्टमुनिको जून’माथि मेरो समीक्षा नागरिक दैनिकमा छापिएको थियो । त्यसमा मैले नबुझिने कविता होइन, सरल र सहज बोधगम्य कविता नै राम्रा भनेर केही लेखेको थिएँ । गौचनले त्यही भनाइलाई मन पराएर ...

सम्भव छ दलहरूको पुनर्संरचना ?

नेपालमा केही वर्षयताका राजनीतिक निर्णय र परिघटना क्रमश: समस्याको समाधान होइन, नयाँ समस्याका कारण बन्दै गएका देखिन्छन् । ०५१ मा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले आफ्नै पार्टीभित्रको अन्तर्विरोध सामना गर्न नसकेर मध्यावधिमा जाने निर्णय गरेपछि सुरु भएको यो सिलसिलाले अहिलेसम्म पनि नेपाललाई लखेट्न छाडेको छैन । त्यसयताका कुनै पनि निर्वाचन, कुनै पनि सरकार या कुनै पनि सहमति समस्याको समाधान होइन, तत्कालका लागि अस्थायी संकट व्यवस्थापनका हतियार मात्र बनेका छन् । जनताका अनेक सपनासँग साटेर भएको जनआन्दोलन ०६३ र संविधानसभाको निर्वाचन ०६४ ले पनि समस्याका दीर्घकालीन समाधान या राजनीतिक स्थिरता प्रदान गर्न सकेनन् । संकटको स्थायी निकासका लागि भन्दै संविधानले परिकल्पना नै नगरेको गैरराजनीतिक चरित्रको सरकार बनाएर भर्खर संविधानसभाको दोस्रो निर्वाचन सम्पन्न भएको छ । तर, यसले पनि राजनीतिक रूपले मुलुकले सामना गरिरहेका समस्यामा हस्तक्षेप गर्ने सम्भावना न्यून बन्दै गएको छ । एक त राजनीतिक दलमध्ये ती दल नै झन्डै विजयको मुद्रामा संविधानसभामा आएका छन्, जसको संसदीयकालमा बारम्बार परीक्षण भएको थियो, जसका...