Wednesday, July 11, 2018

बौद्धको आहाल विमर्स

कार्माजोव व्रदर्स फेरि पढ््दै छु । ‘मुर्खहरु नै वास्तविकताको सबैभन्दा नजिक हुन्छन । प्रष्ट पनि मुर्खहरु नै हुन्छन । मुर्खता अल्पकालको हुन्छ र कलाविहिन पनि । वौद्धिकता चैं मुण्टो लुकाउँछ या (यो त्यो पक्षमा) चक्कर लगाईरहन्छ । वौद्धिक छलकारी हुन्छ । मुर्ख सिधा र ईमान्दार हुन्छ । म यो बहसलाई एकदम निराशातिर लैजादै छु, जति मुर्खतापूर्ण रुपमा म प्रस्तुत हुन्छु त्यति नै मेरा लागि राम्रो हुनेछ ।’ फ््योदोर दोस्तोव्स्कीले आफ््नो उपन्यासको पात्र ईभान मार्फत भनेको यो कुराले मनलाई भित्रै देखि हल्लाउँछ । छटपटि हुन्छ । हामी जुन समयमा बाँचेका छौं त्यहाँ पनि मुर्ख हुनु असल हो कि जस्तो लाग्छ । आफ््नै पेशा र पहिचानले गिज्याए झैं लाग्छ । 
आफ््नो मनलाई छाम्न मन लाग्छ । मुर्खता बढि छ कि कथित वौद्धिकता ? जे देखिन्छ त्यो भनिदै छ कि पाठकहरुसंग पनि छलकपट गरिदै छ ? अन्योल उत्पन्न हुन्छ । विस्तारै आफैलाई ढाडस दिन्छु म वौद्धिक हुने प्रयास गर्दो रहेछु तर वास्तवमा मुर्ख नै रहेछु । यसबाट एकछिन खुशी हुन्छु । विगतका धेरैजसो लेख र भनाईहरु मुर्खतापूर्ण नै थिए भनेर प्रमाण जुटाउँछु, आफ््नै अदालतमा पेश गर्छु र चित्त बुझाउँछु ।
आहाल विमर्स
गत वैशाख अन्तिम साता भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आए । त्यसका अनेक अर्थ राजनीतिक–भूराजनीतिक प्रभावका चर्चा भए । यता भ्रमणले हायात रिजेन्सी होटलको गेटसम्म एउटा अग्र्यानिक रैथाने प्रभाव छोड््यो । गेटबाट पूर्व वौद्ध–जोरपाटीतिर र हायातको गेटसम्म भन्ने एउटा सिमारेखा, विभाजन रेखा पनि छाडेर गयो । मोदीलाई आवागमनमा सहज होस भनेर या नेपालीको लाज बचोस भनेर या दुवै उद्देश्यले चावेल चोक देखि हायात होटलसम्मको सडक रातारात कालोपत्रे गरियो । सफा बनाईयो । बर्षौंदेखि भत्केको खल्वाटे बाटोमा हिँड््न अभिसप्त मानिसहरुले केहि सहज महशुस गरे । तर त्यस उता ? उस्तै छ । मौसम अनुसार धुलो हिलो र खाल्डामा बन्ने आहालको साम्राज्य उस्तै छ । मानिसहरुले नहिडि नहुने भएर हिँड््ने सडक आफैमा एउटा धराप जस्तो छ जसलाई छलेर हिँड््न राम्रै हैसीयतको मुर्खता चाहिन्छ ।
हो यो सडकका केहि खाल्डाहरु यतिवेला हाम्रो विकासे बहसको गजवको विम्व बनेका छन  । यस्ता खाल्डा कहाँ छैनन ? राजमार्गहरुमा छन । छोटे मार्गहरुमा छन । यात्रुले घचेटेर हिँडाइरहेका बसका तस्विर छापिने पहाडी या देहाती सडकहरुमा छन । तर वौद्धको विम्वले हामी सबैलाई लपेटिरहेको छ । 
साता दिन पहिले केहि जागरुकहरु त्यहि सडकको हिलोमा धान रोपाई गरिरहेका थिए । त्यसपछि एकजना कलाकारले गजवको जुक्ति निकाले । खाडलमा जमेको पानी दुईतिर भेल पार्दै बस र अरु साधनहरु हिडिरहेका छन । एकजना व्यक्ति कुसीमा त्यहि पानीको किनारमा बसेको छ । उसको छेउमा एउटा रातो वाल्टी राखिएको छ । कुर्सीमा बसिरहेको मान्छे हिलो पोखरीमा बल्छी थापिरहेको छ । ईन्स्टलेशन आर्टका विद्यार्थि र पारखीहरुका लागि यो शक्तिशाली विम्व हुने नै भयो । सामान्य दर्शकहरुका लागि पनि यो विरोधको सिर्जनात्मक शैलीले खिचिरहेको छ । 
त्यस्तै अर्को तस्विर छ जहाँ एउटा किशोर आफ््नी आमालाई ह््िवलचियरमा राखेर त्यहि बाटोबाट मुश्किलले अघि बढिरहेको छ । हाम्रो विकासे बहसको फल्ट लाईन बनेर यी तस्विर लोकप्रिय भएका छन्् । यसको एउटै अर्थ लाग्छ मानिसहरु राज्यले आफ््ना दुःख बुझेर काम गरोस भन्ने चाहन्छन ।
यो पिटि खेल
पिटि खेल्दा हात त्यसरी नै मच्चिन्छन जसरी दौडदा । गोडाहरु त्यति नै चालिन्छ जति दौडदा । तर पिटि खेल्ने एक पाईला पनि अघि सर्दैन । चलिरहेको छ, दोडिरहेकोजस्तो चाल छ । तर जहाँको तहिँ छ उसले ओगटेको स्पेश । म बस्ने वस्ती रहेको चन्द्रागिरी डाँडामुनीबाट हेर्दा सिहदरवरको सरकार पनि टाढा नै छ । टाढाबाट देख्ने सरकार हल्लिरहेको मात्र हो कि हिडिरहेको छ भन्ने ठम्याउन मुश्किल पर्छ । 
टाढाबाट हेर्दा पनि हिँडेको देखिएको चैं यसको विदेश सम्वन्धको मामिलामा हो (अरुपनि केहि काम गर्ने प्रयास भएको देखिन्छ) । यस मामिलामा सरकार सफल नै छ जसका प्रभावहरु आन्तरिक नीतिमा देखिनु जरुरी छ । वाह्य अवरोधहरु नभएको र आन्तरिक अनुकुलता भएको सरकारले गतिलिन जति ढिलो गर््यो उती उसकाप्रतिको भरोसा कमजोर हुन्छ । यसका लागि प्रतिपक्ष या सडकका आन्दोलनहरु सहयोगी मात्र हुन, अवरोधक होईनन, तिनले सरकारलाई उंघ््न झकाउन या हाई काढेर नबस्न दवाव मात्र दिन सक्छन । विना विरोधको लोकतन्त्र पनि कतै सम्भव हुन्न ।
सञ्चार माध्यममा आएका समाचार हेर्दा प्रधानमन्त्री ओली निकै सक्रिय देखिन्छन । समाचारमा नआएपनि चर्चा अनुसार राति एकदुई बजेसम्म पनि ओली सक्रिय रहन्छन । तर प्रधानमन्त्रीको गतिसंग मन्त्रीपरिषद, कर्मचारी संयन्त्र, प्रदेश सरकारहरु र स्थानीय सरकारहरु पनि हिँडेजस्तो छनक चै मिल्दैन । 
सरकारले यात्रा गर्ने प्रधानमन्त्री कुदेर होईन । मान्त्री दौडेर पनि होईन । ताउर माउर गरेर एउटै वृत्तमा घुमिरहेर पनि गति लिईदैन । सरकारका गोडा त राज्य संयन्त्रका अनेक लाईन एजेन्सीहरु हुन । तिनका मान्त्रालय, विभाग, प्रदेश, जिल्ला या स्थानीय इृकाई होलान । राज्यको राजनीतिक नेतृत्वको पनि संघीय प्रादेशिक र स्थानीय तह छन र तल पिँधमा आम साधारण जनता छन । उनीहरु सबै एकै चालले, एउटै लय र गतिमा नहिडुञ्जेल सरकारले गति लिदैन, लिएको अनुभूति हुँदैन । 
के प्रादेशिक र स्थानीय सरकारलाई सुत्न, निदाउन झकाउन उंघ््न नदिन प्रयास भएको छ ? आवस्यक बजेट, नीति, ऐन र कानूनले त्यसलाई भरथेग गरेको छ ? यस्तो प्रयास सरकारका तर्फबाट या सत्तारुढ दलको पार्टि नेतृत्व या पार्टि मशिनरीका तर्फबाट पनि भएको छ ? जो जिम्मेवारीमा छन ति मात्रं सक्रिय भए कि सबै काम गर्दैछन ? २०५१ मा एमाले सरकारको सफलताको पछाडी केन्द्र देखि तल्लो तहसम्मको पार्टिको सक्रियताले भूमिका खेलेको अनुभव छ, अहिले के हुँदै छ ?
खाल्डाकै कुरा
बौद्धको सडकमा परेको खाल्डो देख्ने, अनुगमन गर्ने, ईञ्जिनीयर खोज्ने र आवस्यक जाँच र खाल्डा पुर्न लाग्ने खर्च लगत निकाल्ने, ठेकेदार खोज्ने, टिपरवाला खोज्ने, गिटी बालुवा या माटो ल्याएर पुर्न लगाउने र खाल्डोबाट हिँड््नुपर्ने वाध्यता मेट््ने जीम्मेवारी प्रधानमन्त्रीको अवस्य होईन । यातायात मन्त्रीको पनि होईन होला । यसका लागि तालुकवाला को हो खोजेर त्यसलाई सक्रिय बनाउने कामको अवस्य पनि कोहि न कोहि जिम्मेवार होला । लाज हुने हो भने नगरपालिका या वडाले नै उहिल्यै गरिसक्थ्यो । ठेकेदारलाई वाध्य पार्न सकिन्थ्यो । तर उत्तरदायीत्वबाट भाग्ने आहाले चिन्तनले सबैलाई लखेटिरहेको देखिन्छ ।
यत्रो विम्व बनेको सडक महिनौ किन पुरिन्न ? खोजी गरेर, आवस्यक परे बजेट निकासा गरेर पुर्न लगाउन के ले रोकेको हो ? यी काम गर्न अवस्य पनि संघीय देखि वडातहसम्मका लाईन एजेन्सीहरु सबै सक्रिय हुनुपर्छ, चल्नु पर्छ, हिँड््नुपर्छ, दौडनु पर्छ । नहिँड््नेलाई धक्याएर अघि लगाउनु पर्छ, नसक्नेलाई उपचार गरेर आराम गर्न पठाउनु पर्छ । सरकार आफै हल्लिरहन्छ र दौडेको अनुभुति गर्छ, अरुलाई दौडाउने प्रयास गर्दैन भन्ने आम बुझाई बढ््दै जाँदा बौद्धको सडक एउटा राष्ट्रिय न्यारेटिभ बनिरहेको छ अकर्मण्यता झल्काउने ।
देखिएको कुरा के हो भने खाल्डा र आहालहरु हाम्रो समग्र संरचनामा छ । दृष्टिकोणमा छ । हिँडाईमा छ । कार्यसञ्चालन पद्धतिमा छ । कर्मचारी प्रशासन, निजी क्षेत्र, सार्वजनिक क्षेत्रका सबै संस्थाहरुमा संस्कृतीको रुपमा बनेका आहाल जम्ने खाल्डाहरु नपुरुञ्जेल प्रधानमन्त्री कुदेर र धेरैवेर सक्रिय रहेर पनि पार लाग्दैन । उनले अरुलाई चलाउन सकेनन कि, अरु उनीसंग हिँड््न नसकेका हुन कि अरुले उनलाई असहयोग गरिरहेका त छैनन ? प्रश्न उठ््न सक्छ ।
सरकार संधै विकासको टालो हालेर वस्ने अवस्य होईन । टाला पनि हाल, नयाँ परियोजना पनि ल्याउ र देशलाई अघि बढाउ भन्ने आम चासो हो । टालो मात्र हालिरहेर देश अघि बढ््दैन । टालो नहालेर पनि अघि बढ््ने होईन ।  कुरा काट््ने हामीजस्ताका लागि कहिल्यै प्रश्नहरुको अनिकाल पर्लाजस्तो लाग्दैन । तर सरकार यस्तोमा अल्झेर बस्न मिल्दैन । 
भद्रो हेर्ने हो र 
झण्डै १४५ बर्ष पहिले लेखिएको कार्माजोभ ब्रदर्श उपन्यासमा रसीयन केटाहरुको बहसको रुचि केमा छ भन्ने वारेको प्रसंग चाखलाग्दो छ । त्यतिवेलाका रसियन ठिटाहरु दुईजना भेट भए भने कोही ईश्वरको अस्तित्वका वारेमा या अमरत्वको विषयमा गफ गर्दा रहेछन । यदि तिनीहरु ईश्वरमा विस्वास नगर्ने रहेछन भने समाजवादका वारेमा या अराजकतावादका बारेमा कुरा गर्दारहेछन ता कि समाजलाई आफुले चाहे अनुरुप नयाँ ढाँचामा रुपान्तरण गर्न सकियोस ।
अहिले नेपाली समाजको समग्र संरचना र चिन्तनधारालाई आफु अनुकुल रुपान्तरण गर्ने बहस समाजवादको नाममा गरिदै छ । चाहे त्यो डा. केसीको योग हठ होस या संसदमा प्रतिपक्षको सार्वजनिक महत्वको प्रस्ताव र त्यसको विरोध । या माईतिघरमा प्रदर्शन गर्न लगाईएको निषेधाज्ञा होस चाहे त्यसलाई तोड््ने नममा भैरहेको प्रदर्शन । यी वहसको केन्द्रमा नकारात्मक रुपमा केहि राजनीतिक स्वार्थहरुले काम गरेको अवस्य छ । सरकारलाई असफल देखाउने नियत पनि कसैसंग छ, हुन्छ नै । सरकारले यस्ता अवारोध छिचोल्ने हो काम गरेर, भद्रो हेरिवस्ने होईन । आम जनताले खोजेको चैं यो सरकारले परिणाममुखि काम गरोस, यसले वामपन्थी चरित्र देखाओस भन्ने हो । 
Nayapatrika, Asar 28, 2075

No comments:

Post a Comment