आजको नयाँ पत्रिकामा मेरो विचार । अर्थ आसय विग्रेको छैन । तर भाषा ? नकुरा अरम
मदनको ठाउँमा ओलीलाई राखेर बिम्ब निर्माण गर्न खोजेजस्तो देखिन्छ, एमालेको पहिचान गुम्ने सम्भावना छ
कार्यक्रमका दुईवटा पक्ष छन्, एउटा– एमालेले पुँजीवादी क्रान्ति पूरा भएर जनवादी क्रान्तिको चरण पूरा भएको विश्लेषणसहित समाजवाद निर्माणको कार्यनीति प्रस्तुत गरेको छ । समाजवाद निर्माणको स्पष्ट खाका तथा त्यसका विशेषतासहितको कार्यक्रम प्रस्तुत गर्ने केपी ओलीको कुरालाई सकारात्मक रूपमै लिन सकिन्छ । तर, अर्कोतिर त्यही कार्यक्रममा नवउदारवादको विरोध गरे पनि उहाँ (केपी ओली) नेतृत्वको सरकार त्यही सिद्धान्त अँगालेको कांग्रेससँग सहकार्य गरेर सोलोडोलो रूपमा नवउदारवादकै बाटोमा हिँडेको छ ।
कार्यक्रमको अर्को महत्वपूर्ण पाटो छ– नेपाली विशेषताको समाजवादको अवधारणामा माथिदेखि तलसम्म कतै पनि जनताको बहुदलीय जनवाद शब्द भेटिँदैन । यसको अर्थ कतै एमालेले मदन भण्डारी र उनले अगाडि सारेको जनताको बहुदलीय जनवादको मार्गदर्शक सिद्धान्त र कार्यक्रम अघोषित रूपमा छोडेको या छोड्न खोजेको हो कि जस्तो देखिन्छ । यस्तो गर्नु ठिक कि बेठिक म भन्दिनँ । तर, एमालेका लागि यो महत्वपूर्ण ‘टर्निङ प्वाइन्ट’ भने अवश्य हो । यसले एमालेको पहिचान गुम्ने सम्भावना छ । जसरी कांग्रेसलाई प्रजातान्त्रिक समाजवाद र बिपी कोइरालाले चिनिन्छ, त्यसरी नै एमालेलाई मदन भण्डारी र जनताको बहुदलीय जनवादबाटै चिनिन्छ । तर, कार्यक्रम हेर्दा मदनको ठाउँमा ओलीलाई राखेर बिम्ब निर्माण गर्न खोजेजस्तो देखिन्छ ।
केन्द्रीय कमिटीमा विद्या भण्डारीको सदस्यता नवीकरण औपचारिक प्रस्ताव नै थिएन । तर, प्रस्तावै नभएको र छलफलै नगरिएको विषयमा ओलीले निर्णय सुनाइदिनुभयो । फेरि सचिवालयमा पनि पछि सम्बन्धित कमिटीमा छलफल गर्ने कुरा गर्नुभएको सुनिन्छ । यी सबै छल्ने उपाय मात्र अवलम्बन गरिएको हुन सक्छ । तर, ओलीले ठूलो हलमा बहस गरेर समाधान आउँदैन, सानो समूह या माथि बसेर मात्र समाधान गर्न सकिन्छ भन्ने अर्को सन्देश दिएको पनि हुन सक्छ ।
(My thoughts on today's Naya Patrika. I spoke to journalists and sometimes they played with language and printed it. The meaning is not distorted. But the language? Nakura Aram)
Comments
Post a Comment