Posts

Showing posts from February, 2020

विनाशकाले विपरित वुद्धी

१) आज कान्तीपुरमा विनु सुवेदीको प्रधानमन्त्रीका सञ्चार विज्ञको विषयमा आएको समाचार सत्ता उन्मादको एउटा नमुना हो । २) वामदेवलाई केन्द्रमा राखेर गर्न खोजिएको भनिएको संविधान संसोधनको कुरा नेकपाको आन्तरिक राजनीतिक संघर्ष र सत्तान्धताको नमुना हो । ३) सेक्युरिटी प्रेस काण्डपछि नेकपा भित्र व्लेम गेम सुरु भएको छ । सुनको मृग हुँदैन भन्दा भन्दै राम मृगको पछि नदौडेको भए सिता हरण हुने थिएन, लंका दहन पनि हुने थिएन, कृष्णले प्रस्ताव लगे अनुसार पाँच  गाउँ पाण्डवलाई दिएको भए महाभारतको युद्ध पनि हुँदैनथ्यो कौरवहरुको नास पनि हुँदैनथ्यो । नेकपालाई कसले भनिदिने उहिल्यै पुर्खाहरुको ज्ञानले भन्छ –विनाशकाले विपरित वुद्धी ।

सन्ध्यामा सुर्यको गती

कसैको लोकमा हुन्न एकैनास समुन्नती अरुको के कुरा हेर सन्ध्यामा सुर्यको गती । –लेखनाथ पौडेलले जानेका क्या ।

चिनको कोल्याटरल ड्यामेज

lrgLof /fhb'tfjf;sf] jQmJo k|s/0fn] g]kfndf lrgsf] ;km\6kfj/ l8Knf]d];Ldf sf]Nof6/n 8\ofd]h ePsf] 5 . sd;]sd ;Dkfbssf] gfd} tf]s]/ ul/Psf] cfnf]rgf cIfDo 5 . lrgLofx?nfO{ o;n] lgs} ;do lk/f]Ng] 5 .

आफ्नो कमजोरी

गत साताको ब्लगमा नेपाली मिडियाको सम्वन्धमा गरेको टिप्पणीमा नेपाल साप्ताहिकका गोकर्ण गौतम र सम्पादक बसन्त बस्नेतका सम्वन्धमा अलि अतिरञ्जना पूर्ण टिप्पणी गरिएछ । मेरो कहिले कहिँ दृष्टिदोष पनि हुन्छ । कुनै कुनै शब्द र वाक्याँस हुन्छ एउटा तर पढ्छु अर्को । दोहोर्याउँदा पनि त्यस्तो रहिरहन्छ । आज दोहोर्याएर हेर्दा पनि एउटा गल्ती छुुटेन ।

छुटिजाने समयको गाथा

हुवो च्यान चीले निर्देशन गरेको एउटा चिनियाँ चलचित्र छ ‘पोस्टम्यान इन दी माउन्टेन्स ।’ सिनेमामा एउटा हुलाकी छ । ऊ वर्षौँदेखि गाउँलेका चिठीपत्र पु-याउने काम गर्छ । यस क्रममा कुन घरमा को–को बस्छन्, कसको घरबाट को–कति बिदेसिएका छन्, कसले नियमित पत्र पठाउँछ, कसले पैसा पठाउँछ, घरकाले के–के लेख्छन् भन्नेसमेत सूचना राख्छ । त्यति मात्र होइन, हुलाकी गाउँमा लामो समयसम्म आफन्तका पत्र पर्खेर बसेका अनेक दुःख–सुख व्यहोरेका परिवारका लागि वेदना साट्ने मित्र पनि बन्छ । कसैका घरमा पत्र पढ्ने मानिस छैन भने आफैँले पढेर सुनाइदिन्छ । लेख्ने मानिस छैन भने आफैँले लेखेर पत्रको जवाफ पठाइदिन्छ । हुलाकी र समाजका बीच गजबको आत्मीय सम्बन्ध छ ।  सिनेमामा एउटा कारुणिक दृश्य र सन्दर्भ छ । एकजना वृद्धा घरमा एक्लै छिन् । दृष्टिविहीन छिन्, पढ्न लेख्न सक्दिनन् । छोरो सहरमा गएको छ, पहिले–पहिले पत्र पठाउने गरे पनि अब बेपत्ता भएजस्तै छ । हरेकपटक हुलाकी आउँदा वृद्धाले आफूलाई छोराले पत्र या पैसा पठायो कि भनेर जिज्ञासा राख्छिन् । तर, छोराले केही पनि पठाएको हुँदैन । वृद्धाको मर्म बुझेर हुलाकीले पत्र आएको छ भन्दै आफैँले गुने...