Posts

Showing posts from December, 2017

हु ईज टु बि ब्लेम्ड ?

राष्ट्रिय योजना आयोग र अक्सफोर्ड विश्वविद्यालयको अक्सफोर्ड गरिवी र मानव विकास पहल मिलेर नेपालमा बहु अयामिक गरिवीवारेको पछिल्लो अध्ययन सार्वजनिक गरेका छन । प्रतिवेदनले नेपालमा बहु आयामिक गरिवी सबैभन्दा बढि  प्रदेश नम्वर ६ मा र दोस्रो सबैभन्दा बढि अहिलेको प्रदेश नम्वर २ मा रहेको देखाएको छ । यससंगै नेपालको सामयीक बहसमा यी दुई प्रदेशहरुको गरिवीको स्तर किन यति धेरै भयो भन्ने प्रश्नहरु उठेका छन । अरु प्रदेश र यी प्रदेशका विच के के समानता छन र असमानता के के छन ? स्थानीय रुपमा उपलब्ध स्रोत साधन कमी भएर हो कि भन्ने कोणबाट हेर्दा अरु प्रदेशको तुलनामा यी प्रदेशमा त्यस्तो साधन स्रोतमा कमि पनि देखिन्न । त्यसमाथि प्रदेश नम्वर दुई नेपालको अन्न भण्डार नै मानिन्छ । पर्याप्त जमिन छ । श्रमशक्तिको ठुलो हिस्सा विदेश जान्छ र रेमिट्यान्स पठाउँछ ।  धनुषा त देशकै सबैभन्दा बढि युवा श्रमशक्ति निर्यात गर्ने जील्लामा पर्छ । सडक र यातायात सुविधाका दृष्टिले अरु पहाडी र हिमाली जिल्ला भन्दा यता सुगम छ । तैपनि दुई नम्वर प्रदेश किन गरिवीमा पनि तलबाट दुई नम्वरमा परेको होला ? यसैगरी कर्णाली क्षेत्र समेटेको ६ ...

दि ट्रेजेडी अफ रामचन्द्र पौडेल

(पहिले नै पाठकहरुलाई प्रष्ट पारांैं ः यो लेख रामचन्द्र पौडेलको राजनीतिक अविच्युरी चैं होईन । माधव नेपालले २०६४ को निर्वाचनमा दुईठाउँमा पराजय ब्यहोरे । लगत्तै पार्टी महासचिवबाट पनि राजिनामा गरेपछि उनको राजनीतिक अविच्युरी लेखिएको थियो । तर १५ महिना वित्दा नवित्दा उनै माधब नेपाल चोरबाटोबाट देशको प्रधानमन्त्री नै भएर आए । त्यसपछि मलाई कुनै जिउँदो राजनीतिज्ञको राजनीतिक अविच्युरी लेख्न डरलाग्छ )  नेपालका राजनीतिक दलहरुमा कुनै कार्यकारी अधिकार कम भएको तर देखाउँनलाई ठुलो हैसीयतको देखाउनु पर्ने व्यक्तिलाई व्यबस्थापन गर्न एउटा पद सिर्जना गर्ने चलन छ ः बरिष्ट नेता । त्यस्तो अभ्यास यता एमालेमा पनि छ । पार्टीको दैनीक राजनीतिमा कुनै निर्णायक हैसीयत प्रदर्शन गर्न नपाएपनि कमरेड माधव नेपाल र झलनाथ खनालहरु बरिष्ट नेता कहलिन्छन । काँग्रेसले त गणेशमान सिंहकै समय देखि यस्तो अभ्यास गर्दै आएको हो ।  यस्तो अभ्यासको पछिल्लो चरणमा सभापतिको निर्वाचनमा पराजित भएपछि रामचन्द्र पौडेल पनि परेका छन । उनलाई सबै काँग्रेसीहरु र सञ्चार माध्यमले बरिष्ट नेता भन्छन । काँग्रेसको विधानमै यस्तो व्यबस्था छ कि का...

ओलीतिर सोझिएका आँखा

गत महिना काठमाण्डौको एउटा कार्यक्रममा भाग लिन आएका विख्यात माक्र्सवादी अर्थशास्त्री प्रोफेसर प्रभात पटनायकले एउटा प्रसंगमा नेपालको निर्वाचनमा हुन लागेको सम्भावित वामपन्थी विजयलाई लक्षित गर्दै भनेका थिए ः तपाईहरुकहाँ निर्वाचन बाटै कम्युनिष्टहरु सत्तामा आउने संकेत देखिएको छ । यो सामान्य कुरा होईन । विश्वभरका लागि नै नयाँ सन्देश हो । कम्युनिष्टहरु निर्वाचनबाटै सत्तामा आउन सक्छन, आवधिक निर्वाचनका माध्यमबाट पनि जनताको अनुमोदन लिएर जित्न सक्छन भन्ने संकेत हो यो । यसको विश्वराजनीतिमा गम्भिर महत्व छ । सबैले अब यता ध्यान दिने छन । प्रोफेसर पटनायक आफै नेपालमा निर्वाचन मार्फत कम्युनिष्टहरुले सरकार बनाउन लागेकोमा निकै खुशि र आसावादी देखिन्थे । कमसेकम यताका वामपन्थीहरुले प्रयास गरेमा नवउदारवाद र दक्षिण एशियालाई अप्ठेरोमा पार्दै लगेको मोदीको हिन्दुत्ववादी अतिवादका विपक्षमा वैचारिक बहसका थलोहरु बनाउन सकिने आसा व्यक्त गर्दै थिए । डिसेम्वर १२ चिनको सरकारी मुखपत्र पिपुल्स डेलीको सहप्रकाशन ग्लोबल टाईम्सले नेपालको निर्वाचनवारेको समाचार छापेको छ जसको शिर्षक राखिएको छ ‘प्रो चाईना नेपाल पिएम उड हेल्प इ...

गाउँबाट चुनाव नियाल्दा

अघिल्लो साता चार दिन जति म कास्कीका केहि गाउँहरु पुगें । घर नपुगेको पनि दुई बर्ष भैसकेको थियो । आफ्नो रित्तो र विरानिदै गएको घर पुग्दा त्यसले नेपालका धेरै गाउँको कथा भनेजस्तो लाग्यो । आफु जन्मे हुर्केको, खेलेको लडेको र उठेको आँँगन, वरपरका दृष्यहरु उनै थिए तर आमा बा नवसेको घर घर जस्तो लाग्दो रहेनछ । क्रमशः रित्तिदै गएका वस्तीहरु । मेरो छिमेकमा मेरी माईली आमा र एउटी मुक बहिनी वस्छन । आमा ८० बर्ष छोरी ४५ बर्ष । दुईवटा भैंसी पालेर दुध दुहुँदै बसे पनि एकलास र बुढेसकालका असहायपन भरिएको अनुहार लिएर  आमाले दिएको २ गिलास मोही पिँए । अर्को पट्टिको घरमा एकजना ६५ बर्ष जतिकि सानीमा र उनको त्यति नै उमेरको मुक देवर वस्छन । दुवै घरका अरु सन्तानहरु या पोखरा छन या अरु ठाउँमा अध्यवसाय गरेर बसेका छन । रित्ता घरहरुको यो कथा यताको मात्र होईन । घरहरु रित्तीएसंगै पाखोवारीको जोतभोग घटेको छ । बारीहरु बाँझै पल्टेका छन । यो दृष्य भाचोकको पनि हो । यहि दृष्य थाकको पनि हो ।  माझठानामा भने जिल्लाकै उत्कृष्ट उब्जाउ टारी भएकोले किसानहरु अझै पनि खेतीपाती गर्दै रहेछन । कसैको खेत बाँझो थिएन । त्यहाँका किसान...