Posts

Showing posts from January, 2025

सिमसाराः चिसिएको प्रेमका चोटपटक

भारतीय लेखक मन्नु भण्डारीको चर्चित उपन्यास छ आपका वंटी । उपन्यासमा बाबु आमाका बीच सम्बन्ध टुटेपछी हुर्कदै गरेको वंटीको मनोविज्ञानको कथा छ । सम्बन्ध टुटेपछि सन्तानलाई केन्द्रमा राखेर आफ्नो जीवनसँग सम्झौता गर्न नचाहने महिलाको व्यक्तित्वको अलग परिचय खोज्दै संघर्षरत एउटी मध्यमवर्गिय भारतीय महिलाको मनोदशा र वच्चामा परेको असरको विस्तारमा चर्चा छ । उपन्यासमा तिनजना पात्र छन् खासमा । सन्तान वंटी, बाबु अजय र आमा शकुन । अजय र शकुनका बीच सम्बन्धमा तानव बढ्दै जाँदा शकुनले अलग हुने निर्णय गर्छे । वंटी आमासँग रहन्छ । तर आमा संगै भएर पनि वंटीसँग रहन्न अर्थात उ आफ्नो करियर, जीवन र संघर्षमा हिस्सा हिस्सा बाँडिन्छे र त्यसको सानो अंशमात्र वंटीका भागमा पर्छ । यसले वंटीलाई एक्लो, परित्यक्त र वच्चा उमेरमा नै निराशाको छेउमा पुगेको बनाउँछ । बाँकी कथा मलाई उती संझना छैन । वसन्त वस्नेतको दोस्रो उपन्यास सिमसारा पढेर सक्दा मलाई वंटीको याद आयो । बाबु धनरुप र आमा मन्दाक्रान्ताका जैविक मानसिक सम्बन्धहरुमा तनाव आउन थालेपछि, एउटी स्त्रीले पुरुषबाट गर्ने अपेक्षाहरुसँगै पुरुषका अहँ तुष्टिका विस्तारित मैदानलाई खुम्च्याउँ...