१६० किमिलाई १२ घण्टा
“यात्रामा निस्केपछि सोचेजस्तो मात्र हुन्न हेर्नुस है, जे जस्तो पनि पर्न सक्छ । हामीले पनि यस्तो ढिलो होला भन्ने सोचेको होईनौ । काठमाण्डौबाट १२ बजे फर्कने गरि यात्रुको टिकट काटिसकेको छ । के गर्नुंन्च यहिँ दुई बजिसक्यो ।” सेतो कटनको क्याजुअल कोट, जिन्सको पाईन्ट, चट्ट परेको कपाल र लोभलाग्दा दारी भएको ३० बर्ष नपुगेको कल्सौंदो कण्डक्टर एकजना अजासु यात्रुलाई सम्झाउँदै थियो । यात्रुसंग सम्वाद गर्ने उसको भद्र तरिका मलाई यसै यसै मनपरिरहेको थियो । काठमाण्डौ दिउसै पुग्ने सम्भावना सकिए पछि मैले आफुलाई जति ढिलो पुगे पनि हुने गरि मानसीक रुपमा तयार पारेको थिएँ । यसो गर्नु मानसिक स्वास्थ्यका लागि लाभदायक छ भन्ने अनुभव यो फुलेको कपालसंगै बढ्दै गएकोले पनि मन शान्त थियो । विहान बसपार्कमा केहि ठोसपदार्थ पनि उदरस्थ गरेकोले १२ बजुञ्जेल पेट पनि शान्त थियो । विहान ६ बजे चितवनको क्यान्सर गेट (१ नम्वर गेट) बाट यात्रु लिएर हिडेको बस पारस बसपार्क हुँदै पोखरा बसपार्क गएर आधा घण्टा रोकिएको थियो । सतन्चुली यातायात सेवाको ना अ ख .........नम्वरको यो बस सात बजेर १० मिनटमा मात्र त्यहाँबाट मुग्लीङका हुँदै काठमाण्ड...