Posts

Showing posts from January, 2017

रामप्रसाद राईको दुःखान्त

यो साता केही सांकेतिक महत्वका घटना प्रकाशित भए । भारतको तमिलनाडुमा जल्लीकट्टु अर्थात् साँढे समाउने प्रतियोगितामाथि लगाइएको रोकका विरुद्ध हिंसात्मक प्रदर्शन भयो । त्यो प्रदर्शनका क्रममा श्रीलंकाली तमिल नेता स्व. भेलुपेल्लाई प्रभाकरणलाई हिरोको रूपमा व्यक्त गर्ने पोस्टरहरू प्रदर्शित भए, तमिल स्वतन्त्रताको माग गरियो र हिन्दूवादी वर्चस्व लाद्न खोजिएको भन्दै आक्रोश व्यक्त गरियो । आर्य हिन्दू र अनार्य द्रविडबीच हजारौँ वर्षदेखि जारी संघर्षको एउटा झिल्को त्यहाँ देखियो । अमेरिकी राष्ट्रपति ट्रम्पविरुद्ध पचासौँ लाख महिलाले अमेरिकामा र विश्वभर प्रदर्शन आयोजना गरे । यो महिला पहिचानको लडाइँ थियो । बहुमतमा रहेका र सत्तासिन शक्तिहरू समेत आफ्नो पहिचानको पक्षमा लागेपछि विश्वकीकरण र शक्तिशालीहरूको चेपुवामा परेका देश र जातिहरूले पहिचानको माग गर्नु र संघर्ष गर्नु अस्वाभाविक हुँदैन । यसमा जोडिन सक्छन्, बर्माको बुद्धिस्ट बहुल सत्ताबाट लखेटिँदै गरेका तर आफ्नो कुनै पुख्र्याैली थातथलोको टुंगो नभएका राखिने क्षेत्रका रोहिँगा (मुस्लिम) हरू, मेघालयमा दुई महिनादेखि आपूर्ति व्यवस्था रोकिने गरी राजमार्ग कब्जा गर...

यो उलटफेर

चीनबाट गत साता छुटेको एउटा मालबाहक रेल लन्डन पुग्दै छ । अठारौँ दिनमा लन्डननजिक पुग्ने रेल यसरी स्थलमार्ग हुँदै चीनबाट बेलायत पुग्ने पहिलो मालबाहक रेल हो । यसले चिनियाँ समुद्री तटबाट सामान लिएर बेलायत पुग्ने सामुद्रिक कार्गोलाई भन्दा आधा कम समय लिनेछ । कुल सात हजार चार सय ५६ किमि लामो र कजाखस्तानपछि अनेक युरोपेली मुलुक भएर जाने यो मालबाहक रेलले जोडिएपछि लन्डनमा चिनियाँ सामानको भाउ सस्तो हुने त छ नै, यसले रणनीतिक रूपमा चिनियाँ राष्ट्रपति सी जिनपिङले अगाडि सारेको वान वेल्ट वान रोडको परिकल्पनालाई साकार पार्नेछ । सन् २०१३ मा चीनका राष्ट्रपति भएपछि सीले अगाडि सारेको यो परिकल्पनाले यसअगाडि नै युरोपका धेरै देशमा कार्गो रेलहरू पठाइसकेको छ । झन्डै २२ सय वर्षअगाडि चिनियाँ व्यापारीहरूले आफ्ना सामान युरोपसम्म बेच्न प्रयोग गरेको व्यापारिक मार्ग सिल्क रुटलाई नवीकरण गर्ने यो परियोजना चिनियाँ परिकल्पनाको विश्व व्यवस्थाको एउटा अभिन्न हतियार बन्ने निश्चित छ । केहि दिनअघि मात्रै अलिबाबा समूहका प्रमुख अर्बपति ज्याक मासँग यही २० जनवरीमा अमेरिकाको ४५औँ राष्ट्रपतिको रूपमा पदभार ग्रहण गर्न लागेका डोनाल्ड ट्रम...

वर्गेतर यी ‘जनरलाइजेसन’

भूकम्पपीडितहरूको यो जाडो पनि पालमुनि । उत्तरी भेगमा हिमपात, भूकम्पपीडित सकसमा । हिमपातले जनजीवन कष्टकर । जाडोले कठ्यांग्रिएर दुईको मृत्यु । पीडितले घर बनाउन अझै अनुदान पाएनन् । मूलधारे सञ्चारका चल्तीका समाचार शीर्षक हुन् यी । नेपाली जनताको दैनिकीसँग मिसिन आइपुग्ने यी समाचार शीर्षक समाचारको खेती गर्ने पत्रपत्रिका, टेलिभिजन, रेडियो एफएम, अनलाइन पोर्टलहरू सबैका हुन् । यस्ता समाचार बनाउने र त्यसलाई उपभोक्तासम्म पुर्‍याउने संरचनागत व्यवस्था सञ्चार उद्योगमा लगानी गर्नेहरूले मिलाएका हुन्छन् । लगानीकर्ता, सम्पादक, समाचार या स्टेसन प्रमुख, डेस्क सम्पादक, संवाददाता मिलेर विभिन्न घटना सन्दर्भहरूको ‘कमोडिफिकेसन’ गरिन्छ र सूचनालार्ई प्रशोधन गरी उपभोग्य वस्तुका रूपमा बजारमा बेच्न राखिन्छ । आफ्ना वरपरका र आफ्नो ज्ञानले भेटेसम्म विश्वभरका विभिन्न घटना प्रवृत्ति र खासगरी मान्छेका व्यवहार र दुःखसुख थाहा पाउन खोज्ने मानवीय प्रवृत्ति हो । आफूलाई भौतिक रूपमा प्रभाव पार्ने होस् या बौद्धिक सन्तुष्टि या सूचना दिने सामग्री, हामी उपभोक्ताका रूपमा त्यसलाई खरिद गर्छौं र आफ्ना ज्ञानका आधारमा त्यसलाई ग्रहण गर्...

मादी र मेलम्ची किनारका यी वस्तीहरु

गएको मसिंर महिनाको पहिलो साता म कास्की जिल्लाको नामार्जुङ गाविसमा पर्ने गुरुङ्हरुको वस्ती ताङतिङ पुगेको थिएँ । पस्चिम मोहडा परेको पुरानो र ठुलो यो गाउँ यस अगाडी पटक पटक गएको ठाउँ हो । पहिलो पटक सायद २०३७ सालतिर म त्यहाँ गएको थिएँ । अहिले २०७३ मा जाँदा देखिएका परिवर्तनहरुको अवलोकन गर्दा मन भरङ्ग पार्ने चित्र आउँछ । परम्परागत दुईपाखे घर, ढुंगाका छाना, पिंिढमा या त फलेकले या त गिद्राले बारेका । गिद्राले नै बारेका करेसावारीहरु । गण्डकी क्षेत्रका लेकाली गुरुङ गाउँको टिपिकल नमुना भन्दा हुन्छ यसलाई । उत्तर पस्चिममा झलमल देखिने अन्नपूर्ण श्रृंखलाले यहाँको सुन्दरता झन खुलाउँछ । गाउँको छेउसम्मै मोटरबाटो पुगेपछि पहिले पोखराबाट दिनभर हिँडेर पुगिने गाउँ दुईघण्टामै पुग्न सकिने भएको छ । मेरा मित्र तथा स्थानीय शिक्षक जसबहादुर गुरुङ लगायतको सक्रियतामा बनेको नेपालमै पुरानो मध्यको माईक्रो हाईड्रोले गाउँ उज्यालो बनाएको छ, यता केन्द्रिय प्रशारण लाईनसंग गाउँलाई जोड्न पोल गाडिदै र तार तानिदै गरेका दृष्यहरुले गाउँको विकास पूर्वाधारको झल्को दिन्छ । गाउँका केहि विदेशी मित्रहरुको सहयोग र एक्यापको व्यबस्थापनमा ...