Posts

Showing posts from January, 2013

मेरो पुस्तक माथि एउटा टिप्पणी एस्तो पनि

emns ;'j]bLsf] ;flxTo ofqf –;ª\uLt >f]tf सङ्गीत श्रोता सन् १९६६ मा बेइजिङमा भएको अफ्रो–एशियाली लेखक सङ्घको अन्तर्राष्ट्रिय सम्मेलनमा मलेसियाली लेखकहरूले नेपाली लेखकहरूलाई निकै तिखा प्रश्न गरेका थिए– ‘तपाईंहरू नेपालबाट आएको हो ? तपाईंहरू आफ्ना छोराछोरीहरूलाई किन हाम्रो मुक्ति आन्दोलन दबाउन पठाउनुहुन्छ ? तपाईं लेखकहरू भएर पनि किन केही विरोध गर्नुहुन्न ? हामी त मुक्ति युद्धमा समर्थन गर्न यहा“ आएका हौं । तर, तपाईङ्का छोराछोरीले त्यहा“को हाम्रो त्यही मुक्ति युद्ध दबाइरहेका छन् ।’ प्रश्न नेपालबाट सहभागी हुन गएका कवि सिद्धिचरण श्रेष्ठ र समालोचक गोविन्द भट्टलाई गरिएको थियो । मलायामा तिनताका कम्युनिस्टहरूको छापामार युद्ध चलिरहेको थियो र ब्रिटिस सरकारले त्यो जनमुक्ति आन्दोलन दबाउन गोर्खाली सेनाहरूको प्रयोग गरेको थियो । मलेसियाको कालिमाङटाङमा भएको लडाइ“मा गोर्खालीहरूले नै भयङ्कर दमन गरेका र कसैले पक्रन वा मार्न नसकेका रहमान नामका ठूला गुरिल्ला नेता मारिदिएका रहेछन् । अनि किन झोङ्क नचलोस् मलेसियालीहरूलाई ? उनीहरूले सम्मेलनको एजेन्डाकै रूपमा कुरा उठाए, ‘गोर्खालीहरूले गर्दा हाम्रो त्य...

गोविन्द बर्तमान्को पुस्तक हरियो साइकल बारे मेरो टिप्पणी

http://epaper.ekantipur.com/2612013/epaperimages/2612013/2612013-md-hr-29/11933453.jpg

अँध्यारो गल्लीको मुखतिर | विचार/विश्‍लेषण | ekantipur.com

अँध्यारो गल्लीको मुखतिर | विचार/विश्‍लेषण | ekantipur.com

वैयक्तिक स्वतन्त्रता र समाज

वैयक्तिक स्वतन्त्रता र समाज 2 झलक सुवेदी काठमाडौ, पुस २७ -  राजनीतिक र सामाजिक विश्लेषणमा व्यक्ति र समाजका जटिलताहरु केलाउँदा केलाउँदै यी लेखकभित्रको साहित्यकार कहिलेकाहीं बाहिर निस्किन्छ । कहिलेकाहीं साहित्यका कुरा गर्दा विश्लेषक बाहिर निस्किन्छ र समाजका पत्र केलाउन थाल्छ । जितबहादुर परियार वर्ष ४८, भाचोक ७, कास्की । कक्षा चारसम्म पढेपछि स्कुल छाड्यो । केही वर्षमा नै बिहे गर्‍यो, जहान बच्चा भए । गाउँमा सानो टुक्रा जमिन थियो । त्यतिले पुग्दैनथ्यो । साउदी अरबमा पहिले ९ वर्ष काम गरेको थियो । चार वर्षअगाडि फेरि एउटा चिनेको मानिसका माध्यमबाट साउदी अरब गयो । सहरको कम्पनीमा काम गर्न भनेर पठाइएको थियो । तर, उता पुगेपछि मालिकले इराकको सीमामा मरुभूमितिर बाख्रा चराउन पठाइदियो । एकरात अचानक एउटा हतियारधारी मानिस आयो । बन्दुक देखायो र उसका बाख्रा गाडीमा हालेर लग्यो । जितबहादुरले त्यो एकलास मरुभूमिमा प्रतिकार गरेर बाख्रा बचाउन सकेन । मालिकलाई खबर गर्‍यो । मालिक आयो र पुलिसलाई खबर गर्‍यो । पुलिसले जितबहादुरलाई पक्राउ गर्‍यो । उसलाई आठ महिना कैद, ३०० कोर्रा सजा...