भारतीय कम्युनिस्टहरूको खस्कँदो हालत
यसपटकको भारतीय लोकसभाको निर्वाचन धेरै दलका लागि ऐतिहासिक रह्यो । जताततै चर्चामा रहेर अरूलाई पूरै छायामा धकेलिदिएका नरेन्द्र मोदी र भारतीय जनता पार्टीका लागि यसको ऐतिहासिकता पहिलोपटक एकल बहुमतको अवस्थामा पुग्नु हो । उसको यो विजयले यसै पनि साख गुमाउँदै गएको नेहरु – इन्दिरा परिवारको राजनीतिक वर्चस्व तथा स्वतन्त्रोत्तर भारतले अँगालेको समाजवादी बाटोको बचेखुचेको प्रभाव एकैपटक बढारेर लानेछ । भारतले एक्काइसाँै शताब्दीमा एउटा सबल एसियाली शक्ति र त्यसका लागि आवश्यक पर्ने अर्थतन्त्रको विस्तारको राजनीतिक आधारका रूपमा भाजपालाई छानेको आँकलन गरिएको छ । यसै पनि विश्वमा सन् १९९० मा सोभियत संघको पतनसँगै थालिएको अमेरिकी एकल नेतृत्वको विश्व व्यवस्था चरमराएको छ । बहुध्रुवीय विश्वको परिकल्पना गरिन थालेको छ । पुँजीवादी विकासका लागि पर्याप्त सम्भावना बोकेको र आफ्नो शक्ति र स्रोतको उपयोग गर्न तथा बजारको विस्तार गर्ने धेरै कच्चापदार्थ भएको चीन अबको विश्व शक्ति सन्तुलनका लागि महत...