Posts

Showing posts from February, 2015

मेल गराउँछन् धर्मशाला !

प्रसिद्ध भारतीय कवि हरिवंश राय बच्चनको चर्चित काव्य छ मधुशाला । श्रव्य स्वरुपमा समेत उपलब्ध यो कविता नेपालका साहित्य अनुरागीका विचमा मात्र होईन अमिताभका फ्यानहरुका विचमा पनि चर्चामा रहन्छ । यसको सस्वर वाचन पनि अमिताभले गरेका छन् । त्यसैको एउटा पंक्तिको सार छ मन्दिर मस्जिदका नाममा झगडा गर्नेहरुको मेल मधुशालाले गराउँछ । राजनीतिक, साँस्कृतीक या आर्थिक मुद्धामा दिनभर एकअर्काको विरोध गर्ने र उस्तैपरे काटमार गर्नेहरु साँझपख एउटै मदिरालयमा मदिरापान गर्न पुग्छन् । यसरी मदिरालय एकताको एउटा शुत्र बन्छ । मुसलमान औ हिन्दु है दो, एक, मगर, उनका प्याला, एक, मगर, उनका मदिरालय, एक, मगर, उनकी हाला, दोनों रहते एक न जब तक मस्जिद मन्दिर में जाते, बैर बढाते मस्जिद मन्दिर मेल कराते मधुशाला ! नेपालमा भने अलि गोलमाल र उल्टोपाल्टो दृष्य उपस्थित छ । केहि स्थान छन् जसले एकअर्काको विपरित दिशामा यात्रा गरिरहेका देशका बडे बडे नेताहरुलाई एकैठाउँमा चाकडी गराउन पुर्याउँछन् । केहि बर्ष यता देशको राज्यकोष देखि सर्वसाधारणको थैलीसम्म अतिक्रमण गर्दै अनेकानेक मठ मन्दिर बनाउँने, आश्रम निर्माण गर्ने र अनेकानेक यज्ञ महाय...

एमालेको गाह्रो साह्रो

महाकाली सन्धी पछि राष्ट्रिय राजनीतिमा अनेक दुःख र अवरोहको सामना गरेको नेपाल कम्युनिष्ट पार्टी (एमाले) यतिखेर निकै चर्चामा छ । संविधान सभाको दोस्रो ठुलो दल र सरकारको मुख्य सहयोगी दलका साथै चुस्त दुरुस्त मानिने आन्तरिक व्यवस्थापन र संगठन सहितको यो दल चर्चामा आउनुलाई सामान्य मान्दा हुने हो । तर वास्तविकता भने अलि फरक छ । यतिवेला ‘पार्टी’ एमाले भन्दा त्यसका अध्यक्षको चर्चा बढि भएको छ । जुन पार्टीका अध्यक्ष चर्चामा छन् त्यो अध्यक्षको मात्र चर्चा नभएर पार्टीको पनि चर्चा मानिने हुँदा एमाले चर्चामा देखिएको हो । धेरैबर्ष पछि उक्त पार्टीको लिंग छुटिन लागेको भनेर एमाले जनहरु खुशि छन । स्तब्ध छन् प्रतिपक्षीय मोर्चाका नेताहरु । र प्रफुल्ल छन मुख्य प्रतिद्धन्दी पार्टीका कार्यकर्ताहरु । जब कमरेड ओली पार्टी अध्यक्ष भए तवदेखि ओली र एमालेको व्यक्तित्वको ओभरल्यापिङ् भएको छ (यसबारे मित्र वसन्त वस्नेतको बालकोट पुराण चर्चामा छ) । अर्थात कमरेड ओलीलाई हेर्दा एमाले एमाले जस्तो अनि स्वयं एमाले हेर्यो ओली ओलीजस्तो देखिएर द्धिविधा उत्पन्न हुने अवस्था सिर्जना भएको छ । यसले कैलैकाहि यो टिप्पणीकारका आँखा समेत तिरम...

त्यो फुत्केको कत्ले माछो

नीयमित स्तम्भ लेखन पनि जागिरकै हिस्सा हुँदैनथ्यो भने म यो घिसेपिटे निवन्ध लेख्नेबारे सोच्ने पनि थिईन । दालभात, ग्याँस, आलु, प्याज, लसुन, जीरा, जुत्ता, मोजा या मोवाईलको रिचार्ज कार्ड जस्ता कुराका लागि दिनदिनै केहि न केहि  खर्च गर्नै पर्ने नहुँदो हो त यो जागिर अवस्य खाईने थिएन । मलाई त के लाग्छ भने हामीकहाँका अधिकाङ्स लेखकहरु मेरै जस्तो कारणले लेख्छन र बाहिर बाहिर चंंैं के के न गरेको देखाई टोपल्छन् । यस्तो भ्रममा बस्न कहिलकहिले मलाई पनि मनपर्छ । म यता लेख्न वसिरहेको छु र उता भित्ताको र्याकमा राखिएका पुस्तकको चाङवाट चिमामान्दा अदिचि या गाव्रियल गार्सिया मार्खेज, प्लेखानोभ या फुकुयामा, किसिञ्जर या लियो रोज, हर्क गुरुङ् या महेशचन्द्र रेग्मी, खगेन्द्र संग्रौला या देवेन्द्रराज पाण्डे, किशोर नेपाल अथवा डा. बाबुराम भट्टराई, रामचन्द्र गुहा या अमत्र्य सेन अथवा समकालीन या पुराना अनेकवली लेखकका पुस्तकले चीयाईरहेका छन् । मलाई तीनले गिज्याईरहे झैं लाज लाग्छ । उसो त म कुनै निवन्ध लेखक पनि होईन । राजनीतिक टिप्पणीका सनातन शब्दहरुलाई उल्टाईपल्टाई खेल्ने औसत लेखनी भएको म जस्तोले निवन्ध लेख्ने शिप फेर...