Posts

Showing posts from April, 2017

नेपाली राजनीतिको पानीरङ

‘नाइदर राइट नर लेफ्ट’ फ्रान्समा यसै साता भएको पहिलो चरणको राष्ट्रपति निर्वाचनमा सबैभन्दा बढी मत ल्याएर दोस्रो चरणमा प्रवेश गरेका उम्मेदवार म्याक्रोंले आफू र आफ्नो दलको राजनीतिक दृष्टिकोणबारे भनेको भनाइ हो यो । एक वर्षपहिलेसम्म समाजवादी राष्ट्रपति होलन्दको क्याबिनेटमा अर्थमन्त्री रहेका म्याक्रोंले केही महिनापहिले मात्र आफ्नो पद र समाजवादी पार्टी दुवैबाट राजीनामा दिएर यस्तो अपरम्परावादी विचारसहित राष्ट्रपतिको उम्मेदवारी घोषणा गरेका थिए । उनीबारे टिप्पणी गर्नेहरूले उनको विचारलाई सामाजवादी–उदारवादी या मध्यमार्गी भनेका छन् । र, कतिपयले टोनी ब्लेयर र ग्रेहार्ड स्रोडरको जस्तो मध्यवामपन्थी मानेका छन् । ६ महिनापहिले मात्र आफ्नो स्वतन्त्र विचारसहित अलग धारको राजनीति आरम्भ गरेका यिनै म्याक्रों अहिले फ्रान्समा सबैभन्दा बढी रुचाइएका छन् । सम्भवतः यिनैले त्यहाँ हुने दोस्रो चरणको निर्वाचनमार्फत दक्षिणपन्थी राजनीतिज्ञ मरिन ली पेनलाई सत्तामा जानबाट रोक्नेछन् । अचम्म के छ भने उनी धेरैजसो जल्दाबल्दा राजनीतिक मुद्दामा वामपन्थीहरूका नजिक छन् तर आर्थिक नीतिमा भने दाइने ढल्कुवा देखिन्छन् । उनका अडानलाई ...

विकास, समृद्धि र समाजवाद

 Sh संविधानले नेपालको राजनीतिक आर्थिक दिशा समाजवादउन्मुख हुनेछ भनेर किटेपछि यसमाथि अनेक कोणबाट बहस र प्रश्नहरू उठ्ने गरेका छन् । उदारवादी पुँजीवादी व्यवस्थाप्रति आकर्षित हुने र विश्वास गर्नेहरू समाजवाद भन्ने शब्दबाटै आतंकित छन् । तिनलाई यो शब्दका कारण भोलि आफ्नो वैभव नै पो राज्यको सिकार बन्छ कि भन्ने भयले लखेटेको छ । अर्कातिर सनातन माक्र्सवादीका लागि यो समाजवाद शब्द एउटा भुलभुलैया हो जस्तो लाग्छ । एमाले र माओवादी केन्द्र जस्ता दललाई यही शब्दलाई आफ्नो रणनीतिक जित भनेर कार्यकर्ता भुलाउने हतियार बनेको छ । कांग्रेसभित्रका नवउदारवादीलाई समेत आफ्नो दलमा कहिलेकहीँ झिँगाले झैँ समाजवाद भुनभुनाउने र झिँझो लगाउनेलाई थामथुम पार्ने गतिलो चक्लेट भएको छ यही शब्द । तर, वास्तवमा यो के हो भनेर कसैले खास व्याख्या गरेको छैन । मंगलबार काठमाडाैँमा अर्थ मन्त्रालयले एउटा बहस कार्यक्रम आयोजना गरेको थियो । नेपालले अपनाउनुपर्ने आर्थिक नीति र दर्शनबारे साझा धारणा बनाउन एउटा कार्यदल गठन गरिएको रहेछ । त्यसको प्राविधिक कमिटीले सुझाव संकलन गर्दै एउटा नीतिगत प्रस्ताव गर्ने प्रयोजनका लागि आयोजित कार्यक्रमम...