व्यक्तिका जीवनमा जस्तै राष्ट्रको जीवनमा पनि अनेक घामछाया, अनेक मौसम, अनेक दुःखसुख, अनेक हन्डर, अनेक उन्नति र अवनतिका कथाव्यथा हुन्छन् । यस्ता घटनाबाट सिक्दै, लड्दै, जुध्दै देशहरूको इतिहास अघि बढिरहन्छ । ३१ अक्टोबरको न्युयोर्क टाइम्समा ब्राजिलियन लेखक तथा टिप्पणीकार मार्सेलो पइवाको एउटा लेख छापिएको छ– मेरो परिवारमा ब्राजिलियन अधिनायकवादले के ग-योे (ह्वाट द ब्राजिलियन डिक्टेटरसिप डिड टु माई फ्यामिली) भन्ने शीर्षकमा । उनले सन् १९६४ मा भएको सैन्य कु बाट स्थापित अधिनायकवादी सरकारले समाजवादी सांसद रहिसकेका आफ्ना बाबुको गिरफ्तारी र हत्या गरेको अनि परिवारलाई दिएको दुःखको विवरण लेख्दै भर्खर निर्वाचनमा विजयी भएका बोल्सोनारोले त्यस्तै अधिनायकवाद फर्काउने हुन् कि भन्ने चिन्ता व्यक्त गरेका छन् । उनको लेखले ब्राजिलियनलाई उनीहरूले विगतमा लोकतन्त्रका लागि गरेको त्याग यसै खेर जानेछैन भन्ने सम्झाउने प्रयास गर्दै बोल्सोनारोको फासीवादी विचारसँग जुध्न प्रेरित गरेका छन् । उनको कथा पढ्दै गर्दा मलाई दसैँको ठीकअघि पढेका दुइटा पुस्तकको सम्झना भयो । पहिलो हो, नाइजेरियाली लेखक चिनुवा अचेवेका कथाहरूको संकलन ...