पावर ट्रेडको भ्रम
गरिव हुनु व्यक्ति या परिवारको जीवनमा मात्र होईन देशको जीवनमा पनि निकै कष्टदायक कुरा हो । नेपाल गरिव छ त्यसैले यो छट्पटिमा छ । त्यसमाथि नेपालले अहिलेसम्म न त स्थिर सरकार पाएको छ न त स्थिर नेता । नेता जब आफ्नो राजनीतिक भविष्यका बारेमा अनिस्चित हुन्छन् तव उनीहरुले देशका बारेमा होईन आफ्नो राजनीतिक भविष्यका बारेमा मात्र सोच्न थाल्छन् । त्यस्तो देशले प्रगति गर्नु झण्डै असम्भव कुरा हो । नेपालमा गएका २४ बर्षमा भएको राजनीतिक परिवर्तन, नेतृत्व परिवर्तन अझै स्थिर नभैसकेको राजनीतिक व्यबस्थालाई हेर्यो भने देखिन्छ हाम्रो देशले नीतिगत स्थिरताको बाटो समात्न अझै लामो समय कुनुपर्ने हुन्छ । नेपालकोजस्तो भुराजनीतिक व्यबस्था भएको मुलुकका लागि राजनीतिक स्थिरता नै विकासको प्रमुख शर्त हो । भारतका रणनीतिक स्वार्थहरुसंग टक्कर नलिईकनै नेपालका दिर्घकालीन रणनीतिक हितहरुको रक्षा गर्नुपर्ने चेपुवामा पर्नु यहाँको हरेक नेतृत्वको नियती नै हो । तर अहिलेसम्मको प्रवृर्ती हेर्दा धेरैपटक नेपालको राजनीतिक नेतृत्व भारतीय अवधारणा या धम्कीको शरण पर्ने गरेको देखिएको छ । जसले टक्कर लिन या नेपालका हितहरुलाई प्राथमिकतामा राख्यो उ...