Posts

Showing posts from October, 2018

नेकपालाई सन्चो–बिसन्चो

गीत–संगीत क्षेत्रमा हरेक साता र कतिपय त दिनमा नै कुन गीत लोकप्रियताको पहिलो नम्बरमा छ र कुनको हविगत १० नम्बरबाट पनि ओरालो लाग्यो भन्ने हिसाब भइरहन्छ । नयाँ गीतले पुरानोलाई विस्थापित गर्दै लगेजस्तै राजनीतिक र सामाजिक घटनाका पनि चर्चाको उच्चता र ओरालोको गति हुन्छ । यतिवेला नेकपाभित्रको राजनीति चर्चाको पहिलो नम्बरमा छ । संसद्को वर्षे अधिवेशन समाप्त हुने वेला नेकपाका वरिष्ठ नेता कमरेड माधव नेपालले संसद्को रोस्ट्रममा उभिएर जे बोले, त्यसले उत्पन्न गरेको तरंगले अझै पनि नेपाली राजनीतिमा चर्चाका लागि स्थान पाइरहेको छ । सामाजिक सञ्जालदेखि पत्रकारितासम्म पार्टीका कोठे भेलादेखि चियापानसम्म चर्चामा, यस्तो विषयले देशमा यति लामो समय चर्चा पाउनु भनेको राजनीतिक घटनाक्रम अत्यन्त सुस्त छन् भन्ने कुराको संकेत पनि हुन सक्छ । यस्तो चर्चाका अनेक पक्षमध्ये नेकपाभित्र माधव नेपालले राखेको असहमति पनि एउटा हो । पार्टीभित्रका मित्रहरूबाट कार्यालयको कुर्सीमा बस्दा पनि यसो यताउता हात लगेर सिटबेल्ट खोज्छन् भन्दै चिनाइने गरेका कमरेड नेपालको अनुपस्थितिमा भएको बैठकका निर्णंयबारे असहमति दर्ज गरेर चियापानसमेत आय...

ठिहीले खाएको रोल्पाली सुइना

नेपालमा १ फागुन ०५२ मा आरम्भ भएर ०६३ वैशाखसम्म नेकपा माओवादीले आह्वान र नेतृत्व गरेको सशस्त्र विद्रोहका प्रभाव जताततै छताछुल्ल भएर पोखिएकै छन् । त्यसले घरबार उजाड बनाएका पूर्वमाओवादी कार्यकर्ताका परिवार, माओवादीसँगको भिडन्तमा मारिएका नेपाली सेना र प्रहरी तथा अरू साधारण घरपरिवारका दुःखका कथा कति छन् कति ! राष्ट्रिय राजनीतिमा त्यसले ल्याएका अजंगका परिवर्तन, १९ दिने जनआन्दोलनमा जनताले ऐतिहासिक रूपमा सडकमा उत्रेर देखाएको सहभागिता, राजतन्त्रको अन्त्य र गणतन्त्र स्थापना, अधकल्चो खालको भए पनि संघीय शासन प्रणाली, बलियो स्थानीय सरकारको व्यवस्था, मधेस आन्दोलन, जागेका जनजाति र महिला तथा दलितका आन्दोलनका उत्थान र बिसौनीका अनेक घुम्ती पनि हाम्रा सामुन्ने छन् । संविधानसभाका दुई–दुईवटा निर्वाचनमा जनताले देखाएको सहभागिता, पुरानो सत्तारुढ वर्ग र विचारले गरेको प्रतिरोध र जनयुद्धका प्रभावको शिथिलीकरण, दुईथरी सेना, क्यान्टोनमेन्ट, अनमिनको आगमन र जबर्जस्ती बिदाइ, संविधानको घोषणा, टीकापुर घटना र लामो मधेस आन्दोलन र हाम्रो नयाँ पुस्ताले समेत व्यहोरेकोे नाकाबन्दीका कहरहरू– त्यसका मुख्य घटना हुन्, सत्र ...

सामाकोसी, बगरमल, ढुंगेघट्टा !

आइतबारको साँझतिर सामाखुसी चोकबाट कलंकी जान म चढेको महानगर यातायातको बस सितापाइला चोकभन्दा केही तल गएपछि रोकियो । जाम कलंकीसम्म तन्केको थियो । धुलोले भरिएको सडकमा गाडीबाट निस्कने तातो र कालो धुँवासमेत मिसिँदा हिँड्न मुस्किल पर्ने नै भयो । घरबाट निस्कने वेला खोज्दा–खोज्दा मास्क नभेटिएपछि आफ्नो अनुहारमा कोर्को लगाउन पनि पाएको थिइनँ । तैपनि, लामो जाममा पर्खिरहनुभन्दा कलंकीचोकबाट बस बदल्नैपर्ने भएकाले म बसबाट झरेर पैदल तन्किएँ । सडकको देब्रे किनारमा सयौँ यात्रु बस कुरेर बसिरहेका थिए । तिनीहरू धरैजसो काठमाडाैंबाट बाहिरिने बसको पर्खाइमा थिए । तिनका अनुहारमा दसैँ आगमनको एउटा संकेत देखिन्थ्यो । र, त्यहाँ सिंगो नेपालको एउटा चित्र देखिन्थ्यो अनुहारमा, बोलिचालीमा र भिन्न–भिन्न गन्तव्यको पर्खाइमा । कतार, सउदी र मलेसियाबाट आउनेहरू आफ्ना कसेर बाँधिएका सुटकेसमा नाम र ठेगाना लेखिएका कागज टाँसेरै समातेर उभिएका र अलमलिएका । तिनलाई लक्षित गरेर सडकमा मकै पोल्ने, चिया पकाउने, पकौडा या मःम या घडी, पेटी, मोबाइलको खोल, पानी, कपडा, यौनजन्य सामग्री भएका पत्रपत्रिका या राशिफल भएका पुस्तक र काँक्रा बेच्न...