समाहितीकरण या सहअस्तित्व ?
गत साता बागबजारमा भेट भएका वेला एमालेभित्र सबैभन्दा उज्यालो भविष्य देखिएका नेता योगेश भट्टराईसँग समसामयिक राजनीतिका विषयमा छोटो संवाद भएको थियो । स्थानीय तहको निर्वाचनको सन्दर्भमा कुरा हुँदै गर्दा मैले पार्टीका अफिसियल विचारसँग सहमत हुन नसक्ने मत राखेकोे थिएँ । योगेशले फ्याट्टै भन्नुभो ‘यी दाइ त मेरो विचार पनि मन पराउन्नन् । पृथ्वीनारायण शाहको त नामै लिन नमान्नेहरू छन् ।’ कुराको संकेत गत महिना एमालेले गरेको मेची–काली यात्राको थालनीमा पृथ्वीनारायण शाहले थालेको एकीकरणको बा“की भाग एमालेले पूरा गर्छ भनेर योगेशजीले भनेको प्रसंगतिर थियो । त्यहाँ उभिएरै भएको कुराकानी यत्तिकैमा सकियो । मलाई भने एमालेको एउटा पंक्तिसँग यसै निहुँमा संवाद गर्नु उपयुक्त लाग्यो । एमालेका अफिसियल विचारलाई आलोचनात्मक रूपले नहेरी विश्वासका रूपमा ग्रहण गर्नेहरूसँग संवादको खास अर्थ नरहला । तर, एमाले अहिले पनि यिनै अफिसियल विचारकै सती जानेहरूको मात्र अवश्य होइन । त्यस्ता विचारले ‘इन्टक्सिकेट’ भइसकेको पंक्तिबाहेकले अहिलेको राजनीतिक समस्या र चुनौतीबारे फरक ढंगले उत्तरहरू खोज्ने प्रयास गर्ला भन्ने आशा गर्ने ठाउँ विद्यम...