Posts

Showing posts from 2015

यो किसान, यी दल र भूमिसुधारका कुरा

यहि सोमवार प्रज्ञाहलमा विचार विशेष नामक एउटा जर्नलले आयोजना गरेको भूमिसुधार सम्वन्धी वहस कार्यक्रममा एकजना किसानले पनि वक्ताको रुपमा भाग लिए । कार्यक्रमका प्रमुख अतिथि थिए आदरणीय प्रदिप गिरी । आयोजक मध्यका थिए साँसद तथा कृषि तथा जलस्रोत समितिका सभापति गगन थापा । सहभागि अन्य वक्ताहरुमा एमाले नेता साँसद केशव बडाल पनि थिए र  अनुसन्धानदाता कृष्ण पौडेल पूर्ण विके (पिएचडी), अभियानकर्मी जगत वस्नेत लगायतका अतिथिहरु मञ्चमा देखिन्थे । म अलि ढिलोगरि कार्यक्रममा पुगेको थिएँ । एकैछिनमा यी किसान वक्ताको रुपमा बोलाईए । उनले झण्डै १० मिनट धाराप्रवाह बोले र नेपालमा विभिन्न दलका सरकारहरुले भूमिसुधारका पक्षमा के गरे या के गरेनन भन्ने वारे धारणा राखे । उनको सामान्य तर्क थियो किसानलाई भूमिको अधिकार नदिईकन या किसानहरु जमिनको मालिक नभैकन यो देशमा उन्नती पनि हुन्न, कषिमा व्यापक रोजगारि सिर्जना नगरि युवा विदेशिने क्रम पनि रोकिन्न । यी किसान वक्ता थिए भूमि अधिकारकर्मि सोम  भण्डारी । दशदिन जति अगाडी यी सोम राष्ट्रिय योजना आयोगको सभाकक्षमा उपाध्यक्ष युवराज खतिवडासंग चर्को स्वरमा भनिरहेका थिए ः यो भुक...

सडकमा भेटिएको एउटा नेपाल

आइतबार अपराह्न । म आफैँभित्र उठिरहेको एउटा हुन्डरीबाट एकदम निराश भएर बसपार्कमा पुगेको थिएँ । मनभित्र आत्मग्लानि र अपमानबोधको एउटा भयानक छटपटी उम्लिरहेको थियो । बसपार्कको वातावरण यसैपनि डिप्रेसन निम्त्याउने खालको थियो । गाउँतिर जाने पहिलो बसमा ठेलमठेल भएर चढ्न सकिनँ । अर्को बस आयो । सहजै सिट मिल्यो र सबैभन्दा पछिल्लो सिटको एउटा कर्नरमा गएर बसेँ । साँझ पर्न नलाग्दै काठमाडौं धमिलो र चिसो बन्दै गएको थियो । बसपार्कमा साधन पर्खिरहेका मानिस र उपलब्ध बसका बीच निकै ठूलो ग्याप थियो । थानकोट जाने बसमा छतभर यात्रुहरू चढेर पनि अटाइरहेका थिएनन् । धक्कम धक्का र तँछाडमछाडले यात्रुहरू यात्रु कम प्रतिस्पर्धी बढी देखिन्थे । यस्तो लाग्थ्यो हरेक यात्रु त्यही बसमा चढ्न नपाए उसको जीवनमा ठूलै संकट आउनेछ । म बसेको मच्छेगाउँ जाने बसको पनि त्यही हालत थियो । धक्कामुक्का गर्दै केही यात्रु चढे । सदाझैँ यात्रु र बसको सहचालकबीच केही संवाद भए तितामिठा । बस अगाडि बढ्यो ...