समाजमा संक्रमणकालका प्रभावहरू
हाम्रो समाज र अर्थतन्त्रमा आएका परिवर्तनका विशेषताहरूलाई खासगरी १९९० पछि र १९९० अघि भनेर विभाजन गर्न सकिन्छ । १९९० अघि समाजमा सामन्तवादको प्रभाव थियो । अर्धसामन्ती प्रकारको सामाजिक–आर्थिक संरचनाहरू प्रभावकारी थिए । अहिलेको जस्तो सहर र अर्धसहरको विकास तीव्र ढंगबाट भएको थिएन । धेरै मान्छे गाउँमा नै रहन्थे । काठमाडौं, पोखरा, विराटनगरजस्ता ठाउँमा समेत एक छेउ र अर्काे छेउका मानिसबीच चिनजान हुने अवस्था थियो । त्योभन्दा यता आएर सहरको तीव्र विकास भएको छ । आन्तरिक बसाइँसराइ भएको छ । सञ्चार क्षेत्रमा भएका क्रान्तिले सामाजिक सम्बन्धका आयामलाई टोलछिमेकबाट विश्वव्यापी बनाइदिएको छ । यस सँगसँगै समाजका अन्तक्र्रियाका प्रवृत्तिहरू र आर्थिक आधार धेरै बदलिएको छ । पहिला नेपालको ठूलो जनसंख्या कृषिमा आधारित थियो । लाहुर गएका या भनौं सहरतिर कमाइ गर्न आएका मानिस पुनः गाउँमा नै फर्कन्थे । अलिअलि भएको पैसाले पनि गाउँमा नै जग्गाहरू किन्थे, घर बनाउँथे । केटाकेटीलाई आफ्नो नजिकको सार्वजनिक स्कुलमा पढाउँथे । पारिवारिक तथा सामाजिक सम्बन्धहरू पनि गाउँमा नै चिनेजानेको सर्कलभित्र नै हुन्थ्यो । आफन्तको सञ्जालभि...