Posts

Showing posts from January, 2018

श्री विष्णुजीको छेपन

८ माघ, सोमबारको कान्तिपुर दैनिकको अंकमा ‘वामपन्थी सपनाको वियोगान्त’ शीर्षकमा विद्वान् मित्र विष्णु सापकोटाको लेख छापिएको छ । विष्णुजी साहित्य, समकालीन र पुराना दर्शनशास्त्र, राजनीति र समाजबारे हामीकहाँका थोरै जान्नेबुझ्ने र लेख्नेमध्ये पर्नुहुन्छ । उहाँको सो लेखले गैरवामपन्थी वृत्तमा केही भ्रमले छोपेको खुसी र वामपन्थी वृत्तका केहीमा अवश्य केही भ्रमपूर्ण पिर पारेको हुनुपर्छ । निर्वाचनमा कांग्रेस पराजित भएपछिको ‘डिप्रेस्ड’ मनस्थितिमा रहेका पार्टीबाहिरका कांग्रेसजन र हुन सक्छ कोही वामपन्थीसमेत अत्यन्त खुसी पनि भएका हुन सक्छन् । उहाँले आफ्नो आलेखको उठानका लागि उल्लेख गरेको ११ भाइ वक्तव्यवाज ‘वाम वुद्धिजीवी’मा यो लेखकको नाम पनि सामेल भएकाले त्यसले आकर्षित नगर्ने कुरो भएन । त्यसैले यो आलेख विष्णुजीले उठाएका प्रश्न र हानेको छेपनबारे आफूलाई लागेका कुरा राख्न लेखिएको हो । यो न खण्डनमण्डन हो, न विरोध वा बचाउ । उहाँको लेखन शैली, शालीन, भद्र व्यक्तित्व र मित्रताको म प्रशंसक हुँ । आफ्ना अभिव्यक्तिबारे उहाँजस्तो विद्वान्ले चर्चा गर्नुले हाम्रो कर्मको अर्थ रहेछ भन्ने पनि जनाउँछ । त्यसैले यो लेख उहा...

राई, महतो, चौधरी र मनाङे

आमनिर्वाचनको मतपरिणाम सार्वजनिक भएर एक महिना बितिसकेको छ । यसबीच सार्वजनिक वृत्तको बहसलाई वाम गठबन्धनको बहुमत, कांग्रेसको पराजय, समानुपातिकतर्फको परिणाम सार्वजनिक गर्ने विषय, राष्ट्रिय सभाको निर्वाचन र एमाले माओवादी एकताका विषयले प्रभावित गरिरहे । स्वाभाविक हो, ठूला मानिने कार्यसूचीले साना विषयलाई किनारामा धकेल्छन् या छायामा पार्छन् । निर्वाचनमा व्यक्त जनमतको खण्डीकृत व्याख्यातिर कमैको ध्यान गएको देखिन्छ । अन्य पक्षबारे अन्यत्रै बहस होला तर केही त्यस्ता परिणाम छन्, जसलाई यतिवेलै चर्चा नगरे नेपाली राजनीतिमा केही खास पक्षले पारेका र पार्न सक्ने प्रभावबारे ध्यान नपुग्न सक्छ । दीपक मनाङे, रेशम चौधरी, अशोक राई र राजेन्द्र महतोले पाएको मत या समर्थनको स्तरले केही हदसम्म हाम्रो राजनीतिको भावी दिशालाई प्रभावित गर्नेछन् । यसपटकको निर्वाचनमा यी चारजना उम्मेदवारले ल्याएको मत र पाएको समर्थनले दिने संकेतबारे यहाँ केही टिप्पणी गर्न लागिएको हो । वर्चस्वशाली बहस नेपालको समकालीन राजनीतिक मनोविज्ञानलाई पहिचान पक्षधर र विरोधी राजनीतिले धेरै हदसम्म प्रभावित गरेको छ । यस्तो प्रभाव माओवादी जनयुद्धका ...

एउटा धमिलो बुधवार

बुधवार कहिलेकहिँ आतंक लिएर आउँछ मेरा लागि । केहि समय कान्तीपुरमा पाक्षिक कोलम भने पनि हुने गरि विहिवारकै लागि लेख्ने गरेको थिएँ । यता झण्डै साढे चारबर्ष देखि नयाँ पत्रिकामा विहिवार छापिनेगरि  अपवाद बाहेक नियमीत लेखिरहेको छु । राजनीतिक टिप्पणीकारका रुपमा बजारमा टिकीरहन या आफ्ना पाठकहरुलाई निराश नबनाउन प्रयास गर्दा गर्दै मेरो बुधवार जाने गरेको छ । हरेक बुधवार विहान केहि समय सामाजीक सञ्जाल र ९ बजे आईपुग्ने पत्रपत्रिका पढेपछि म लेख्ने विषय निक्र्योल गर्छु । कहिलेकहिँ भने पहिले नै विषय तय हुन्छ र लेख्न सजिलो हुन्छ । यसपटक भने बुधवार फरक किसिमले मन र मथिंगल दुवै हल्लाउने सन्दर्भहरु आफैसंग लिएर आयो ।  मलाई ईरानमा यसपटक भैरहेको जनप्रदर्शनले आकर्षित गरिरहेको थियो । विश्व राजनीतिको शक्ति आफ्नो मुठ्ठिमा पार्न कस्सिएको अ‍ेमरिकाले ईरानमा वामपन्थी प्रभाव कमजोर बनाउन चालेका अनेक कदमबाट फाईदा उठाउँदै भएको ईश्लामिक क्रान्ती पछि स्थापित मुल्ला मौलवीहरुको शासन १९७९ देखि निरन्तर जारि छ । एकातिर अमेरिका खुला तथा गोप्य कार्यवाहि मार्फत ईरानी सत्ता कमजोर बनाउन लागिरहेको छ । अर्कोतिर ईरानी ...