Posts

Showing posts from March, 2015

विकासमा ‘श्रम’को सहभागिता

माथिल्लो तामाकोशी परियोजना केहि दिन देखि तनावमा छ । नेपाली राजनीतिका पछिल्ला बर्षहरुमा अनेक खाले परियोजनाहरुले यस्तो तनाव व्यहोर्दै आईरहेकै हुन । श्रमीक हड्ताल, राजनीतिक हस्तक्षेप, गुण्डा या डनहरुको आतंक, परियोजना प्रभावित क्षेत्रका सर्वसाधारण जनताले संगठित रुपमा आफ्ना हितहरुका पक्षमा गर्ने मोलतोल यस्ता तनावका कारण रहि आएका छन् । माओवादी जनयुद्धका वेला ससस्त्र व्यक्ति या समुहले दिने सामान्य दवावले गर्ने बन्द पछि साधारण मानिसहरुको समुहले धम्की दिँदा पनि हुन थाल्यो । यसैले अहिलेको तामकोसी विवाद अथवा तनाव बाहिरबाट हेर्दा सामान्य लाग्न सक्छ । तर नेपालको वर्तमान संक्रमाणकालमा उठिरहेका अनेक अनेक व्यबधान भन्दा भिन्न तामाकोसीमा भएको अहिलेको विवादको महत्व दुरगामी देखिन्छ । यसलाई राज्यको समग्र विकास ढाँचालाई पुनपरिभाषित गर्ने अवसरका रुपमा लिन जरुरी छ । किनभने पहिलो पटक देशको श्रमीक वर्गले उत्पादनमाथि अथवा राज्यका स्रोत साधनको उपयोग मुल्यमाथि आफ्नो सानो हिस्सेदारीको दावि गरेको छ । विकासे ढाँचाका अर्थराजनीतिक बहसमाथि यो गम्भिर हस्तक्षेप मान्न सकिन्छ श्रमीकहरुका तर्फबाट । यसले दुईवटा महत्वपुर्ण ...

अनुत्तरित उत्तरहरु

के नेपालीहरु फेरि अर्को विद्रोह, आन्दोलन या क्रान्तीको प्रतिक्षामा छन् ? या विक्रम सम्वतको २०७० मंसीर ४ गते भएको मतदान मार्फत व्यक्त मतादेश (खै किन हो अहिले निर्वाचनमा व्यक्त जनमतको आदेशलाई मतादेश भनेर परिभाषित गरिदैछ र यस सन्दर्भमा जनादेशले आफ्नो अर्थ गुमाएको छ) लाई सबैकुराको फैसलाको अन्तिम कारक मानेर शान्तसंग ‘ख्वाई’ खान हिँडे ? आफैमा नमिल्दो लाग्ने यो प्रश्नको नेपथ्यमा केहि अगोचर तर छिटै मञ्चमा प्रकट हुनसक्ने कारणहरु विद्यमान छन् । एउटा सोह्रबर्ष पनि नपुगेको अल्लारे उमेरमा आन्दोलनमा लाग्दा लाठि र अश्रुग्याँसको प्रहार झेलेर केहि दिन गोडा खोच्याएको थिएँ मैले २०३६ साल वैशाख दोस्रो हप्ता । मलाई त्यो लाठिको चोटले आन्दोलनबाट भाग्न कहिल्यै सिकाएन । बरु अहिले पनि पो आफुलाई समाजको या राज्यको संस्थापन पक्षको देव्रेतिरै, असहमती तिरै, आलोचना गर्ने तिरै धकेलिएको पाउँछु । उक्त विद्यार्थी आन्दोलनको झण्डै ३६ बर्ष पछि पनि नेपाली राजनीतिले एउटा विधिका दृष्टिले स्थिर तर अर्थराजनीतिक परिवर्तनका आवस्यकताका दृष्टिले गतिशिल बाटो समातेको छैन । ०३६ पछि मैले २०४६ को आन्दोलनमा पक्राउ खानु अगाडीसम्म अनेक सडक ...