Posts

Showing posts from October, 2016

ईतिहास र प्रवृती ः उस्तै लाग्छन सबै

नेपालको विदेश सम्वन्धमा वहस जारि छ । गतबर्ष संविधान जारि भएपछि मधेशमा भएको आन्दोलनलाई सहयोग गर्दै भारतले लगाएको नाकावन्दी पछि देशको जनमत र राजनीतिक नेतृत्व ध्रुविकृत छ ः भारत ढल्कुवा या चिन ढल्कुवा भनेर एक अर्कामा चर्को आरोप लगाईने गरिएको छ । चिन ढल्कुवा हुनु राष्ट्रवादी र भारत ढल्कुवा देखिनु अराष्ट्रिय भन्ने मतको वर्चस्व छ । ईतिहासमा थान्को लागेका कतिपय गलत पात्रहरुको देवत्वकरण सुरु भएको छ । निरंकुश राजतन्त्रका नायक (जनता र लोकतन्त्रका लागि खलनायक) हरुको मुर्तिपुजा सुरु भएको छ र गणतन्त्रवादीका दरवारको मुल ढोकामा महेन्द्रका शालीक निर्माण गरिने हो कि जस्तो छनक मिल्छ । अस्तीमात्र गोवामा एउटा अन्तरराष्ट्रिय जमघटमा पुगेर आएका प्रधानमन्त्री प्रचण्डमाथि भैरहेको आलोचना र काठमाण्डौ ओर्लेपछि प्रचण्डले देखाएको अति उत्साहलाई हेर्दा हाम्रो द्धन्दको तत्व खुल्छ । नेपालको ईतिहासमा नै पहिलो पटक नेपाल, भारत र चिनका मुख्य कार्यकारिहरु  एकै ठाउँमा गफिएको तस्विरले के संकेत गर्छ ? के नेपालको महत्व अव भारत र चिनका विचमा सम्वन्ध सेतुका रुपमा विकास गर्न या नेपाललाई अर्काको प्रभाव क्षेत्रमा नछोड्न दुवै द...