Posts

Showing posts from April, 2015

२२ अप्रिलको सेरोफेरो

हिजो अर्थात् अप्रिल २२ । नेपालका वामपन्थीका लागि २२ अप्रिल विशेष महत्त्वको मानिन्छ । यता भोलि ११ वैशाख नेपालमा दोस्रो भनिने ०६२/६३ को जनआन्दोलन सफल भएको दिन, नेपालका साम्यवादी र उदारवादी दुवैका लागि एउटा ऐतिहासिक दिन हो । यस दिनका लागि योगदानका दृष्टिले तत्कालीन नेकपा माओवादीको सशस्त्र विद्रोह र सडकमा रहेका कम्युनिस्ट तथा बुर्जुवा उदारवादीसहित सम्मिलित संसद्वादी दलहरूको संयुक्त आन्दोलन सफल भएको दिन दुवैका लागि महत्त्वको मानिन्छ । अझ यी दुवैका तर्फबाट यो आन्दोलनमा जस आफ्नो बढी छ भनेर दाबी गर्न प्रतिस्पर्धा नै छ । ११ वैशाखका उपलब्धिको संस्थागत व्यवस्थापन हुन नसक्दा अहिले जे–जति समस्या आइइलागेका छन्, तिनको अपजस भने यी सबै शक्ति एक–अर्कालाई पन्छाएर आफ्नो शरीरको सुकेलुतो कन्याइरहेका छन् । अहिलेको अव्यवस्था, राज्यको स्रोत–साधनको लज्जास्पद लुट, लोकतान्त्रिक संस्था र संरचना तथा सांस्कृतिक मूल्यको तीव्र स्खलन र समाजमा व्यापक अनुभव गरिँदै गएको हुने र नहुनेबीचको बढ्दो खाडल र अविकासले सो आन्दोलनमा सर्वसाधारणले बगाएको रगत र देखाएको सहभागिताको खिल्ली उडाएको छ । त्यतिवेलाको जाज्वल्यमान नेतृत्वको ...
पmुल कहाँ फुल्छर हाँगै भाँचेर आसा छ यो आलेख छापिनु अगाडी नै डा. गोविन्द केसीको अनसन सकिने छ । तर उतिकै निस्चित भएर भन्न सकिन्छ ः उनले उठाएका प्रश्नहरुले अझै धेरैबर्ष नेपालको स्वास्थ्य शिक्षा र उपचार क्षेत्रमा विषद बहस र नीतिगत परिवर्तनको माग गरिरहने छन् । नयाँ नयाँ गोविन्द केसीहरुको आन्दोलन, हड्ताल या हस्तक्षेप विना स्वास्थ उपचार र स्वास्थ्य शिक्षालाई सर्वसाधारण मानिसहरुको पहुँचमा ल्याउन सकिने छैन । न त नाफामुलक स्वास्थ्य शिक्षाका अहिले रोपिएका झारहरु नै उखेलेर सकिने छ, बरु ती एकपटक रोपिएका झारहरु फुल्दै फल्दै फेरि झर्दै र उम्रदै गर्ने छन् फैलने छन् । जहाँको राजनीतिका मुल नीति बनाउनेहरु राज्यको उत्तरदायीत्व क्रमशः बजारलाई हस्तान्तरण गरेर आफ्नो खाईजीवीका चलाउनुलाई बहादुरी सम्झन्छन् त्यहाँ यो भन्दा बढि आसा पनि गर्न सकिन्न । तर यो साता जसरी केसीको अनसनले नेपालको राजनीति, बजारका पुजारी पण्डाहरु र भृत्यतन्त्रको सातो त्यो भने निकै उत्साहजनक छ, तारिफयोग्य छ र एउटा आसाको झिल्को उठाउने खालको छ । यसबारे पछि, अहिले प्रसंग हड्तालले सिर्जेको बहसको । एकजना व्यक्तिको सत्याग्रह या हठाग्रहको तागत कत...

डाँडा पारिको गाउँमा देवताको शासन

“हरेक महिना शुक्लपक्षको द्धादशीको दिन पुग्ने गरि फटकशिलामा रहेको महास्नान गुठिको जमिनमा कमाई गर्ने मोहिहरुले मिलेर २७ पाथि गाईको दुधबाट बनेको  दहि २२ मुरि धानको चामल ३६ भारि दाउरा १० पाथी मकै २ वटा बोका १२ पेरुङ्गा माछा ११ भारि सालको पात, घ्यु, मौसम अनुसारको फलफुल, सहित ८४ व्यञ्जनका लागि आवस्यक पर्ने सम्पुर्ण सामाग्री पशुपति गुठिमा लानुपथ्र्यो । यस्तो जीन्सी जम्मा जम्मी हरेक महिना ९६ भारिका दरले लागिन्थ्यो । पहिलो दिन साँखु पुगेर बास बस्यो । दोस्रो दिन पशुपति पुगेर सामाज बुझायो र फर्केर फेरी साँखुमा बास बस्यो । तेस्रो दिनमा घर आईपुग्यो । त्यसमाथि सालका लिंगा समेत यतैबाट पुर्याउनु पथ्र्यो ।” – रामभक्त दनुवार (५९),  शम्भुप्रसाद घोरसाईने (५९),  हस्तविर लामा (७०) र अरुहरु । मेलम्ची नगरपालीका, फटकशिला, सिन्धुपाल्चोक । २०७१ चैत्र २७ गते । दिनको १२ बज्दै छ । फटकशिलाको यो दक्षिण मोहडामा ढल्केको गाउँमा गर्मि चढ्दै छ । वरपर हरिया र भरखर पालुवाहालेका रुखहरुले सितल छर्न खोजेपनि बाँझा गरा र खाली कान्लाबाट निस्केको रातोमाटोको ताप निकै बढि छ । मेलम्ची खानेपानि आयोजनाको सहयोगमा...

रामनाथसंगका केहि सम्झना

चैत्र २३ गते विहान एमालेको केन्द्रीय कार्यालयको प्राङ्गण । रामनाथ ढकालको शव एक किनारमा राखिएको थियो । बल्खु दरवारको रंग उस्तै थियो, आँगनमा दक्षिणभिमुख कमरेड मदन भण्डारीको शालीक उसरी नै दक्षिणतिर हेरिरहेको थियो । परिसर भित्रको चौर चैत महिनामा पनि हरियो थियो । रामनाथको लास वरपर जम्मा भएका धेरैजसो मानिसहरु तीनै थिए जससंग जीवनको केहि हिस्सा हामीले संगै विताएका थियौं । मित्रता जता पनि हुनसक्छ, विद्यालय या कलेज पढ्दा, गोठालो जाँदा या जागिर पेशामा संलग्न हुँदा । तर राजनीतिक आन्दोलनमा लाग्दाको मित्रताको गाँठो धेरै ढंगले बलियो हुन्छ । कमसेकम हामी निरंकुश शासनलाई फाल्न संगठित प्रयासमा लागेकाहरुले व्यहोर्ने सत्य यहि हो । हरेक क्षण सत्ताको क्रुर पञ्जासंग पौंठेजारी खेल्दै संघर्ष गरिरहँदा एकाकार भएकाहरुको मित्रताको डोरी । यतिवेला राजनीतिक दल र तीनका नेता कार्यकर्ताहरुका तिक्ततापुर्ण घात अन्तर्घातलाई नियालेर ईतिहासको त्यस कालखण्डमा गरिएको संघर्षको उज्यालोलाई समेत निषेध गर्ने जनमत बलियो बन्दैछ । तर त्यतिवेला संघर्षमा होमिएकाहरुलाई मात्रै थाह छ, जेल पर्नेहरुका, कठोर यातना सहनेहरुका, सपनाहरु छिमलिएकाह...