सी जिनपिङको 'चाइना ड्रिम’
सी जिनपिङको 'चाइना ड्रिम’ गतसाता सम्पन्न चीनको संसद अधिवेशनले कम्युनिष्ट पार्टीका महासचिव सि जिनपिङलाई राष्ट्रपतिमा र लि केछियाङलाई नयाँ प्रधानमन्त्रीका रूपमा चयन गरेको छ । उनीहरूले क्रमशः हु जिन्ताओ र वेन जियाबाओको स्थान लिएका छन् । यससँगै जनगणतन्त्र चीनको स्थापनापछि जन्मे-हुर्केको तथा सांस्कृतिक क्रान्तिका उथलपुथलका वर्षहरूमा दमनको सिकार हुँदै राजनीतिक शिक्षा हासिल गरेको पहिलो पुस्ताका हातमा नेतृत्व पुगेको छ । त्यो पनि यस्तो बेलामा यो समूह -सि र लि) चीनको नेतृत्व गर्दैछ, जतिबेला विश्वको शक्ति सन्तुलन क्रमशः बदलिँदैछ । विश्व रंगमञ्चमा चीनको भूमिका स्थापित हुने क्रममा छ । अमेरिकाले विश्वको एकल प्रभुका रूपमा आपmनो स्थान गुमाउन सुरु गरेको छ, जसकोे परिणामस्वरुप दुई विचारधारा, दुई विश्व दृष्टिकोणबीच टक्कर हुने संक्रमणकालीन हलचल अनुभव गरिँदैछ । पार्टीको महासचिव भएपछि सिले अगाडि सारेका दुइटा चर्चित भनाइहरू 'चीनको पुनरोदय' र 'चिनियाँ सपना'ले अहिले चीनभित्र र बाहिर एउटा तरंग ल्याएका छन् । मेरो विचारमा यसले चीनको आगामी बाटोका कुरामात्र गर्दैन, बरु यस शताव्दीका बाँकी सम...