Posts

Showing posts from June, 2015

यी कविता, कथा र उपन्यास

भुइचालोले हल्लाएको देशको मानचित्रमा भविष्यको नक्सा कोर्न तम्सीरहेकाहरुको पंक्तिमा यो पंक्तिकार चैं पर्दैन । उसको जीम्मामा शुभकामना दिनु र भैरहेका कामको समिक्षा र आलोचना गर्नुृ नै परेको छ । यसैले यो भुईचालोको धक्काले हल्लाएर असमञ्जसमा परेको अवधीमा पनि हातपरेका केहि पुस्तक पढ्ने काम जारिरह्यो । अझ मज्जाले पो । भुईचालोले हल्लाएको मनबाट ध्यान अन्यत्र मोड्न र केहि हदसम्म आफ्नो व्यसनका कारणले । भुईचालो अगाडी नै बजारमा आएका थिए उपेन्द्र सुव्वाको कथासंग्रह ‘लाटो पहाड’ र भुपाल राईको कविता सङ्ग्रह ‘आगोले जन्मोत्सव मनाउँदैन’ । भुईचालो पछि भने आख्यानकार नारायण ढकालको नयाँ उपन्यास ‘वृषभ बध’ बजारमा आयो । यी पुस्तकले पढ्नासाथ मनमा एकप्रकारको लेखकीय दवाव सिर्जना गरेका थिए । अहिले निकै लामो समय पछि लेख्नबस्दा उक्त उत्साह र भित्रका कतिपय सुचना सन्दर्भले चिमोट्न छाडेका छन् । तर पनि यी तिनवटै किर्तिहरु समकालीन नेपाली समाज, यसका पृष्ठभुमिहरु तथा त्यसमा आधारित भएर समाजमा उत्पन्न विमर्सहरुमा सार्थक हस्तक्षेपको प्रयास गरिरहेका सर्जकहको जीवन दृष्टि समेटीएका राजनीतिक धरातलमा लेखिएका हुनाले यीनको बारेमा चर्चा ग...

पुनर्निर्माण र संरचनागत परिवर्तन

भुइँचालोले मानव निर्मित भौतिक संरचनालाई दिएको धक्का र निम्त्याएको विनाश अहिले पनि चर्चाको शिखरमा छ । अब उद्धार र राहतको काम सकिएको र अस्थायी आवासका लागि टहरा, छाप्रा या पालका घरको एक प्रकारको जोहो भइसकेको छ । बस्ने परिवारका लागि यो व्यवस्थापन छोटो कात्रो जस्तो कतै नमिल्ने र नपुग्ने खालको छ, तैपनि राज्यका निकाय अब बिस्तारै तत्कालीन राहतका लागि १५ हजार रुपैयाँ मानिसका हातमा थमाएर विश्राम लिने तयारीमा छन् । यता पत्रपत्रिकामा पहाडका उच्च भागतिर खेत खलिहान र पाखो बारीबाट समेत विस्थापित भएर राहतको खाद्यान्नमा जिउ धानेर पालमा बसिरहेका र अनिश्चित भविष्य बोकेका मानिसका खण्डित सपनाबारे तस्बिरसहितका समाचार आउन छाडेका छैनन् । काठमाडांैका सार्वजनिक र निजी खाली ठाउँमा पाल टाँगेर बसेका हजारौँ परिवार अझै पनि सर्ने ठाउँ नपाएर बसिरहेका छन् । भूकम्पले गरेको क्षति अझै पनि सतही रूपमा मात्रै चित्रण गरिएको छ । वास्तवमा त्यसले पार्ने प्रत्यक्ष अप्रत्यक्ष क्षतिबारे सरकारी, गैरसरकारी दुवै स्तरमा मापन गरिएकै छैन । अब राज्यको चिन्ता अहिलेको भूकम्पबाट सरेर वर्षायाममा आउन सक्ने विपत्तितिर तन्केको छ । यही राहत उद्...