Posts

Showing posts from April, 2025

“दि लाष्ट वास्टार्ड्स” र नेपाली उपन्यासमा नयाँ प्राप्ती

वास्तवमा यो लेखको शिर्षक यस्तो नलेख्न पनि सकिन्थ्यो । बरु यसलाई हिउँको गीत, नेपाली उपन्यासको नयाँ उचाइ भनेको भएपनि केही बिग्रन्नथ्यो । लेखकले त हिँउको गीत भनेर यसलाई एउटा प्राकृतिक र आसावादी नाम दिएका छन् । रोमाञ्चीत बनाउने नाम । कभरमा भएको हिउँ चितुवाको चित्रले उपान्यासको खास भाव उतार्दैन । पढ्दै जाँदा हिउँसँग जोडिएका क्होलावासीका दुःख हण्डर र खुशीका अनेक प्रसंग छन् । वास्तवमा यो हिँउको गीत नभएर मान्छेहरुका खुशी र विरहका अनेक गीतहरुको संगालोजस्तो छ  । त्यसैले गीत भनेर शिर्षक लेख्न पनि मलाई अप्ठेरो लागेको हो ।  गीत भन्ने नै हो भनेपनि यो एउटा ब्लुज हो क्होलावासी साधारण मानिसहरुको, बाबुको पहिचान नखुलेर केटीहरुले नपत्याएका प्रख्यहरुको, बोक्सी भनेर लाञ्छित उक्र्या र पाते पुइलाहरुको, पुरुषले वैंश लुटेर छाडेका युवतीहरुको, शासकहरुको तारो बनेका साँला पस्को  क्रोमी र कारहरुको । कचः लुतुहरु, नानी छ्यामिरी, क्रोंस्योहरुको । मृत्युले आँट नगरिदिएर शरिरमा लेउ लागुञ्जेल बाँच्न विवश बाजे म्युउराहरुको  । मारटः र अलिदेवहरुको ब्लुज । हिमालको चिसो सिरेटो या हिउँको बाक्लो च्यादरले लपेटिए...