Posts

Showing posts from August, 2023

मैले चिनेका प्रदिप गिरी

Image
  पहिल्यै भन्नु उपयुक्त होला म प्रदिप गिरीका विषयमा लेख्ने सामर्थ्य राख्दिनँ, न संगतले न त अध्ययनले। तर, मलाई उनका सम्मानमा केही नलेख्नु उनीप्रति सम्मान नगरेको ठहर्ला र लेखक हुनुको धर्म विपरित होला भन्ने लागिरहेको थियो। गतवर्ष देखि यो प्रयास पनि गर्दै थिएँ। तर म आफूलाई उनका विषयमा लेख्न अपूर्ण हुँ भन्ने संकोचले लखेटिरहेको थियो। अहिले यता आदरणीय प्रदिप गिरीको अस्तु विसर्जनको विषयलाई लिएर परिवार र अनुयायीका बिच विवाद र बहस जारी छ। उनको मृत्युको वार्षिकीमा अनेक कार्यक्रमहरु आयोजना भए। विभिन्न माध्यमबाट उनलाई सम्झने र श्रद्धा व्यक्त गर्ने काम भए। यसै मेसोमा म उनीप्रति श्रद्धा व्यक्त गर्ने उद्देश्यले लेख्ने जमर्कोमा छु। क्यान्सरले शिथिल बनाएर र चुँड्नु अघिसम्म हामी धेरैका दाई प्रिय प्रदिप गिरी नेपाली समाजलाई खासगरी युवाहरुलाई भविष्य देखाउने एउटा दियालो जस्ता थिए। र, सबैभन्दा चिन्ताको विषय यो छ कि उनको बौद्धिक उचाइको क्षतिपूर्ति गर्ने चिन्तक समकालिन राजनीतिमा दुर्लभ छन, न हाम्रा प्राज्ञहरुले नै उनको अभाव पूर्ति गर्न सक्छन्। एकप्रकारको शुन्यता र अभाव यो वर्षभरी खट्किरहेको छ। झन् हालसालै ह...