Posts
Showing posts from September, 2017
सम्झनामा ती दिन…
- Get link
- X
- Other Apps
केही सम्झना बालुवामा पर्ने पाइतालाका डोबजस्ता हुन्छन् । अलिकति हावा चल्नुपर्छ उडेर आउने बालुवाले नामेट पारिदिन्छ । या कवि तीर्थ श्रेष्ठले कवितामा भनेजस्तो हिउँमा लेखिएका नामजस्ता हुन्छन् जो हिउँ परे पुरिएर हराउँछन् । घाम लागे हिउँ पग्लेर हराउँछन् । भदौ २९, २०७४ nayapatrika केही सम्झना चट्टानमा खोपेका चित्रजस्तै हुन्छन् । केही लेउ लाग्न सक्छ, केही चमक हराउन सक्छ । छामेर हेर्नुस् ती जस्ताका तस्तै बसिरहन्छन् । थोरै पुछपाछ गर्नुस् ‘क्रिस्टल क्लियर’ भएर आउँछन् । बाल्यकालका अनेक घटना यस्तै चट्टानमा खोपिएका हुन्छन्, जसले जीवनलाई पछि फर्केर हेर्दा रमाइलो बनाउँछन् । दुःखी बनाउँछन् । रुवाउँछन् पनि र हसाउँछन् पनि । जीवनको जिउने कला, जीवनप्रतिको हेराइ, बुझाइ या समग्रमा जीवन दर्शन निर्माण गर्नमा यस्तैयस्तै अनेक चट्टानमा कोरिएका सम्झना त काम लाग्ने हुन् । गाउँघरको कृषि जीवनमा हुर्केकाहरूका बाल्यकालीन स्मृतिमा गाउँमा हुने जात्रा, वनपाखामा गाइने गीत र तिनले बोक्ने भाव तथा लयको जबर्जस्त प्रभाव हुन्छ । मलाई अहिले पनि तिनको गज्जबको प्रभाव छ । अहिले सजिलै प्रविधिले सुन्ने अवसर दिने यस्तै गीतले कहिले क...
कमलु सदा, इयान कुर्दी र भुइयाँ
- Get link
- X
- Other Apps
जीवनभरि माटोसँगै खेले पनि, माटोमै हुर्किए पनि हामीसँग आफ्नो भन्ने माटो नै कहाँ थियो र तँलाई गाड्नू ? तैँले नांगैभुतुंगै खेल्ने ऐलानी आँगन सरकारको थियो तेरो बाबुले बर्खामा जोतेर हिउँदमा धानको सिला खोज्ने गरेको खेत मालिकको थियो हामीसँग माटो त त्यति मात्र थियो जुन श्रमको पसिनासँगै हाम्रो आङमा टाँसिएर आएका थिए आज बाढी बनेर आएका आँसुका भेलमा ती माटोलाई पनि खलल्ल पखालेर अचानोमा राखेर आफ्नो मुटु तँलाई बिदा गर्दै छु जानू, खुसीले जानू जहाँ माटो भेटिन्छ त्यहीँ टक्क अडिनू र समाधिस्थ हुनु — विवश पोखरेल, १७ भदौ २०७४, कान्तिपुर कमलु सदा विश्वभर चर्चामा छन् । साउन अन्तिम साता आएको बाढी र डुबानका समयमा जलमग्न आफ्ना बस्तीमा उनले आफू गाडिने तीन फिट जमिन पनि पाएनन् । आफ्नो नाममा कुनै माटो नभएका परिवारले उनलाई सत्गत गर्न ओभानो जमिन पनि नपाएपछि, कसैले उनलाई माटोमा गाडिने व्यवस्थाका लागि सहयोग नगरेपछि, यो सारा सभ्य समाज, यो राज्य, यी संस्था, यो लोकतन्त्र र मानव अधिकारका फगत डकुमेन्ट्सप्रति व्यंग्य गर्दै कमलु सदाको लास कोसीको भेलमा बगिरहेको दृश्य ‘भाइरल’ बनेर फैलियो । यसले २...