Posts

Showing posts from April, 2014

राजनीतिको निराशालाग्दो अनुहार

संविधानसभाको पहिलो निर्वाचनबाट दोस्रो निर्वाचनसम्म आउँदा, खासगरी नेपाली कांग्रेसका सभापति सुशील कोइराला प्रधानमन्त्री बनेपछि नेपाली राजनीतिले एउटा चक्र पूरा गरेको छ । यसको एउटै मात्र सन्देश हो : जनआन्दोलन र आन्दोलनहरूको प्रभाव सेलाएको छ, देशका सबै राजनीतिक नीति निर्णयमा परम्परागत सम्भ्रान्त वर्गले फेरि पूर्ण नियन्त्रण जमाएको छ । नेतृत्वमा रहेका व्यक्ति, प्रवृत्ति र तीनको गतिले ०४८ देखिको राजनीतिक लय समातेको छ । राज्यका आर्थिक नीतिहरूमा नवउदारवादको अर्को चरणको थालनी, सार्वजनिक संस्थाहरूको हुर्मत, फरक विचार र मतमाथिको दमन र मूल रूपमा पछिल्लो समय देशमा भएका सशस्त्र, निशस्त्र विद्रोहको प्रतिधु्रवमा बस्ने तीनको मानसिकता एउटै छ । केही समय राजदरबार र कांग्रेस–एमाले वृत्तमा विभाजित भएर दुवैतर्फ गोडा टेकेर उभिएको दलाल पुँजीपति वर्ग र त्यसको बाह्यविरादरीले अब अहिलेको सत्तावृत्तमा मात्रै खुट्टा टेकेर उभिने अवसर पाएको छ । माओवादी र मधेसवादीको कमजोर उपस्थितिसहितको संसद्को आधारभूत चरित्र पनि ०५१ अगाडिकै जस्तो गरी दोहोरिएको छ । यसले समाजमा एकप्रकारको छटपटी बढाइदिएको देखिन्छ । यसका प्रतिक्रिया पनि...

वामपन्थी बहसको यो पक्ष

केही समययता नेपाली छापामा विभिन्न कोणबाट विचारधारात्मक बहसका प्रयास भएका छन् । हिजै मात्र दोबाटोमा उभिएको लोकतान्त्रिक आन्दोलन शीर्षकमा नारायण ढकालले र अंकगणित र डिस्कोर्सको खेल शीर्षकमा उज्वल प्रसाईंले एउटा दैनिक पत्रिकामा चालू वैचारिक बहसको अवस्थाबारे चर्चा गरेका छन् । ढकालले अहिले नेपाली राजनीतिको नेतृत्व गरिरहेका नेताको जडताले ‘समाज विकासको चौतर्फी संरचना र गतिलाई सुस्त, अस्थिर र पश्चगामी बनाएको’ निष्कर्ष निकालेका छन् । महाधिवेशनको मुखमा एमालेमा थालिएको वैचारिक बहसमा घनश्याम भुषालको समूहले अगाडि सारेको विचारलाई स्थापित गर्न सके एमालेले सही बाटो लिन सक्ने भए पनि त्यसलाई ग्रहण गर्न या आफ्नो सन्निकट संकट पहिचान गर्न एमाले पंक्ति निराशाजनक रूपमै तत्पर नरहेकोतर्फ उनले संकेत गरेका छन् । ढकालको सबैभन्दा महत्त्वपूर्ण टिप्पणी भने ‘लोकतन्त्र र सामाजिक न्यायका अहं कार्यसूचीमा बहिर्गमन तथा नवउदारवादका सर्तमा आत्मसमर्पण हाम्रा तमाम वामपन्थी दलको मौलिक विशेषता बन्दै गएको’ भन्ने रहेको छ । प्रसार्इंले ०६३ को जनआन्दोलनपछिको नेपालमा स्थापित भएको नेपाली राज्यको पुनर्संरचनासम्बन्धी क...

टेकनाथ बराल र कम्युनिस्ट संस्कृति

Image
केही महिनाअगाडि पोखराका वामपन्थी नेता तथा नागरिक समाजका अगुवा टेकनाथ बराल पारिवारिक जमघटमा भेट भए । उनैको परिवारका सदस्यको विवाह कार्यक्रम थियो । विवाह परम्परागत ढंगले सम्पन्न हुँदै थियो । बराललाई त्यति चित्त बुझिरहेको थिएन । त्यसमा हस्तक्षेप गर्न मिल्ने कुरा थिएन, गर्न हुँदैनथ्यो । बूढाले परम्परागत संस्कृतिको साटो नयाँ र समतापूर्ण संस्कृतिको स्थापना गर्ने आफ्नो प्रयास कतै नयाँ पुस्तामा हस्तान्तरण नै गर्न नसकिने पो हो कि भन्ने चिन्ता जाहेर गरे । पाँच दशकभन्दा बढी नेपालको कम्युनिस्ट तथा लोकतान्त्रिक आन्दोलनमा लागेका, ७५ वर्षीय बराल लामो समयदेखि केही फरक अभ्यास गरी आएका छन् । उनी परम्परागत रूपमा हिन्दू परिवारले सम्पन्न गर्ने सांस्कृतिक या धार्मिक चाडपर्व या परम्परा मनाउँदैनन् । दसैँमा टीका लगाउने, दक्षिणा दिने, पितृश्राद्ध गर्ने परम्परा उनले त्यागेको दशकौँ भयो । पोखराको नुवारथोक, बैदामनजिक, एउटा सम्पन्न परिवारमा जन्मेका बराल जहिलेदेखि कम्युनिस्ट पार्टीमा लागे त्यतिवेलादेखि नै विद्रोही स्वभाव निरन्तर लिएर बसेका छन् । राजनीतिक कारणले निर्वासित भएर लामो समय बनारसमा बिताएका, संस्था...