अभि सरको चिन्ता र स्ववियु
“राजनीतिक आर्थिक सिद्धान्तहरुले काम नदिने अवस्थामा आएको विश्वमा जागरुक हुने वर्ग भनेको युवाहरु हुन, विद्यार्थि हुन । तिनीहरु दुई किसिमले आन्दोलन गर्न सक्छन, ज्ञान र अध्ययनको सीमा फराकिलो गरेर अनि स्वतन्त्र भएर । त्यसैले आफ्ना विद्यार्थी स्वतन्त्र भएर बढुन भन्ने कामना सहित ईतिहासका चिन्ता बुझेरै गरेका हौं ।” अभि सुवेदी, कान्तीपुर ९ फागुन २०७३ । ०३५÷०३६ सालको विद्यार्थि आन्दोलन मेरो पहिलो राजनीतिक पाठाशाला थियो । त्यो आन्दोलन पृथ्विनारायण क्याम्पसमा पुगेपछि नै म यस अघि आफुले विचारै नगरिएका विषयमा गम्भिर डिष्कोर्षमा सामेल हुन थालें र अर्धसचेत नागरिकका रुपमा जुलुसमा भाग लिन पनि । त्यतिवेला प्रहरीले कपाल समातेर जगल्ट्याएको र काँचा कठबाँसका लठ्ठीले पिठ्युँ र दाहिने पिंडुलामा बर्षौं नमेटिने सुम्ला उठ्ने गरि कुटेको सम्झना अहिले पनि ताजै छ । यसरी आफै घाईते हुनु अगाडी प्रहरीलाई ढुंगा हानेर लखेट्न सुर्रिएको पनि सम्झन्छु । त्यतिवेलासम्म म कुनै दलमा सामेल थिईन । मेरो राजनीतिको दोस्रो पाठाशाला भने ०३६ असारमा भएको विद्यार्थि युनियनको निर्वाचन थियो । जनमत संग्रहको घोषणा भए लगत्तै भएको विद्यार्थि...