भुकम्पका विविध पक्ष
भुकम्प र वर्ग भुकम्प या बाढि पहिरो या डढेलोको कुनै राजनीति हुँदैन, वर्ग या दृष्टिकोण हुँदैन भन्न सकिएला । बाढी आएको खोलाले धनि र गरिव या सरकारी बडाहाकीम र उसको कमारो केहि पनि चिन्दैन अगाडी जो आयो त्यसलाई बगाउँछ । हिमपात या जाडो या लु र गर्मिले पनि कसैको जात चिन्दैन, वर्ग या सामाजीक हैसीयत चिन्दैन । तर समाजमा मानिसले निर्माण गरेको हैसीयतहरुको तहगत उँचनिचले भने यस्ता प्राकृतीक विपत्तिहरुको प्रभावलाई पनि तहगत बनाईदिदा रहेछन् । कुन वर्गको मानिस छ, गाउँमा बस्छ कि शहरमा, सत्ताको निकट छ कि टाढा, सुचनाबाट बञ्चित छ या पहुँचमा छ भन्ने कुराले प्राक्रितिक विपत्तिको प्रभाव कसले कति ग्रहण गर्न पर्ने हो भन्ने स्तर निर्धारण गरिदिए जस्तो देखियो । जस्तो आजकल उच्च रक्तचाप, सुगर, मुटुको रोग जस्तालाई खानदानी मान्ने चलन छ त्यस्तै बाढि पहिरो या भुकम्पीय जोखिम भने गरिवहरुको भागमा, सत्ताबाट टाढा रहेकाहरुको भागमा या केन्द्रबाट दुरीमा जो टाढा छ उसको भागमा बढि पर्दो रहेछ । यसपटकको भुकम्पका प्रभाव र त्यसको कहर ब्यहोर्नेहरुको विवरण हेर्दा मलाई यस्तै लाग्यो । यसलाई मानिसहरु राजनीतिमा पोलिटिक्स घुसाएको या घटन...