Posts

Showing posts from 2020

कोरोनाकालमा कृषिका कुरा

कोरोनाले लकडाउन सुरु भएपछि नेपालको सहरी क्षेत्रमा धेरै रोजगारी गुमेका छन् । चैतदेखि यता देशका सहर र विदेशका महानगरमा काम गर्न पुगेका मानिसहरू हुलका हुल गाउँतिर फर्कंदै गरेका दृश्य देखिए । जीविकाका स्रोत साँघुरिँदै जाँदा नेपाली युवाहरूले श्रमका लागि आन्तरिक तथा बाह्य बसाइँ–सराइ गर्न थालेको दुई सय वर्षदेखिको डकुमेन्टेड परम्परा छ । अहिले विदेशी सेनामा जानेबाहेक चारथरी मानिसहरू यस्तो श्रमबजारमा पुग्छन्, जो फर्किरहेका छन्– देशभित्रकै विभिन्न सहर तथा अरू क्षेत्रका निर्माण उद्योग, कारखाना र सेवाक्षेत्र तथा अनौपचारिक क्षेत्रमा जानेहरू, भारतका विभिन्न सहर तथा कालापहाडतिर मौसमी या स्थायी रूपमा काम गर्न जानेहरू । खाडी क्षेत्र मलेसीया, दक्षिण कोरीया, इजरायल, जापान, इराक अफगानिस्तानलगायत देशमा काम गर्न जानेहरू । विद्यार्थी या पर्यटन भिसामा युरोप, अमेरिका र अस्ट्रेलिया गएर वैध–अवैध रूपमा उतै बसेर काम गर्ने र कमाउनेहरू । नेपालका निर्माण क्षेत्रमा काम गर्ने र सहरको असंगठित क्षेत्रमा काम गर्नेहरू सेवाक्षेत्रबाट केही समयका लागि गाउँ फर्केका छन् । त्यस्तै भारतबाट मात्र ७ लाख मानिसहरू आए भन्ने अनुमान गर...

जुध्नुबाहेक विकल्प पो के छ र प्रदिप जि

प्रदिप जिको यो स्टाटस पढेर छटपटी र उकुसमुकुस भयो । नेपालमा केही गर्न सम्भव छ र केही गर्छु , विभेदका विरुद्ध जुध्छु , विभेदका विरुद्धा अरु पनि छन , राजनीतिक शक्तिहरु छन , खासगरी क्रान्तीकारी उथलपुथल गर्ने भनेर हिँडेका शक्तिछन भन्ने असावाद सहित अघि बढीरहेका प्रतिभाशाली यी युवा जव निराश हुन्छन अनि हामीसंग के पो बाँकी रहला ? म आफ्नै असक्षमता , असहायपन र लाछीपना देखेर वेचैन भएको छु । रुकुम घटना हेर्दा हेर्र्दै हामीले परिवर्तन भयो भन्ठानेको समाजको भयानक पस्चगमनको द्योतक हो । अस्तिभरखरसम्म मलाई लाग्थ्यो कि भारतीय समाज भन्दा हाम्रो समाज बढी एकोमोडेटिभ छ । होइन रहेछ । घटनाका २५ जना दोषी गिरफ्तार गरिए भन्ने सुनेपछि झन डर लागेको छ । यत्रो समाज , गाउँ या टोल नै एउटा अपराधमा कसरी सामुहिक रुपमा सहभागि भएको हो < नश्ल जोगाउन ? रक्त सुद्धता जोगाउन < विभेद मेटिन दिनुभन्दा मर्नु या जेल जानु जाती भन्ने मनोभावनाले ...