Posts

Showing posts from March, 2019

जसबहादुर दाइको ‘फेसबुक पोस्ट’

नेकपा एकता यति ढिलो हुनुसँग यसको कुनै सम्बन्ध नहुन सक्छ र हुन पनि । सत्तामा नेकपा हुनुसँग पनि यसको साइनो नहुन सक्छ र हुन पनि । राजनीतिक दल निर्माणका अनेक आयाम हुन्छन् । नेकपा निर्माणका पनि अनेक आयाम छन् । हजारौँ कार्यकर्ता, लाखौँ समर्थक र मतदाताका अनेक समयका अनेकानेक योगदानले पार्टी बनेको हो । कोही भूमिगत भएर काम गरे, कोही जेल बसे, कोही गाउँमा शिक्षक भएर, कोही विद्यार्थी कार्यकर्ता भएर पार्टी निर्माणमा जुटे । कसैले सेल्टर दिए, कसैले हतियार बोकेर लडे, कति सहिद भए, कति घाइते र अपांग । कतिले गाँस काटेर नेता पाले, कतिले घर बिगारेर दलमा योगदान गरे । ती सबैको इतिहासको योग पनि हो, यो पार्टी । कुनै नेताले बढी भूमिका खेले होलान्, कसैले कम । तर, एकजनाको मात्र योगदान झिक्दा पनि यो इतिहास पूरा हुँदैन । यसको हिसाब राख्ने फुर्सद अहिलेसम्म कसैले निकालेको छैन । सबैको समान योगदान भएको पनि होइन ।  म अलिकति स्थायी खालको अराजकतावादी र अलिकति निरन्तरको विद्रोही या असन्तुष्ट प्रकृतिको हुँ कि जस्तो लाग्छ । आफ्ना खुसीले हिँडेको बाटोले के नाफा, नोक्सान ग¥यो भनेर हिसाब गर्नु मूर्खता हो । मलाई त्यसको झ...

विचैमा छाडी जानेको सम्झनामा

१) गतबर्ष पर्यटन मन्त्री वन्नु अघि पनि हाम्रो भेट पातलै हुनेगथ्र्यो । उसको कामका क्षेत्रहरु र मेरा कामका विच कमै सम्वन्ध थियो । हाम्रो बसाई पनि काठमाण्डौको दुई विपरित ध्रुवतिर थियो । भेटमा सामयिक विषयमा गफगाफ र राजनीतिका अन्तरंग कुरा हुन्थे, व्यक्तिगत विषय पनि राजनीतिकै घेराभन्दा बाहिर कमै प्रवेश गर्थे । मन्त्री भएपछि त झन उसको व्यस्तता ह्वात्तै बढेको म समाचार हेरेरै थाह पाउँथे । भेट्ने काम पनि पर्दैनथ्यो । मेरो एउटै चाहना थियो उ सफल होस, वाँकी कुरा पछि हुँदै गर्छन, डिष्टर्व किन गरिरहनु ? शुभेच्छा वाहेक यस्ता कार्यकारी पदमा हुनेलाई सल्लाह दिने कुरामा म आफुलाई योग्य पनि ठान्दिन ।  मन्त्री भएकोमा बधाई दिएर फर्केपछि हाम्रा विच अलि लामो र अनौपचारिक कुराकानी तिहार अघि मात्र भएको थियो । जसरी उ जर्मन जाने अघिल्लो दिन दुर्घटनामा परेर उक्त यात्रा रोकिएको थियो त्यस्तै भिसा प्रोसेस मिलाउने कम्पनीको लापर्वाहीका कारण तिहार अघि वेलायत जाने कार्यक्रम रद्ध भएको थियो । त्यहि मौका मिलाएर म उसकहाँ गएको थिएँ । आँगनमा घाम तापेर हामीले दुई घण्टा विभिन्न विषयमा गरेका थियौं । त्यतै खाना खाएर फर्केको...

असमयमा निभेको सम्भावनाको दियो

रवीन्द्र अधिकारीबारे लेख्न बस्दा मेरा लागि कतै पनि तटस्थता अपनाउन सम्भव छैन । यो लेख लेख्न बस्नुअघि मात्रै म विद्या बहिनीका टोलाएका आँखा हेरेर फर्केको छु । सयौँ शुभचिन्तकका मुर्झाएका अनुहार देखेर आएको छु । देशको सबै तप्काले उसप्रति व्यक्त गरेको सम्मान अनुभव गरेको छु । सँगै आजभन्दा ३५ वर्षपहिले कमेज र जाँगे लगाएर शान्तिउदय माविमा फर्‍याकफुरुक गर्दै अखिलको प्रारम्भिक कमिटीको अध्यक्ष बन्दाको एउटा हँसिलो, फरासिलो र आन्दोलनप्रति विनाप्रश्न सधैं लोयल किशोरका चम्किला आँखा सम्झिरहेको छु । गैरीगाम जामुनबोटमा रहेको उसको घरमा आमाले माया मानेर दिएको दूध र दही, मीठो–मसिनो खाना र दिएको मातृवात्सल्य होस् या कस्टडीमा एउटै हत्कडी लगाएर बिताएका दिनहरू होऊन्, ऊसँग अनेक रमाइला र दुःख–सुखका क्षणहरू छन् । ऊसँगका सम्झनाहरू एउटा–दुईटा आलेखमा लेखेर सकिने कुरा होइनन्, मेरा लागि । त्यसैले यो आलेख उसको कोरा र छुरा राजनीतिक जीवनका आरोह–अवरोहका सामान्य समीक्षामा केन्द्रित हुनेछ ।  २०२६ सालमा तत्कालीन स्याङ्जा जिल्लाको भरतपोखरी गैरागाउँमा जन्मेको रवीन्द्र अधिकारी उक्त भेगमा मालेको राजनीति प्रवेश गर्दाको...