खेर गएको एउटा लेख
आलोचनात्मक चिन्तन र आलोचना (यो लेख पुरै एक महिना अगाडि लेखिएको थियो । त्यतिबेला नेकपा एमाले विधान महाधिवेशनको तयारीमा थियो । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री कमरेड केपी ओली आफ्नो शेषपछि पनि देश र पार्टीको सत्ता नियन्त्रण गर्ने अहंकारबाट निर्देशित हुनुहुन्थ्यो । संयोगवस यो लेख त्यतिबेला मिडियामा पठाएर पनि छाप्ने र पाठकसम्म पुग्ने अनुकुलता भएन । यसबीचमा भदौ २३ र २४ का घटनाहरु घटे, कमरेड ओली सडकको विद्रोह र प्रश्नहरुबाट खेदिनुभयो र अहिले गुण्डुमा पूर्व प्रधानमन्त्रीका रुपमा अनिस्चित भविष्यसँग संघर्षरत हुनुहुन्छ । अब ओलीको आलोचना र विरोध गर्ने विषय र सन्दर्भका सिमा खिचिदै गएका छन् । तैपनि लेखकीय मोह कस्तो भने लेख डिलिट गर्न पनि मन लागेन ।यसमा केही शब्द र वाक्य यता उता पारेर मुल लेखलाई जस्ताको तस्तै राखिएको छ । यसैले सिमित पाठकहरुसम्म पुगे पुगोस् नपुगे पनि आफ्नो रेकर्डमा रहिरहोस् भनेर यहाँ प्रकाशित गरेको छु ।) क्रिटिकल डिष्कोर्ष स्टडिजको माक्र्स र डिस्कोर्ष सम्बन्धी विशेषांकको परिचय खण्डमा जोहन्नेस बीत्ज, बेन्नो हर्जोग र जेन्स मएस्सेले भनेका छन् ः अल्थुसर, फुको र ह्यावरमाससम्मका...
Comments
Post a Comment