Posts

Showing posts from August, 2025

वाख्राको पाठोलाई झम्टिने दाउ हेरिरहेको सिँह

Image
 इन्दिरा रानालाई उपसभामुखबाट हटाउन प्रयास गर्नु अगाडी काँग्रेसले दिपक खड्का र एमालेले बलराम अधिकारीलाई मन्त्रीबाट हटाउन सकेको भए नैतिक मानिन्थ्यो । अहिले जे गरिदै छ त्यो सिंँह र पाठोको कथाजस्तो शक्ति हुनेको न्याय हो । सिँहमेव जयते !! (picture from Google)  Before trying to remove Indira Rana from the post of Deputy Speaker, it would have been considered ethical if the Congress had been able to remove Deepak Khadka and the UML had been able to remove Balram Adhikari from the ministry. What is being done now is the justice of those who have power like the story of the lion and the goat. Long live the lion!!

पृथ्वीनारायण कलेजका दिनहरु ! Our College day's. Struggle against Monarchy.

Image
  याे चैं 2045 वैशाख 12 गते स्ववियु निर्वाचन पछि निकाल्न खाेजिएकाे विजय जुलुसमा भएकाे प्रहरी हस्तक्षेप पछिकाे हाे । त्यो निर्वाचनबाट म सभापति चुनिएकाे थिएँ ।  रमेश श्रेष्ठ मात्रै थिए त्यतिबेला फाेटाे खिचिदिने । आज  बिहानै यो तस्विर पठाए र नोष्टाल्जीक बनाए । धेरै धन्यवाद रमेशजि ।     This is after the police intervention in the victory procession that was held after the Free Students union Union elections on 12th Baisakh 2045. I was elected president from that election. Ramesh Shrestha was the only one who took such photos at that time. He sent this picture this morning and made me nostalgic. Thank you very much Rameshji.

These pictures were taken on last April while visiting my birth place.

Image
यी फोटाहरु यसैवर्षको वैशाखमा घर जाँदाका हुन् । बा आमा बस्न छाडेपछि घर आफै परित्यक्त हुँदै गएको छ । गत माघ र फागुनमा क्रमशः आमा र बा वित्नु भयो । यसैपनि घर र गाउँ डुल्दा बा आमाका स्मृतिहरु जताततै भेटिन्छन् । पहिलो तस्विर घरको आँगनमा लिइएको हो जसमा मेरी पत्नी लक्ष्मी कार्की र भाउजु हरिमायासंगै म पनि उभिएको छु । पछिल्लो तस्विर बेसीमा उहिले बा ले बनाउनु  भएको गोठको हो । म एक्ले उभिएको चैं हाम्रो बेसीको हो जहाँ हामी खेल्यौं र बाल्यकाल तथा किशोर वय र युवा अवस्था बितायौं ।

these Photos were taken in Qinghai lake China last year.

Image
सेप्टेम्वर २०८१ मा चिन भ्रमणमा जाँदा छिङहाइ तालमा लिइएका फोटा। यो ताल चिनकै ठुलो ताल हो जुन काठमाण्डौ उपत्यका भन्दा पनि निकै ठुलो छ । ३७०० मिटर उचाइमा रहेको यो सुन्दर तालमा बोटिङ गर्न भने भ्याइएको थिएन ।  

On the occasion of 75th anniversary of the founding of the communist party of Nepal, we organised an event in pokhara. here are some photos and videos.

Image