भय र भ्रमको सोसियल ईन्जिनीयरिङ
पोखराका माले एमालेमा एउटा रमाईलो किस्सा प्रचलनमा थियो एकजना शिक्षकका बारेमा । माविका प्रअ भएका उनी पछि एमालेको जिल्ला नेतासम्म भए । गाविस अध्यक्ष पनि । एकपटक असारको महिनामा उनी अरु खेतालाहरुसंगै बेसीबाट गाउँ फर्कदै रहेछन् । टर्च लाईट यी शिक्षकसंग मात्रै थियो । उनी कम्युनिष्ट पार्टीका कार्यकर्ता । गाउँमा कम्युनिष्ट विचारको प्रचार गर्ने काम पनि गर्थे । साधारण जनतामा रहेको धार्मिक अन्धताको वारेमा पनि उनी जानकार हुने नै भए । त्यो रात अँध्यारोमा उनी टर्च बालेर अरुलाई बाटो देखाउँदै हिँडिरहेका थिए । उनका मनमा अचानक आफ्नो माक्र्सवादी विश्वासप्रति यी गाउँले खेतालाहरुको आस्था जगाउने उपायको झिल्को उठेछ । संगै हिँड्नेहमा महिला धेरै थिए । झम झम पानी आएको छ । निष्पट््ट अन्धकार छ । बाटो अप्ठेरो । ति शिक्षकले बलिरहेको टर्च अचानक निभाएछन् । अन्धकार फैलीने वित्तिकै महिलाहरु एकैपटक चिच्याएछन राम राम ! ति शिक्षक घरीघरी टर्च ठाकठुक गरेजस्तो गर्दा रहेछन तर स्विच अफ राखेर बलेन भन्दा रहेछन् । एकछिनमा उनले सबैलाई भनेछन् खै राम राम भनेर बलेन माओ माओ भनओ त बल्छ कि ? महिलाहरु सबैले अप्ठेरो मान्दै माओ माओ भनेछ...