Posts

Showing posts from August, 2014

ऋतुराजका छेडखानी

Image
‘नागरिक समाजका एकजना ठूला नेताको घरमा फोन गर्ने काम पर्‍यो । उनी प्रगतिशील सोच र अग्रगामी विचारका लागि चिनिन्छन् । सामाजिक न्याय र समानताका भाषण गर्छन् । फोन कसैले उठायो । सायद घरमा काम गर्ने हुनुपर्छ । जवाफ आयो : ‘घरमा होइसिन्न ।’ ‘कहिले आउनुहुन्छ ?’ ‘राति मात्रै आइसिन्छ ।’ अर्का वामपन्थी नेतालाई पनि फोनबाट सम्पर्क गर्नुपर्ने खण्ड आयो । फोन उनकी धर्मपत्नीले उठाएको हुनुपर्छ । जवाफ आयो ‘भुजा ज्युनार गरिसिँदै छ ।’ …एकजना जनजाति नेता छन्– बोल्दा आगो ओकल्ने, भाषण गर्दा सामन्तवादको जरै उखेल्नुपर्छ भन्ने, नेपाली भाषालाई नेपाली भाषा नभनेर खस भाषा भन्ने । उनको घरमा फोन गर्दा पनि ‘काजीसाहेब र ‘दुलहीसा’ब सँगै डिनरमा सवारी भा’छ’ भन्ने उत्तर पाइयो । …अब त लोकतन्त्र आयो । गणतन्त्रमा जाने कुरा गरिरहेछन् सबै । बोलीमा समेत लोकतन्त्र ल्याउन नसक्नेहरू गणतन्त्रमा जालान् भनी आशा गर्न सकिएला र ?’ (ऋतुविचार, पेज १९८) । छोटा र चिटक्क परेका वाक्य । झर्रो नेपालीको रैथाने बास्ना आउने शब्द । आफ्नो समयको समाज, राजनीति, संगीत, कला, संस्कृति तथा विकासलगायत अनेक विषयमा देखा पर्ने असंगतिमाथि ट्वाक्क–ट्वाक...

सामाजिक मनोविज्ञान र सञ्चार

Image
सिन्धुपाल्चोकमा गएको पहिरो र बाढीले डेढ सयभन्दा बढी मानिस मरे । पहिरोले जनधनको अकल्पनीय क्षति भएको र बाढीको त्रासले नदीकिनारका बासिन्दा अनेक संकटमा परिरहेको समाचार सार्वजनिक गर्ने र त्यसप्रति विश्वको ध्यान खिच्ने काम सञ्चारका साधनले नै गरेका थिए । तर, त्यही वेला नेपालको सरकार र उच्च तहको ब्युरोक्रेसीको मुख्य ध्यान भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमणमा केन्द्रित भयो । मोदीको स्वागतमा विमानस्थलमा प्रधानमन्त्री, सभामुख, दुईथान उपप्रधानमन्त्री र मन्त्रीहरूको लस्कर देख्दा विश्वले लाजले जिब्रो टोक्यो । यसले प्रदर्शन गरेको दास मनोवृत्तिसँगै सरकारका तर्फबाट पहिरोपीडितमाथि देखाइएको संवेदनहीनतालाई पनि सञ्चारमाध्यमले उजागर गरेका थिए । ठीक त्यही वेला नेपाली सञ्चारमाध्यम र सामाजिक सञ्जालमा समेत पहिरो र त्यहाँ भएको मानवीय संकटले भन्दा मोदी भ्रमणले महत्त्व पायो । अर्थात् समाचारको प्राथमिकता कता थियो भन्ने परीक्षणको कुरा हो यो । कतिपयले बाढीसँग सम्बन्धित समाचारको महत्त्वलाई न्यूनीकरण गरेका थिए । मानिसको ज्यान होइन, शक्ति र सत्ता सञ्चारका लागि महत्त्वपूर्ण हो भन्ने सन्देश केही समाचारले दिएका थिए ।...

निराश चिकित्सक र विरामी प्रधानमन्त्री

मंगलवार एकजना अधेडावस्थाका डाक्टर भेट भए उमेरले मेरा समकालीन । उनको एकजना छोराले पनि चिकित्सा शास्त्र अध्ययन सकेर नेपालकै नीजी क्षेत्रको एउटा नामी अस्पतालमा प्राक्टीस थालिसकेका छन् । यी पिता डाक्टरसंग पहिले देखि पनि समकालीन राजनीतिका विषयमा कुरा भैरहन्थ्यो । उनले कुरा थाल्ने मेलो गदै भने ‘आजकल धेरै भो नी तपाईको लेख पढ्न नपाएको ?’ मैले आफुले कान्तिपुरमा लेख्न छाडेको र नयाँ पत्रिकामा नियमीत स्तम्भकारका रुपमा लेख्दै गरेको जवाफ दिएपछि उनले भने “हेर्नुस तपाईलाई किन ढाँट्ने ? आजकल मलाई पत्रपत्रिका पढ्न, टिभिमा आउने समाचार र सम्वादहरु हेर्न मन लाग्दैन । पढ्न छाडें भन्दा हुन्छ । केहि पत्रिकाका ओपएडहरु कहिले कहिले हेर्छु त्यो पनि अंग्रेजी पत्रिकामा छापिएका । जव लेख्ने वोल्नेहरुका भन्ने कुरा र गर्ने कुरा फरक फरक हुन्छन् तव त्यस्ताको सम्वाद सुनेर म किन समय वरवाद गर्ने ? मलाई एकजना नेताप्रति पनि विश्वास छैन । गुण्डा र राजनीतिको सम्वन्ध, प्रहरीले गर्ने गैर न्यायीक हत्या, हर क्षेत्रमा राज्यको नीकम्मा पन देख्दा देख्दा मलाई देश देखेर विरक्त लाग्न थालेको छ । म अहिलेको नेतृत्व मात्रै होईन पछिल्लो पुस्त...

संक्रमणकालिन छट्पटी

बुधबार विहानै भारतीय पत्रकार सिद्धार्थ बर्धराजनले समाचार संस्था एपीले अंकाराबाट पठाएको एउटा समाचारलाई ट्विटेका रहेछन् जसमा जनाइए अनुसार टर्कीका उपप्रधानमन्त्री बुलेन्त अरिन्कले गत साता भनेछन् ः ‘महिलाहरुले सार्वजनिक ठाउँमा चर्कोसंग हास्नु हुन्न । ईज्जतदार माहिलाहरु सार्वजनिक स्थानमा त्यसरी हाँस्दैनन् ।’ त्यसका विरुद्ध महिला अधिकारकर्मि तथा टर्किस ससदका सदस्य ऐलिन नजलियकाले त्यहाँको अदालतमा मुद्धा दायर गरेकी छिन । केहि टर्किस महिलाहरुले आफु मज्जाले हाँसीरहेको फोटो सामाजीक सञ्जाल फेसबुकमा छ्याप्छ्याप्ती राखेर उपप्रधानमन्त्रीको भनाईमाथि व्यंग्य गर्दै खिल्ली उडाएका छन् । समाचारलाई केलाउँदा देखिने सत्य के हो भने उपप्रधानमन्त्रीको सार्वजनिक स्थानमा आएको अभिव्यक्तिःकुनै एकलकाटे मनोरोगीको अभिव्यक्ति होईन बरु यो त टर्कीस समाजको पुरुष मनोविज्ञानको अभिव्यक्ति हो । तिव्ररुपमा पुँजीवादको विकास भएको र युरोपेली संस्कृतीको चर्को निशानामा रहेको टर्कीका पुरातनपन्थी राजनीतिज्ञहरु भने यो परिवर्तनले खोजेको साँस्कृतीक रुपान्तरणलाई स्विकार गर्न मानिरहेको छैन । उदारवादी मुश्लिम समाजमा पनि महिलाप्रति पुरुष ...