Posts

Showing posts from February, 2014

हावामा अल्झेको वामदेवको ह्याट्रिक

एमालेसँगको सत्ता समीकरणबारे भएको प्रारम्भिक सहमतिबाट कांग्रेस साँच्चै पछि हटेको खण्डमा बाहेक यसै साता कमरेड वामदेव गौतम तेस्रोपटक मुलुकको उप – प्रधानमन्त्री बन्नेछन् । फुटबलमा एउटै खेलाडीले गर्ने तेस्रोपटकको गोल या यस्तै कर्मलाई ह्याट्रिक गरेको भन्ने प्रचलित बुझाइलाई यता वामदेवमा लागू गर्‍यो भने उनले उप – प्रधानमन्त्री हुनमा ह्याट्रिक गरेको मानिनेछ । कम्युनिस्ट पार्टीमा पार्टी प्रमुख नबनेको ( एमालेसँगै घुर्की लगाउन माले बनाएका वेला पनि उनी फस्टपर्सन भएका थिएनन् ) कुनै नेताले प्रधानमन्त्री बन्ने अवसर पाउनु दुर्लभ कुरा हो । पार्टीमा दोस्रो तहमा रहेकाले सरकारमा दोस्रो तहको जिम्मेवारी पाउनुलाई स्वाभाविक मान्ने हो भने वामदेवले आफ्नो हैसियतको पूर्ण उपभोग गरेको मान्नुपर्ने हुन्छ । हालै मात्र पार्टीभित्रको समीकरणमा नयाँ प्रयोग गरेका कमरेड वामदेवले भविष्यमा प्रधानमन्त्री या पार्टी अध्यक्ष बन्ने बाटो खुला गर्न कमरेड ओलीसँग मोर्चा बनाएको बुझ...