Saturday, January 26, 2013

मेरो पुस्तक माथि एउटा टिप्पणी एस्तो पनि


emns ;'j]bLsf] ;flxTo ofqf
–;ª\uLt >f]tf
सङ्गीत श्रोता
सन् १९६६ मा बेइजिङमा भएको अफ्रो–एशियाली लेखक सङ्घको अन्तर्राष्ट्रिय सम्मेलनमा मलेसियाली लेखकहरूले नेपाली लेखकहरूलाई निकै तिखा प्रश्न गरेका थिए– ‘तपाईंहरू नेपालबाट आएको हो ? तपाईंहरू आफ्ना छोराछोरीहरूलाई किन हाम्रो मुक्ति आन्दोलन दबाउन पठाउनुहुन्छ ? तपाईं लेखकहरू भएर पनि किन केही विरोध गर्नुहुन्न ? हामी त मुक्ति युद्धमा समर्थन गर्न यहा“ आएका हौं । तर, तपाईङ्का छोराछोरीले त्यहा“को हाम्रो त्यही मुक्ति युद्ध दबाइरहेका छन् ।’ प्रश्न नेपालबाट सहभागी हुन गएका कवि सिद्धिचरण श्रेष्ठ र समालोचक गोविन्द भट्टलाई गरिएको थियो । मलायामा तिनताका कम्युनिस्टहरूको छापामार युद्ध चलिरहेको थियो र ब्रिटिस सरकारले त्यो जनमुक्ति आन्दोलन दबाउन गोर्खाली सेनाहरूको प्रयोग गरेको थियो । मलेसियाको कालिमाङटाङमा भएको लडाइ“मा गोर्खालीहरूले नै भयङ्कर दमन गरेका र कसैले पक्रन वा मार्न नसकेका रहमान नामका ठूला गुरिल्ला नेता मारिदिएका रहेछन् । अनि किन झोङ्क नचलोस् मलेसियालीहरूलाई ? उनीहरूले सम्मेलनको एजेन्डाकै रूपमा कुरा उठाए, ‘गोर्खालीहरूले गर्दा हाम्रो त्यत्रो ठूलो नेताको हत्या भयो, हामीलाई कत्रो समस्या भयो । यसको विरोधमा केही गर्नुप¥यो ।’ पछि सम्मेलनले पास गरेको घोषणापत्रमा ‘गोर्खालीहरूलाई विदेशी सैनिकमा भर्ना गरेर ठाउ“ठाउ“का मुक्ति आन्दोलन दमन गर्न प्रयोग गर्ने र अर्काको देशमा गएर साम्राज्यवादी युद्धको समर्थनमा लड्ने कुराको विरोध गर्छौं’ भन्ने आशयको बु“दा पारिएको थियो ।
संसारका वामपन्थी लेखकहरूको यो प्रसङ्ग यहा“ उठाउनुको कारण हो– साम्राज्यवादी मुलुकको स्वार्थका लागि सुरु गरिएको गोर्खा भर्तीको विरोध लेखक÷कलाकारद्वारा आधा शताब्दीअघिदेखि विश्वस्तरमै भएको थियो भन्ने तथ्य स्मरण गर्नु । र, यस्तो तथ्य सम्झाएको हो लेखक तथा राजनीतिक विश्लेषक झलक सुवेदीको नया“ पुस्तक ‘ब्रिटिश साम्राज्यका नेपाली मोहरा’ले । सुवेदीले आफ्नो नया“ पुस्तकमा ठाउ“ठाउ“मा उल्लेख गरेजस्तो नेपाली कला–साहित्यमा गोर्खा भर्तीको प्रभाव व्यापक देखिएको सन्दर्भ एकातिर छ भने अर्कोतिर यसको विरोध पनि सिर्जनाको माध्यमबाट भइनैरहेको पाइन्छ । नेपाली वाम–सांस्कृतिक आन्दोलनमा गोर्खा भर्तीविरोधी भावना निकै बलियो छ, त्यसको एउटा गतिलो उदाहरण पञ्चायतकालमा बहुचर्चित भएको ‘सिम्मा’ गीतिनाटक पनि हुन सक्छ । अहिले लेखक सुवेदीले भने गोर्खा भर्तीका बारेमा यसअघिजस्तो ठाडोठाडो विरोधको साहित्य लेखेका छैनन्, बरु पुस्तकको उपशीर्षकमा भनिएझैं यसमा तथ्य–तथ्याङ्कको आधारमा गोर्खा भर्तीको नालीबेली नै खोलेका छन् । सुवेदीको यो पुस्तक गोर्खा भूतपूर्व सैनिक सङ्घ अर्थात् गेसोका सभापति पदमबहादुर गुरुङको जीवनको चरबाट प्रवेश गरेर नेपालको पछिल्लो इतिहास, गोर्खा भर्तीको भ्रुणदेखि विकासका चरण र ब्रिटिश साम्राज्यको अन्याय विरुद्ध गेसोले चलाएको आन्दोलनसम्म विस्तारित भएको छ । लाखौंलाख नेपाली युवाहरूले कसरी आफ्नो जवानी र ज्यान ब्रिटिसका हितमा सुम्पे, कसरी उनीहरू सधैं लडाइ“का अग्रमोर्चामा मात्रै धकेलिए, लडाइ“ सकिनासाथ कसरी जबर्जस्ती बिनाकुनै सुविधा घर धपाइए, लाहुरे हुने धुनमा कसरी नेपालका खासखास आदिवासी÷जनजातिको सभ्यता र संस्कृति ध्वस्त हु“दै गइरहेको छ, बिट्रिस साम्राज्य स्वयंले गोर्खालीलाई मान्छेको मासु खाने रक्तपिपासु जातिका रूपमा संसारभरि किन प्रचार गरिरहेको छ, यस्ता तमाम प्रश्नहरूको गुजुल्टो फुकाउ“दै सुवेदीले गोर्खा भर्तीलाई नेपालको नाममा एक प्रकारको कलङ्क घोषणा गरेका छन् ।
‘ब्रिटिस साम्राज्यका नेपाली मोहरा’ इतिहासलाई आधार बनाएर लेखिएको झलक सुवेदीको साहित्यिक पुस्तक हो । प्रकाशन भएको एक–डेढ महिनायता बजारमा यसको चर्चा भइ नै रहेको छ । धेरै समीक्षक÷टिप्पणीकारहरू यसलाई साहित्यको होइन, इतिहासको ‘पपुलर’ पुस्तक भनिरहेका छन् । तर, पुस्तकमा ऐतिहासिक विषय, घटना र अन्य तथ्यहरू भएका भए पनि मूलतः यसको चरित्र साहित्यिक छ । यसलाई साहित्यिक पुस्तकको कोटीमा नराख्नु पर्ने कारण केही छैन । के साहित्यको विषय इतिहास बन्न सक्दैन ? के साहित्यमा तथ्यहरू राख्नै हु“दैन ? इतिहासका विषयलाई लिएर साहित्यमा आख्यान (उपन्यास र कथा), कविता (महाकाव्य, खण्डकाव्य र फुटकर कविता) र गैरआख्यान लगायतका सबै विधा विगतमा पनि लेखिंदै आएका छन् र आगतमा पनि लेखिंदै जानेछन् । नेपाली साहित्यका सन्दर्भमा झलक सुवेदीको यो कृति इतिहासप्रधान गैरआख्यान साहित्यिक कृति नै हो । त्यसको पुष्टि स्वयं यही कृतिको शैली र चरित्रले गर्छ । जनआन्दोलन २०६२÷०६३ को सेरोफेरो र गणतन्त्र स्थापना (२०६५) पछिको नेपाली साहित्यले इतिहासको पुनव्र्याख्या र स्थापित सामाजिक–सांस्कृतिक मूल्यहरूको पुनर्रचनामा जोड दिंदै आएको छ । गणतन्त्रोत्तर साहित्यको प्रवृत्तिगत वैशिष्ट्यलाई सुक्ष्मतापूर्वक अध्ययन र विश्लेषण गर्ने हो भने त्यसले आफ्नो अन्तर्वस्तु र रूप दुवैमा नया“ चरित्र ग्रहण गरिसकेको छ । कविताका क्षेत्रमा होस् या आख्यानका विधाहरूमा अथवा गैरआख्यान सिर्जनाका क्षेत्रमै किन नहोस्, आधा दशकयताको साहित्यले आफ्नो मूल्य स्थापनामा नया“पन दिइसकेको छ । सुवेदीको ‘ब्रिटिस साम्राज्यका नेपाली मोहरा’ पुस्तक नेपाली साहित्यको गणतन्त्रोत्तर अवधिको प्रतिनिधि गैरआख्यान कृति हो भन्न कन्जुस्याइ“ गर्नुपर्ने कारण छैन । भलै, यसले आफूभित्र इतिहास विधाका कतिपय प्रविधि र तŒवलाई अपनाएको वा ऐतिहासिक सन्दर्भलाई व्यवस्थित रूपमा प्रस्तुत गरेको किन नहोस् † कला–साहित्य हुनका लागि सामाजिक चेतनाका अरु रूपभन्दा बाहेकको आवश्यक प्रमुख तŒव भनेर सौन्दर्यात्मक पक्ष्ँलाई मान्ने गरिन्छ । सुवेदीको यो पुस्तकमा सौन्दर्यात्मक पक्ष कति प्रभावशाली छ भन्ने त विभिन्न अखबारमा आइसकेका प्रारम्भिक समीक्षाहरूले पनि उद्घाटन गरिसकेका छन् । पदमबहादुर गुरुङलाई केन्द्रमा राखेर आएका अरु केही अवकाशप्राप्त पूर्व गोर्खा सैनिकहरू ब्रिटिस साम्राज्यको अन्यायपूर्ण व्यवहारबाट पीडित गोर्खालीका प्रतिबिम्बहरू हुन् । यथार्थलाई पुनःसिर्जन गर्ने क्रममा सुवेदीले कहीं कलात्मक र विश्लेषणात्मक पक्षमा मिहिन ढङ्गले ध्यान पु¥याएका देखिन्छन् । यस अर्थमा ‘ब्रिटिस साम्राज्यका नेपाली मोहरा’ लाई शुद्ध इतिहासको पुस्तक मात्रै ठान्दा कृति र कृतिकार दुवैमाथि अन्याय हुन जान्छ ।
पृष्ठभूमि हेर्ने हो भने झलक सुवेदी आफ्नो समय र क्षेत्रका विद्यार्थी आन्दोलनका अगुवा थिए । गण्डकी–धौलागिरी क्षेत्रमा युवा विद्यार्थीको राजनीतिक थलोका रूपमा परिचित पृथ्वीनारायण क्याम्पस, पोखराका एकताकाका उनी स्वतन्त्र विद्यार्थी युनियनका सभापति समेत हुन् । बहुदलस्थापनाको केही समयपछि छोटो समयका लागि उनी मेरो गाउ“छेउको क्याम्पसमा अर्थशास्त्र पढाउन गएका थिए । पढाउने वहाना थियो, अन्तर्यमा उनी त्यहा“ पनि राजनीति गर्न गएका थिए । सुवेदीस“ग नेपाली वाम राजनीति गरेको अनुभव छ, पढाएको अनुभव छ, ‘नेपाल’ साप्ताहिक, ‘नया“ पत्रिका’देखि ‘मूल्याङ्कन’ मासिकसम्ममा रहेर पत्रकारिता जगतको अनुभव पनि स“गालिसकेका छन् । ठीक यतिखेर भने उनी एकोहोरिएर साहित्य सिर्जना गर्ने मुडमा छन् । नेपाली साहित्य फा“टका लागि यही सुखद् कुरा हो, यति अनुभवसम्पन्न र भुक्तभोगी व्यक्ति प्रतिबद्ध भएर साहित्यमा होमियो भने साहित्य क्षेत्र पक्कै समृद्ध हुनेछ । अहिले सुवेदीस“ग एउटा सामान्य पाठकले गर्ने अपेक्षा यही हो ।
विवेच्य पुस्तकलाई झलक सुवेदीको साहित्य यात्राको थालनी भन्न सकिन्छ । त्यसो त सुवेदी फुटकर लेखनमार्फत् अहिलेको नेपाली साहित्यमा हस्तक्षेप गरिसकेका स्रष्टा हु“दै हुन् । उनका कथा, निबन्ध र अप्रकाशित उपन्यास–अश पाठकबीच पुगिसकेका छन् । तर, पुस्तकाकार कृतिका रूपमा उनको प्रवेश इतिहासप्रधान गैरआख्यान विधाबाटै भयो । यस पुस्तकको आद्योपान्त गम्भीरतापूर्वक अध्ययन गरेपछि साहित्यमा रुचि राख्ने पाठकमा यस्तो भाव उत्पन्न हुन सक्छ– ‘साहित्य यसरी पनि लेख्न सकिंदो रहेछ नि † गैरआख्यान मात्रै होइन, आख्यान र कविताका क्षेत्रमा पनि गोर्खालीहरूका बारेमा लेख्न सकिने विषय त कति रहेछन् कति † अबको साहित्य लेखनले पुरानो ढर्रा छाडिसकेछ †’ उल्लेख्य कुरा के छ भने अहिलेसम्म वाम–सांस्कृतिक आन्दोलनको मात्रै नारा बनिरहेको गोर्खा भर्तीको विषयलाई झलक सुवेदीले कति गम्भीर र विश्लेषणात्मक तरिकाले लेखेका छन् भने पाठकमा प्रश्न उत्पन्न भइहाल्छ– के गोर्खा भर्ती वामपन्थीको मात्रै एजेन्डा हो ? के यो एउटा सार्वभौम मुलुकको स्वाभिमानको प्रश्न होइन ? पुस्तकले सत्ता राजनीतिमा सक्रिय वा विपक्षमा कुर्लिरहेका शक्ति सबैलाई गोर्खा भर्तीका सम्बन्धमा सोच्न आग्रह गर्छ । सुवेदीले पुस्तकको उत्तराद्र्धमा त भनेकै छन्– ‘....दुई सय जनाको भाग्यका लागि नेपालको नाममा एक प्रकारको कलङ्क राखिरहनुको के अर्थ हुन्छ भन्ने यो पंक्तिकार कत्ति बुझ्दैन ।’ नेपाली आ“खा र नेपाली मौलिकतासहित नेपाली लेखकले नै ब्रिटिस साम्राज्यको भर्ती–उत्पीडनमाथि लेखेको यो पुस्तकले यस्तो उत्पीडनको विरोधको भाव जागृत गर्ने सामथ्र्य बोकेको छ । ‘लाहुरे परम्परा र गोर्खा भर्तीको विषयले आगामी लामो समयसम्म नेपालको अर्थतन्त्र, समाज, संस्कृति र एक हदसम्म राजनीतिलाई पनि प्रभावित गरिरहनेछ’ भन्ने लेखकको प्रस्थापनापूर्ण लाग्ने अभिव्यक्तिलाई गलत सावित गर्ने उपायको खोजीमा लेखक स्वयं भएको पुस्तकले प्रष्ट्याएको छ ।
आफ्नो साहित्य लेखनको आरम्भ नै गोर्खा भर्ती जस्तो एकदमै पृथक्, नवीन र महŒवपूर्ण विषयबाट गरेर झलक सुवेदीले समकालीन साहित्य जगत्मा आफ्नो भिन्न पहिचान स्थापित गर्ने सङ्केत गरेका छन् । उनको लेखनमा खोटहरू हु“दै नभएका होइनन्, ती विद्वान समीक्षकहरूले औंल्याइरहेका पनि छन् र औंल्याइरहने छन् । यस पटक भने साहित्य यात्रा थालेका सुवेदीलाई कोटीकोटी बधाइ तथा शुभकामना †
२०६९ भदौ १

No comments:

Post a Comment