Posts

Showing posts from April, 2022

स्मृति

सात दिनमा ३६ छाक २०४१ सालको कुरा हो । स्नातक अध्ययन गर्दैं थिएँ । वगरस्थित गणेशबहादुर गुरुङको घरमा डेरा गरिवस्थें । अखिलको जिल्ला कमिटि अध्यक्ष थिएँ । नगर वाइएलको अध्यक्ष पनि । रुम पार्टनर थिए शिव पौडेल, पृथ्वी नारायण क्याम्पस प्रारम्भिक कमिटिका अध्यक्ष र स्ववियु उपसचिव थिए । दुवै अघोषित पूर्णकालिन कार्यकर्ता । घरबाट आउने खर्चले दालभात, डेराभाडा र क्याम्पस फि तिर्नु ठिक्कै हुन्थ्यो । घर पुगेको बेला एकाध पाथी चामल र दाल गुन्द्रुक ल्याइन्थ्यो । तर घर जाने फुर्सद पनि कम हुन्थ्यो । यता पार्टीको सम्पर्क थलो थियो कोठा । कमरेड वामदेव गौतम पछि यस क्षेत्रको नेतृत्व गर्न आउनु भएका जीवराज आश्रीत कहिलेकहिँ आउनुुहुन्थ्यो । धेरैजसो चाहिँ कास्कीको नेतृत्व गर्ने कमरेड राजन उर्फ त्रिलोचन ढकाल र कमरेड विनय उर्फ शारदा सुवेदी आइरहनुहुन्थ्यो । हामी दुइ जना बाहेक पनि हरेक छाक खाना खाने थप दुइ चार जना भैहल्नुहुन्थ्यो । दुइजना मात्र हुनु त विरलै हुने संयोगको कुरा थियो । खर्चको अत्यधिक चाप परेपछि कमरेड राजनले एकदिन हामीलाई अब तपाईहरुले आफु दुइजनामा थप एकजनामात्र पाल्ने गरी व्यवस्थापन गर्नुप¥यो । म मिलाउँछु । त...

अग्नी शिखा सम्मान ग्रहण गर्दा

  (गत फागुन २७ गते प्रेस चौतारी नेपालको राष्ट्रिय महाधिवेशन पोखरामा आयोजना गरिएको थियो । उक्त महाधिवेशनका समयमा हामी केही लेखक तथा पत्रकारलाई चौतारीले विभिन्न सम्मान तथा पुरस्कार प्रदान गर्ने निर्णय पहिले नै गरेको थियो । प्रमुख अतिथिका रुपमा उपस्थित हुनुभएका पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शार्मा ओलीले हामीलाइ सम्मान (सम्मान हो या पुरस्कार भन्ने चैं मैेले विर्सें) प्रदान गर्नुभएको थियो ।  उक्त कार्यक्रममा मैले पनि केही बोल्ने समय पाउँला कि भनेर कार्यक्रमको दुइदिन  पहिले नै चौतारीका अध्यक्ष गणेश जिलाई सोधेको थिएँ । वहाँले तपाईलाई सम्मानित हुनेहरुका तर्फबाट पाँच मिनट बोल्ने समय मिल्छ भन्नु भयो । मैले पनि उतै बोल्न भन्दा केही लेखेर लानु र पढ्नु ठिक होला भन्ने ठानेर सोही दिन विहान एउटा छोटो मन्तव्य जस्तो लेखेर लगेको थिएँ । मलाई मादी गाउँपालिकाको कार्यक्रममा पुग्नु पर्ने भएकोले हतारमा थिएँ । सम्मानित भइसके पछि मैले उद््घोषक राजेश राइलाई मैले बोल्ने समय छ कि भनेर सोधेको थिएँ । वहाँले नेताहरु नै धेरै हुनुहुन्छ, तपाईलाई समय मिलाउन सकिएला जस्तो छैन भन्नु भय...

अलविदा लिलाधर दाई

यो वर्ष हाम्रो गाउँले आफ्ना महत्वपूर्ण अभिभावकहरु गुमायो । यस वर्षको आरम्भमा हाम्रो परिवारका अभिभावक खिमलाल सुवेदी दाई वित्नु भयो । पोखराको नारायणस्थानमा आएर संस्कृत अध्ययन आरम्भ गरेपनि पारिवारिक कारणले पढाइ पुरा गर्न नपाउनु भएका खिमलाल दाई शिक्षाप्रेमी हुनुुहुन्थ्यो । आरम्भिक वर्षमा शिक्षकका रुपमा सार्वजनिक जीवनमा प्रवेश गर्नुभएका खिमलाल दाईले पछिल्ले उमेर लेखापढी पेशामा रहेर विताउनु भएको थियो । रोगले च्याप्दै लगेर गाउँ आउन जान नसक्ने अवस्था नआउञ्जेल गाउँको अगुवाइ गर्नुभयो । विशेषगरी जनकल्याण मावी मकैखोलाको स्थापना र प्रगतिमा वहाँको योगदान सम्मानयोग्य छ । संस्कृत काव्य र पूर्विया दर्शनका मामिलामा गाउँमा कसैलाई ज्ञान थियो भने त्यो खिमलाल दाइलाई मात्र थियो । सबैको भलो चाहने, आफ्नो संस्कृती र कुल मर्यादाको निरन्तरता चाहने खिमलाल दाई लामो समय देखि विभिन्न रोगहरुसंग जुध्दै आउनु भएको थियो । ८४ पुजा गरेको ६ महिनामै वित्नु भयो । कोरोनाका कारण पुजामा पनि र मृत्यु संस्कारमा पनि आउन सकिएन, सँधै थकथक लागिरहनेछ । मैले कुल परम्परा विपरित क्षेत्री परिवारमा वैवाहिक सम्बन्ध राखेकोमा सुरुमा असन्तुष्ट भ...