Saturday, May 17, 2014

नमेटिने कार्यसूची लेखिएका कविता




मेरो घर सहरबाट १२ किलोमिटर पर दक्षिणतिर सीमान्तमा छ । ताम्सालिङ र
नेवाः गणराज्यको सीमान्त क्षेत्र भनेर म सहरस“गको आफ्नो दूरी प्रमाणित
गर्न बिम्ब प्रयोग गरिदिन्छु । यहा“बाट सीधा पूर्वतिर फर्के देखिन्छ
इ“टाका भित्ताहरूले किरमिर किरमिर पारेर ठडिएको कीर्तिपुर । त्यसले
सम्झाइरहन्छ उहिल्यै इतिहासमा हजारपटक पढेको शूरप्रताप शाहको फुटेको आ“खा
र कालु पाण्डेको मृत्यु । र, कक्षाकोठा र बाहिरतिर सरहरूले अनौपचारिक
रूपमा सुनाएका सत्र धार्नी नाकका कथा । उत्तरतिर हेरे देखिन्छ रामकोटको
डा“डो, जहा“ गाडिएको थियो कालु पाण्डेको शव । अहिले मज्जाले पश्चिमबाट
पूर्वतिर बगेको हावाले उडाइदिएको छ, चारभञ्ज्याङभित्रको यो कचौरे
खाल्डाको तु“वालो र छर्लङ्गै देखिएको छ, अलि पछाडि पर्ने चन्द्रागिरिको
डा“डाबाट उहिल्यै पृथ्वीनारायण शाहले नियालेको काठमाडौं । अस्तितिरको
पानीले हो कि किन हो इ“टाभट्टाका ठडिएका सु“डहरूबाट निस्कने धुवा“को
मुस्लो एकाएक गायब भएको छ । र, देखिन थालेको छ काठमाडौंमा बढ्दो सहर र
बन्दा अग्ला घरले छोप्दै लगेर दुब्लाएको धरहरा । सिंहदरबार र हनुमानढोका
दरबार स्क्वायरका केही संकेत पनि खुल्दै छन्, जसले नेपाली इतिहासका अनेक
सन्दर्भ गर्भमा लुकाएका छन् । केही पछिल्ला कविहरू आक्कल झुक्कल पढिरहेको
छु । केशव सिलवाल, संगीतश्रोता, विनोदविक्रम केसी, हेमान यात्री, रावत,
चन्द्रवीर तुम्वापो, छम गुरुङ, फुलमान बल र सीमापारिका मनोज बोगटीहरूका ।
केही कविता पछिल्लो समयमा शक्ति आर्जन गर्दै गरेका धारिला लाग्छन् ।
अहिले मेरो हातमा छ कवि भूपाल राईको कविता संग्रह सीमान्त सौन्दर्य । र,
यसले विनिर्माण गरिरहेको छ ‘नेपाल एकीकरण’को इतिहास । कहा“को उहिल्यै
स्कुल र कलेजमा पढिएका महान् बडामहाराज पृथ्वीनारायण शाह । कहा“ कविले
हतुवागढीको चिहान खोतल्दा देखिएको आफ्ना पुर्खाहरूको टाउको छिनिएका
गि“डहरूमा लत्पतिएको रगत र त्यसमा निहित गोर्खा राज्यको विस्तारको कथा !
मलाई उनको कविताले खिच्दै लान्छ इतिहासतिर । तानि“दै जान्छु वर्तमानतिर र
पुग्छु चलिरहेको राज्य पुनर्संरचनाको बहसतिर ।
कवि राईको निकै पहिले हात परेर सर्सर्ती पढेको यो संग्रहका कविता अस्ति
भर्खर नागरिक दैनिकको शनिबार अंकमा छापिएको उनको नया“ कविता ‘क्षत्री
क्ष’ पढेपछि फेरि पढ्न मनलाग्यो । उक्त कविताले चलिरहेको पहिचानको
राजनीति, आफ्नो हक र अस्तित्वको पुनस्र्थापना गर्न खोजिरहेका नेपालका
विभिन्न जनजातीय समुदायका आकांक्षालाई वाणी दिन्छ । किन हुन्छ वर्णमालामा
क्षत्री ‘क्ष’ तर किन हु“दैन किराती ‘क’ या थारू ‘थ’जस्ता बिम्ब खोजेर
उनले एउटा प्रश्न खडा गरेका छन् क्षत्री क्ष कवितामा । सीमान्त सौन्दर्य
कविता संग्रहको मूल पाठ पनि त्यही हो अस्तित्वको खोजी । माटोमाथिको
हकदाबी ।
सपनामा
भmन्डै दुई सय तीस वर्षअगाडिको
एक अशुभ सा“झ
धुवा“ उड्दै गरेको
एक खण्डहर
अर्थात् रगताम्य ‘हतुवागढी’
जहा“ त्यो आफै“ पनि
आफ्नो गि“डस“गै ढलिरहेको थियो
आफ्नो गढीस“गै ढलिरहेको थियो । (दुई सय तीस वर्षपछि –एक जवाफ)
गतवर्ष हलेसी यात्रामा भूपाल राई पनि स“गै थिए । उहिल्यै बालचन्द्र
शर्माको इतिहास पढेर आइए र बिएमा नेपाली इतिहासको जा“च पास गरेर नेपालको
इतिहास जानी टोपलेको दाबी गर्ने मेरा केही बुझाइको दोहोलो काढिएको थियो
उक्त यात्रामा । हामीले एउटा गढीको भग्नावशेष हेरेका थियौ“, जहा“
गोर्खाली सेनाले राईहरूको एउटा राजाको किल्ला कब्जा गरेका थिए । दुर्छिम
र हलेसीवरपरका चाम्लिङ्हरू आफ्ना पराजित इतिहासका भग्नावशेष सम्हालेर
अस्तित्वको पुनर्निमाणको तयारी गरिरहेका थिए । नेपालको अहिलेका चौहद्दी
मात्र होइन, यहा“को राज्य प्रणाली पनि गोर्खाहरूले शाहहरूको नेतृत्वमा
निर्माण गरेका हुन् । त्यसलाई एकथरी इतिहासले दिएको उपहार भनेर ग्रहण
गरिबस्छन् । र, तिनीहरू अहिले देशमा उठेको पहिचानको मुद्दालाई चाहे त्यो
जनजातिले उठाएको होस्, या मधेसीले आफ्नो हकमाथिको आक्रमण, आफ्नो
इतिहासमाथिको आक्रमण सम्झेर जुर्मुराउ“छन् । देश हुन या देश बन्न त
देशभरिका सबैले देशलाई र राज्यलाई आफ्नो ठान्ने परिस्थितिको निर्माण
आवश्यक छ भन्ने तिनलाई लाग्दैन । त्यही द्वन्द्व चलिरहेछ अहिलेको
राजनीतिक मैदानमा । संघीयताको कुरा, भाषिक अधिकारको कुरा र आइएलओ १६९ को
कुरा । शासन सत्तामा सहभागिताको कुराका पछि रहेका कथाको अर्को पाटो भने
गोर्खाली फौजस“ग जुधेर आफ्नो राज्य जोगाउन लडेकाहरूका मनमा बसेको घाउमा
रहेछ ।
च्यातिएन...
हो चेतिएन
दुई सय चौवालीस वर्षअघिदेखिको
कागजको निरन्तर कात्रो
आफ्नै बैरीलाई वीर भनेर
पछिल्ला पुस्ताले घोकिरहेको इतिहास
मात्र पालेर एउटा चरम विद्वेष
चरम वितृष्णा
प्रतिरक्षात्मक नियमले बा“धेको
एक टुक्रा विद्रोह चेतना
र त्यसैले हरेक सत्ताप्रति अलगाव
हरेक शासकप्रति असहमत
ओछ्याएर सडकभरि ओछ्यान मान्छेको
जहिले पनि
निषेध तोड्नमा प्रथम
आन्दोलन जित्नमा प्रथम
मुक्ति घोषणामा प्रथम ( कीर्तिपुर)
कीर्तिपुर माथिको यो कविता गोर्खाहरूको वीरताको इतिहासको विपठन, एकीकरणको
विपठन र अनेक ‘न्यारेसन’हरूको विपठन हो । भूपाल राईको यो संग्रहमा परेका
सबैजसो कविताले त्यही आक्रोश बोल्छन् । उक्त यात्राको क्रममा उनले
रामप्रसाद राईका बारेमा धेरै सुनाएका थिए । रामप्रसाद राई ०७ सालको
क्रान्तिका एकजना कमान्डर थिए । उनले पूर्वी कमान्ड सम्हालेका थिए ।
राणाहरूको फौजलाई हराउ“दै धुलिखेल पुग्दा नपुग्दै युद्धविराम भएको थियो ।
चर्चाअनुसार उनी केआई सिंहले विद्रोह गरेको केही समयपछि काठमाडौंमा
शासकहरूबाट बेपत्ता बनाइएका थिए किनभने उनी विद्रोही थिए, गणतन्त्रवादी
थिए र किरातीहरूको गुमेको इतिहासको पुनस्र्थापना चाहन्थे । भूपालका
विचारमा अहिलेको गणतन्त्रको बिउ उहिल्यै रामप्रसादले छरेका थिए, अहिलेको
संघीयताको बिउ उही आन्दोलनमा रोपिएको थियो लेख्छन् –
बिसाए“
त्यहीनेर त्यो ईश्वरलाई दाहिने हात
विश्वेश्वरहरूलाई बन्दुक
र त्रिशङ्कु राजालाई गणतन्त्रको भु्रण
...सोध्नू
त्यो भूगोलपार्कलाई
जहा“ मैले सानो एउटा अग्नि बीज
रोपेर हि“डेको छु । (रामप्रसाद ००७)
भूपालका कवितामा विद्रोह चेत छ, आफ्नो नश्लप्रतिको गर्वबोध छ र नया“
नेपालको एउटा धमिलो चित्र छ । पिपा पल्टनको हिसाब एउटा शक्तिशाली कविता
हो, जसले नेपालमा दाससरह राणाहरूको सेवामा जोताइएका धादिङदेखि
रामेछापसम्म सा“धकिला लगाएर बा“धिएका तामाङहरूको कथा भन्छ । १८ वटा कविता
रहेको र सबै कविताको मूल नेपालीबाट अंग्रेजीमा अनूदित गरिराखिएको यो
संग्रहमा कवि भूपाल राईमा इतिहास र वर्ग चेत या नश्ल चेत छ्यालब्याल छ ।
किरात मिथ र बिम्बहरूको भरमार प्रयोग छ । साथसाथै उनको समय चेत पनि
जोडदार झल्किन्छ बिम्बहरूमा ः
भन्दैथ्यो
साख बढेको छ अचेल छापाहरूमा आफ्नो
लखेट्न थालेका छन् एक्कासि ब्यानर न्युज र डिजिटल डिभाइसेस्हरूले
...त्यो जाबो पानीप“धेरा
मन्दिर र दलित प्रकरण
अकिञ्चन सिनो विद्रोह
जाबो जनयुद्ध
र राजामामाको विवाह प्रपञ्च
किन खर्चिएको होला त्यत्रो बिघ्न मसी
...गोलोगोलो गहु“गोरो
समाजशास्त्रीय आ“खामा बाटुलो प्रजातिको
प्रचलित सौन्दर्य शास्त्रको टा“गोले पटक्कै नछोएको... (वृत्तान्त कक्टेल वार्ता) ।
प्रायः उनका कविता आगो ओकल्छन् विद्रोहको घोषणा गर्छन् । भोजपुरदेखि
काठमाडांै हु“दै आन्ध्रमहासागर तर्छन्, सद्दाम हुसेन र मोहनशमशेरहरू,
सिंहदरबार र हतुवागढीका सन्दर्भहरू समेट्छन् ।
अहिले यसो राजनीतिक बहसका सेरोफेरोमा म चिहाउने प्रयास गर्दै छु उनका
कविताका अर्थहरू । संविधानसभाको पहिलो निर्वाचनपछि देशमा एकप्रकारको
सग्बगाहट थियो । संघीयताका बारेमा चलेका अनेकबली भ्रमको खेती सप्रेको
थियो । पहिचानकोे मागलाई जातीय संघीयताको नारा भनेर दुत्कारिएको थियो र
त्यसैको गोलचक्कर निम्त्याएर संविधानसभा विघटन भएको थियो । संविधानसभाको
दोस्रो निर्वाचनपछि पनि अवस्थामा खासै भिन्नता आएको छैन । पहिले सत्ता
हातमा लिएर सम्हाल्न नसकेका पहिचानवादी या मधेसवादी प्रतिपक्षको निम्छरो
हैसियतमा धकेलिएका छन् । पहिचानको राजनीतिलाई आग्रह पूर्वाग्रह र केही
सैद्धान्तिक लेपनसहित दुत्कार्नेहरूले मंसिर ४ गतेदेखि बजाएको कर्कस
हुइ“याको स्वर अझै मत्थर भएको छैन । तर, बुझ्नुपर्ने के छ भने कवितामा
पहिचानको स्वर आइएलओ १६९ का उपज होइनन्, हाम्रै माटोमा जन्मे हुर्केका
इतिहासका बिउ हुन् । पहिचानको कार्यसूचीलाई पन्छाउन खोज्दा गणितीय
दृष्टिले त संविधानसभा पनि सफल होला तर त्यसले राजनीतिमा रहेको अधिकार
प्राप्तिको लडाइ“लाई निस्तेज पारिहाल्न कदापि सक्नेछैन । किनभने,
रामप्रसाद राईले रोपेको बिउ हुर्केर भूपाल राई, या उपेन्द्र सुब्बाका
रूपमा अनेकभा“ती कवि कविताका रा“का बालेर उहिल्यैदेखि चाहारिरहेका छन्
बस्तीहरूमा ।

No comments:

Post a Comment