Posts

Showing posts from May, 2013

बल्झिरहने बेमेल सम्बन्ध

गणतन्त्र नेपालका मुख्य प्रतिनिधि राजनीतिक दलहरू र तिनका नेताहरूमा आएको नैतिक स्खलन, आफ्ना निजी कर्मका फलहरूप्रतिको भय, आफ्नै कार्यकर्ता र जनताप्रतिको अविश्वास तथा केही बिचौलियाको सुतिखेतीलाई शक्तिका रूपमा ग्रहण गर्ने पानीमरुवा मतिको मिसमास थियो- लोकमानसिंह प्रकरण । सत्ता सञ्चालकहरूले यो बदनाम दृश्य मञ्चन गरिरहँदा एउटा पक्ष भने यसलाई जोडतोडले राष्ट्रियताको संकटका रूपमा स्थापित गर्न लागिपर्‍यो र आफ्नो दिवालियापन अर्कोपटक सतहमा ल्याइरह्यो । यसको असलियत भने सतहमा देखिएभन्दा भिन्न छ । केही वर्षपहिले 'नेपाल' साप्ताहिकका लागि अन्तर्वार्ता गर्न सम्पादक सुधीर शर्मासँगै म कमलराज रेग्मीकहाँ पुगेको थिएँ । २०१५ साले सांसद तथा कम्युनिष्ट पार्टीका तत्कालीन केन्द्रीय सदस्य रेग्मी ०१७ साल काण्डलगत्तै पक्राउ परेर पाँच वर्ष जेल बसेपछि छुटेका थिए । रेग्मीको नाम मैले गाउँर्फक राष्ट्रिय अभियानका अध्यक्षका रूपमा रेडियोमा खुब सुन्ने गरेको थिएँ । मैले नोटिसमा राखेकोचाहिं ०३६ को विद्यार्थी आन्दोलन भारतले गराएको भन्दै उनले गर्ने भाषणसम्बन्धी समाचारले पनि हो । कम्युनिष्ट पार्टीको विद्यालयमा हुर्केको हुना...

मे दिवसको सेरोफेरो

वैशाख १८ -  यस पटकको मे दिवसको अघिल्लो दिन नेपालका दुई ठूला कम्युनिष्ट पार्टीहरू निर्वाचन आयोगमा कसले एक नम्बरमा दल दर्ता गर्ने भनेर जगहँसाइ गरिरहेका थिए ।  -मानौं, एक नम्बरमा दल दर्ता गरेपछि निर्वाचनमा मत नल्याए पनि सबैभन्दा ठूलो दल बनिहालिन्छ) । उता सहरका भित्ताहरू मजदुर एकताको नारा दिँदै टाँसिएका पोष्टरले रातै भएका थिए । भित्तामा टाँसिएका पोष्टरमा ठूलो हथौडा चलाउँदै गरेको मजदुरले अबको तागत यही वर्गमा छ भनेर सन्देश दिन खोजेको बुझिन्थ्यो । उन्नाइसौं शताव्दीमा युरोप र अमेरिकाको स्वच्छन्द पुँजीवादले थोपरेको अमानवीय शोषणको विरोधमा आफ्ना अधिकारका लागि लड्दा पुँजीपतिहरूको राज्यद्वारा हत्या गरिएका श्रमिकहरूको सम्झनामा मनाइने यो दिवसमा नेपालका सबैजसो ठूला दलका मजदुर संगठनले जुलुस र सभा गरे । मजदुर संगठनका केही पेसेवर नेताहरू, जसले त्यही पेसाबाट आफ्नो वर्गोत्थान गरेका छन्, अनि  तिनीहरू आबद्ध राजनीतिक दलका नेताहरूले चाहिं आफ्नो-आफ्नो पार्टीलाई मत माग्दै मजदुरका पक्षमा मीठा र गुलिया कुराहरू गरे । अड्डा-अदालत, स्कुल-कलेज, उद्योग-कारखानामा एकदिन विदा भयो ।  पुँजी र श्रम बीचको ...