प्रशंसनीय खाेजले मानिसलाई सफल बनाउँछ र ? डा. लामिछानेसँगकाे सम्वाद ।
मानिस जीवनलाई सफल बनाउन दौडीरहको छ । उसलाई धन कमाउनु छ, नाम कमाउनु छ, आफ्नो परिवारलाई अरुको तुलनामा थप क्षमतावान र गुणसम्पन्न बनाउनु छ । सम्पूर्णमा मानिस प्रतिस्पर्धामा छ । तर अहिलेसम्मको समाज व्यवस्थामा व्यक्ति सफल हुने कुराले समाजको सम्पूर्ण सदस्यलाई सफल बनाउन सकेको छैन । यसैले व्यक्तिहरुको प्रयत्नका सिमा हुून्छन् । समाजको अर्थराजनीतिक, सामाजिक तथा साँस्कृतिक संरचना, शक्ति सम्बन्ध र वर्गीय अवस्थाले उसका सिमा खुम्च्याएको हुन्छ । तैपनि व्यक्तिले सफलताको प्रयास गरिरहन्छ । यस्तो सफलतालाई प्रोत्साहित गर्ने उत्प्रेरित गर्ने
विचारहरु पनि समाजमा स्थापित छन् । प्रशंसनीय खोज सिद्धान्त यस्तै एउटा प्रयास र विचार हो । हामीले यसपटक यसैविषयमा केन्द्रीत रहेर डा. आरसी लामिछानेसँग कुरा गरेको छौं ।
यो ब्लग लामो समयदेखि बाहिर प्रकाशित सामग्री थन्क्याउने पेटारो या सन्दुश बनेको थियो । अब यसलाई आम दर्शक र पाठकसँग सिधा सम्वाद गर्ने माध्यमका रुपमा अघि बढाउने विचार गरेको छु । आसा छ यहाँहरुको साथ र सहयोग प्राप्त हुनेछ ।
Comments
Post a Comment