जुध्नुबाहेक विकल्प पो के छ र प्रदिप जि



प्रदिप जिको यो स्टाटस पढेर छटपटी उकुसमुकुस भयो नेपालमा केही गर्न सम्भव केही गर्छु, विभेदका विरुद्ध जुध्छु, विभेदका विरुद्धा अरु पनि छन, राजनीतिक शक्तिहरु छन, खासगरी क्रान्तीकारी उथलपुथल गर्ने भनेर हिँडेका शक्तिछन भन्ने असावाद सहित अघि बढीरहेका प्रतिभाशाली यी युवा जव निराश हुन्छन अनि हामीसंग के पो बाँकी रहला ? आफ्नै असक्षमता, असहायपन लाछीपना देखेर वेचैन भएको छु रुकुम घटना हेर्दा हेर्र्दै हामीले परिवर्तन भयो भन्ठानेको समाजको भयानक पस्चगमनको द्योतक हो अस्तिभरखरसम्म मलाई लाग्थ्यो कि भारतीय समाज भन्दा हाम्रो समाज बढी एकोमोडेटिभ होइन रहेछ घटनाका २५ जना दोषी गिरफ्तार गरिए भन्ने सुनेपछि झन डर लागेको यत्रो समाज, गाउँ या टोल नै एउटा अपराधमा कसरी सामुहिक रुपमा सहभागि भएको हो < नश्ल जोगाउन ? रक्त सुद्धता जोगाउन < विभेद मेटिन दिनुभन्दा मर्नु या जेल जानु जाती भन्ने मनोभावनाले < कस्तो सामुहिक चेतना हो यो < कस्तो सामुहिक पतन हो समाजको < स्थापित मुल्य परम्परा साँस्कृतिक राष्ट्रवादप्रति राजनीतिक नेतृत्वमा अत्यधिक मोह देखिनु, अखण्डवादको प्रेत फैलनु यसका कारणहरु हुनसक्छन जुध्नुबाहेक विकल्प पो के प्रदिप जि <

Comments

Popular posts from this blog

खेर गएको एउटा लेख

‘जग्गा बाँडेर भूमिहीनको समस्या समाधान हुँदैन’